वाट्सएपको म्यासेज सिरीले पढ्ने

- नेपाल संवाददाता

सिरी एप्पलको यस्तो आर्टिफिसियल इन्टेलिजेन्स हो, जोसँग प्रयोगकर्ताले बोलेरै कुरा गर्न सक्छन् । सिरीलाई प्रयोगकर्ताले आइफोनमा गीत बजाउन, म्यासेज गर्न र पढ्न आदि कामहरु पनि अह्राउन सक्छन् । र, अबदेखि यसले वाट्सएपमा आएका म्यासेज पनि पढेर सुनाउन सक्ने भएको छ ।

वाट्सएपमा आएको पछिल्लो अपडेटमा प्रयोगकर्ताले यस्तो सेटिङ मिलाउन सक्नेछन् । यसका लागि वाट्सएपमा हे सिरी भन्ने फिचर इनेबल गर्नुपर्नेछ । तर, यो फिचर आईओएस १०.३ मा मात्रै उपलब्ध छ । सिरीलाई वाट्सएपको म्यासेज पढ्न अह्राए, उसले त्यो म्यासेज पढेर सुनाउँछ । साथै, त्यो म्यासेज कसले कुन नम्बरबाट पठाएको भन्ने पनि बताउँछ । प्रयोगकर्ताले त्यो म्यासेजलाई कस्तो रिप्लाई गर्ने भनेर पनि सिरीलाई नै लगाउन सक्छन् । यो सुविधा आँखा नदेख्ने र गाडी चलाइरहेका प्रयोगकर्ताका लागि निकै प्रभावकारी हुनेछ ।

प्रकाशित: वैशाख २६, २०७४