'नेपाल'मा प्रकाशित ०७३का ५ पढ्नैपर्ने आर्थिक रिपोर्टहरु

- नेपाल संवाददाता

लोडसेडिङ हटेपछि वैकल्पिक उपकरणको व्यापार ठप्प छ । व्यापारीहरूलाई मात्र नभई सरकारले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको सहरी सौर्य ऊर्जा कार्यक्रम पनि संकटमा पर्ने देखिएको छ । दैनिक १८ घन्टासम्म लोडसेडिङ गर्नुपर्ने परिस्थिति देखाउँदै केही वर्षअघि सरकारले सहरी सौर्य ऊर्जा कार्यक्रम घोषणा गरेको थियो । 
बिजुलीको झट्का ।। सुरेशराज न्यौपाने
---

हप्तामै करिब डेढ सय किलो सुन अवैध आयात भइरहेको खुलासा, रेमिट्यान्सबापत आउने विदेशी मुद्रामा उल्लेख्य गिरावट । 
तस्करीको सुनले ढुकुटीमा धक्का ।। मनबहादुर बस्नेत ।।
---

दुई छिमेकी मुलुकका कम्पनी आयोजना निर्माणभन्दा कब्जामै राखिरहन सक्रिय छन् । 
६ हजार मेगावाट होल्ड ।। सुरेशराज न्यौपाने 

---


तोकिएको समयमा जलविद्युत् आयोजना सरकारलाई हस्तान्तरण हुने भएपछि आम–लगानीकर्ता अन्योलमा छन् । 
जलविद्युत् सेयरको जोखिम ।। सुरेशराज न्यौपाने

---


अनलाइनमा आधारित इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (एमआईएस)ले सामाजिक सुरक्षा भत्ताको अत्यन्त चिन्ताजनक तस्बिर बाहिर ल्याएको छ । गत आर्थिक वर्षदेखि सञ्चालनमा आएको एमआईएसमा हालसम्म सामाजिक सुरक्षा भत्ता पाइरहेका २७ जिल्लाका ८ लाख ५३ हजार व्यक्तिको लगत संकलन गर्दा करिब १५ प्रतिशतको त्रुटि देखिएको छ ।
घोटालै घोटाला ।। सुरेशराज न्यौपाने

 

प्रकाशित: चैत्र ३१, २०७३