बढ्यो ढुकढुकी

- नेपाल संवाददाता

होस्टेल रिटन्र्सको ‘लिडिङ लेडी’ स्वस्तिमा खड्का होइन, शशी श्रेष्ठ थिइन् । जसै फिल्म रिलिज भयो, तारिफको तराजु स्वस्तिमातिर ढल्कियो । अभिनय र सुन्दरताले खास गरी युवा पुस्तालाई ‘फिदा’ बनायो । शशी छायामा परिन् । तर, विडम्बना के भइदियो भने होस्टेल रिटन्र्स प्रदर्शन भएको डेढ वर्ष बितिसक्दा पनि स्वस्तिमालाई अरु फिल्ममा देख्न पाइएको छैन, म्युजिक भिडियोमै सीमित भइन् । 

बरु, निर्देशक निश्चल बस्नेतको दुलहीका रुपमा काफी चर्चा कमाइन् । हिरोइनको छवि पातलिँदै गएको यही समयमा उनी अभिनीत लभ लभ लभ नेपाली नयाँ वर्षको दिन रिलिज हुने पक्का भएको छ । दीपेन्द्र के खनाल निर्देशित यस फिल्ममा उनको अपोजिटमा नवनायक सुरज पाण्डे छन् । मतलब फिल्मको जस/अपजसको भागीदार स्वस्तिमा नै हुनेछिन् । अनि, मुटुको ढुकढुकी त बढ्ने नै भयो ।

प्रकाशित: चैत्र २८, २०७३