निर्देशनमा लहसिएकी नायिका

- नेपाल संवाददाता

उमेर ढल्कँदै गएपछि अक्सर हिरोइनहरु निर्माणमा होमिन्छन् । सहायक भूमिकामा भए पनि आफू खेल्छन् । निर्देशनको कमान्ड सम्हाल्ने साहसचाहिँ ज्यादै थोरै हिरोइनमा मात्र हुन्छ । त्यस्तै आँट देखाएकी छन्, झरना थापाले । कुनै समय आफैँले खेलेको फिल्म ए मेरो हजुरको सिक्वेल निर्देशन गरेकी हुन् उनले । यो फिल्म पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ ।

महिला निर्देशकको खडेरी भोगिरहेको नेपाली फिल्मवृत्तमा झरनाको आगमनलाई महफ्वका साथ हेरिएको छ । तथापि, उनका सामु चुनौतीको चाङ नभएको होइन । कारण, एकातिर लुट २ बाहेक कुनै सिक्वेलले पैसा कमाउन सकेनन्, अर्कातिर यसअघि महिला निर्देशकका कुनै फिल्मले पनि कमाल मच्चाउन सकेको छैन । त्यसमाथि पुरानो पुस्ताकी यी नायिकाले नयाँ पुस्तालाई लक्षित गर्दै फिल्म बनाएकी छन् । अब हेर्नुछ, साम्राज्ञीराज्य लक्ष्मी शाह र सलिनमान बानियाँको रिल रोमान्सले झरनाको निर्देशकीय साख जोगाउला त ?

प्रकाशित: चैत्र २२, २०७३