फेरि ओझेल पर्ने डर

- नेपाल संवाददाता

हिरोइन वर्षा सिवाकोटीको दुर्भाग्य के हो भने उनी जति फिल्म खेल्छिन्, सबैमा छायामा पर्छिन् । डेब्यु फिल्म नाईं नभन्नु ल २ मा अनुभव रेग्मी र प्रियंका कार्कीको मात्र चर्चा भयो । पशुपतिप्रसादबाट खगेन्द्र लामिछानेले मात्र जस पाए भने सुब्बा साब रिलिज भएको दर्शकले पत्तै पाएनन् । त्यसैले त चुरीफुरी चर्को भए पनि उनी दर्शकमाझ ‘मार्क’ भएकी छैनन् ।

यही शृंखलाले निरन्तरता पाउने संकेत मिलेको छ, ११ चैतमा रिलिज हुने लप्पन–छप्पनको सवालमा पनि । कारण, यसमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापाजस्ता चल्तीका अभिनेताको मुख्य भूमिका छ । प्रमोसनमा पनि उनीहरूलाई नै प्राथमिकता दिइएको छ । यस्तो बेला वर्षालाई कसले महत्त्व दिने ! 

प्रकाशित: चैत्र ११, २०७३