इन्स्टाग्रामको म्यासेजिङमा परिवर्तन

- नेपाल संवाददाता

इन्स्टाग्राममा अब प्रयोगकर्ताले अस्थायी र स्थायी दुवै किसिमका म्यासेज एकै ठाउँमा हेर्न सक्नेछन् । यी दुवै किसिमका म्यासेजहरु एउटै च्याट थ्रेडमा देखिनेछन् । पहिला अस्थायी म्यासेजहरु देखिन्थे । यस्ता म्यासेज प्रयोगकर्ताले एक पटक हेरेपछि केही समयमै हराएर जान्छन् । 

अन्य म्यासेजजस्तै सामान्य म्यासेज थ्रेडमा नै देखिने भएपछि इन्स्टाग्राममा म्यासेजिङ अब कम भद्दा देखिनेछ । तर, अन्य फिचरजस्तै यो पनि इन्स्टाग्रामले स्न्यापच्याटको सिको गरेको हो ।

प्रकाशित: वैशाख ४, २०७४