वनविनाश वर्ष

- चाणक्य नेपाली

यो वर्षान्तको समय हो । चाणक्य वर्षान्तको गम्भीर समीक्षा गर्ने क्रममा एउटा सूचनामा पुगेर टक्क अडियो । ०७३ मा दुई हजार पुस्तक छापिएछन् । दर्ताबिनै छापिने पुस्तकको त हिसाबै छैन यहाँ । दिनमा पाँचभन्दा बढी पुस्तक पो निस्कँदा रहेछन् !
नेपालीको साक्षरता कति बढेको !  कति पढैया भएका ! जनसंख्या र साक्षरताको अनुपातमा यो संसारमै सर्वाधिक हुनुपर्छ सायद । तर, वर्षभरि दुई हजार पुस्तक निस्के पनि उत्कृष्ट पुस्तक केके रहे त भनेर चाणक्यले गम खाँदा एक हातका औँला पनि धेरै भए । नेपाल किन प्रदूषित भयो भन्ने सोचिल्याउँदा धेरै किताब छापिने भएर पो रहेछ । किताब धेरै छापिएर कसरी प्रदूषण बढ्यो भन्नुहोला । वनविनाश बढ्यो नि त !

प्रकाशित: वैशाख ७, २०७४