निर्देशनतिर लम्कने दाउ

- नेपाल संवाददाता

हिरोइन निर्माणमा होमिनु सामान्य भइसकेको छ, हामीकहाँ । त्यसो त ती फिल्ममा उनीहरुको अभिनय पनि हुन्छ तर यो पदचापबाट बाहिर निस्केकी छन्, नायिका निशा अधिकारी । राम्रा ब्यानरले पत्याउन छोडेपछि निशाले पनि निर्माणको बाटो रोजिन् तर आमहिरोइनले झैँ आफैँ हिरोइनचाहिँ बनिनन् । बरु उनी निर्मित तथा सिमोस सुनुवार निर्देशित फिल्म झ्यानाकुटीको प्रमुख भूमिकामा बेनिशा हमाललाई देख्न पाइने भएको छ । 

यस फिल्मको हाल धमाधम सुटिङ भइरहेको छ । निशाका फ्यानलाई खुसी तुल्याउने अर्को खबर के छ भने उनले फिल्मको मुख्य सहायक निर्देशकको जिम्मेवारी सम्हालिरहेकी छन् । त्यसैले भोलि उनले निर्देशनको पूरा कमान्ड सम्हाले पनि अचम्म मान्नु नपर्ने भएको छ । फिल्मवृत्तमा लामो समयसम्म टिक्नका लागि निर्देशनतिर लम्कने निशाको काइदाचाहिँ मान्नैपर्छ ।

प्रकाशित: चैत्र २८, २०७३