प्रदीपको लामो प्रतीक्षा

- नेपाल संवाददाता

फिल्म इस्केपमा प्रदीप खड्काको अभिनय मात्र होइन, लगानी पनि थियो । तर, पैसा कमाउनु त परको कुरा, हिरोको चिनारी बनाउन पनि सकेनन् । दोस्रो फिल्म प्रेमगीत रिलिज भएपछि भने उनी रातारात हिट भए । चकलेटी लुक्सका यी हिरोको अभिनय शैलीले पनि तारिफ बटुल्यो । अनमोल केसीको विकल्पका रुपमा हेरिन थालियो । तर, प्रेमगीत रिलिज भएको १४ महिना बितिसक्दा पनि प्रदीपलाई अर्को फिल्ममा देख्न पाइएको छैन ।

भलै, यसबीचमा उनले आधा दर्जन फिल्मको अफर लत्याएको खबरले मिडियामा छाइरहे । खासमा प्रेमगीतकै सिक्वेलका लागि प्रदीपले अरु फिल्मलाई बेवास्ता गरेका हुन् । निर्माता सन्तोष सेनलाई गुन तिर्न हो कि कुन्नि रु तर, यही फिल्म पनि अर्को वर्षको साउनमा रिलिज हुने भएको छ । अब प्रदीपलाई पर्नु पीर परेको छ, कतै फिल्म ढिला हुँदा भर्खरै भरभराउँदै गरेको आफ्नो ‘ क्रेज’ निमिट्यान्न हुने त होइन ?

प्रकाशित: चैत्र २२, २०७३