फिल्म सरेपछिको सास्ती

- नेपाल संवाददाता

स्क्रिप्ट फाइनल नहुँदै प्रदर्शन मिति तोक्ने लहर छाएको छ हामीकहाँ तर तीमध्ये कमै फिल्म मात्र भनेकै समयमा दर्शकसम्म पुग्छन् । जस्तो : सुटिङ सुरू नहुँदै आउँदो नेपाली नयाँ वर्षमा रिलिज गर्ने भनिएको फिल्म पर्व अर्को वर्षको १२ जेठमा पुगेको छ । निर्माण पक्षले प्राविधिक काम नसकिएको भन्दै प्रदर्शन पर धकेल्यो तर यसको प्रत्यक्ष प्रभाव परेको छ, मुख्य नायिका नम्रता श्रेष्ठलाई ।

अघिल्लो वर्ष प्रदर्शित क्लासिकबाट उत्कृष्ट अभिनेत्रीमा एकछत्र राज गरेकी नम्रताको यो वर्ष एउटा मात्र फिल्म रिलिज भयो, होमवर्क । तर, व्यावसायिक रुपमा पूरै फेल खायो । यही घाउमा मल्हमपट्टी लगाउने आशा राखिएको पर्व पनि पछि सरेपछि उनलाई चोट पर्ने भइहाल्यो । आखिर प्रदर्शन हुन बाँकी भनेको त्यही पर्व न हो !

प्रकाशित: चैत्र २२, २०७३