जल–जम्प

- रूपचन्द्र महर्जन

राजमार्ग किनार भएर बग्ने त्रिशूली नदीमा जलयात्रा (र्‍याफ्टिङ)का क्रममा क्लिफ जम्प गर्दै एक युवा । साहसिक खेल मानिने यसमा अहिले नेपाली युवाको आकर्षण चुलिएको छ । हाललाई बेनिघाट–फिस्लिङ, चरौदी–कुरिनटार र फिस्लिङ–मुग्लिनमा सञ्चालित जलयात्रामा सहभागी हुन सेवा–सुविधा अनुसार प्रतिव्यक्ति १ हजार ५ सयदेखि ४ हजार ५ सय रूपियाँसम्म तिर्नुपर्ने हुन्छ ।

जलयात्राका क्रममा विभिन्न स्थानमा सहभागीहरुलाई पौडन तथा कलात्मक रुपमा पानीमा हाम्फाल्ने अनि रातको समयमा क्याम्प फायरजस्ता क्रियाकलापमा पनि सहभागी गराइन्छ । जलयात्रामा सहभागी भएपछि शरीरमा स्फूर्ति तथा दिमागमा ताजगीको अनुभव गर्न सकिन्छ । 

प्रकाशित: चैत्र १७, २०७३