पढ्नुस ०७३ का 'नेपाल'मा प्रकाशित ५ उत्कृष्ट व्यक्तिचित्र

- नेपाल संवाददाता

असाधारण आमा— पुष्पा बस्नेत

पुष्पा बस्नेत यस्ती असाधारण आमा हुन्, जसको छत्रछायाँमा ३७ बालबालिका छन् । “मूलीे भएपछि छोराछोरीका लागि घर होस् भन्ने सोचिँदो रहेछ,” सीएनएन सुपर हिरो–२०१६ पनि आफ्नै पोल्टामा पारेपछि न्युयोर्कमा केही दिन थकाइ मारिरहेकी पुष्पा मध्यराती नेपालसँग गफिँदै थिइन्, “अब काँधको भारी केही हलुका भएजस्तो लागिरहेको छ । 
***

महको म मदनकृष्ण श्रेष्ठ

मदनकृष्णलाई अब आफ्नो आत्मकथालाई मौलिक अवतार दिनु छ । ताकि त्यो आत्मकथा हरिवंश आचार्यको चिना हराएको मान्छेको पूरक होस् तर खजाना नजुधोस् ।
***

तीन पुस्ताका गायकदीप श्रेष्ठ

आफ्ना असली श्रोतालाई सडकमै देख्छन्, गायक/संगीतकार दीप श्रेष्ठ, ६६ । आफ्ना प्रिय गायकलाई मन–मुटुमै राख्ने ज्यामी, भरिया, रिक्सावाला, ठेलावाला, ड्राइभर, खलाँसीका लागि भने दीप श्रेष्ठले अहिलेसम्म कन्सर्ट दिएका छैनन् । तिनले उनलाई पत्रपत्रिका या टेलिभिजनमा मात्रै देखेका छन् । साँच्चै दीप श्रेष्ठ कस्ता छन् ? कसरी गाउँछन् ? उनीहरूलाई थाहै छैन ।

***

पीएल सिंहकाे जोगी जिन्दगी


घर, अफिस, गाडी, पत्नी, छोराछोरीको जन्जालमा फस्दै फसेनन् पीएल सिंह । लाग्छ, लुकेका कुरा केही छैन, सबै ओपन–सिक्रेट ।
***

बर्कले गुरिल्ला कृष्ण भट्टचन

नेपाली समाजको एउटा तप्कामा आतंककै अर्को नाम भएका छन्, यी बागी विद्वान् । त्यसैले उनको खातामा अनेक टाइटल छन्, एक नम्बर बाहुनविरोधी, नश्लवादी, जातिवादी, अराजक, अतिवादी, उग्रवादी आदि इत्यादि ।

प्रकाशित: चैत्र ३०, २०७३