नेपाली महिलालाई ‘ट्रम्प धक्का’

- नेपाल संवाददाता

सन् २००२ को एक बिहान पत्रकार सुबिना श्रेष्ठले काठमाडौँको जेलमा १५ वर्षीय सीता तामाङलाई भेटेकी थिइन् । तामाङलाई विवाह गर्ने वाचा गरेर प्रेमीले गर्भवती बनाएका थिए । पछि प्रेमीले उनलाई ‘शक्ति दिने’ भनेर एक चक्की दिए, जसले उनको गर्भपतन गरायो । गैरकानुनी त्यस कदमका लागि अदालतले उनलाई जन्मकैद सुनायो । सन् ’९० को दशकको अन्त्यतिर नेपालका जेलमा उनीजस्तै कथाव्यथा बोकेका ८० महिला थिए । सीतालाई भेटेको दुई महिनापछि नेपालमा गर्भपतन वैध ठहरियो र ती महिलाहरुले माफी पाए । 

सन् २००१ मा जर्ज डब्लु बुस राष्ट्रपति भएसँगै पहिलो दिनमै उनले अमेरिकी सरकारले विश्वभर गर्भपतन सेवा र परामर्शमा दिइरहेको आर्थिक सहयोग रोक्ने नियम लागू गरेका थिए । नेपालमा उक्त सहयोगमा काम गरिरहेको नेपाल परिवार नियोजन संघले ठूलो धक्का बेहोर्‍यो । अन्य सेवाका लागि सहयोग लिइरहेका कतिपय क्लिनिकले गर्भपतन सेवा दिन छुट्टै पर्खाल लगाउनु पर्‍यो । एउटै व्यक्तिले हुने कामका लागि दुइटा डाक्टर राख्नुपर्ने भयो । 

बाराक ओबामा राष्ट्रपति निर्वाचित भएपछि त्यस्तो नियम हट्यो र प्रजनन सेवाका लागि सहयोग पुन: सुचारु भयो । त्यसबीचमा थुप्रै नेपाली मध्यपूर्वमा काम गर्न जाँदा आम्दानी पनि बढ्यो । मातृ मृत्युदर घट्यो । इन्टरनेसनल न्युयोर्क टाइम्समा श्रेष्ठको टिप्पणी छ, ‘पुन: राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको गर्भपतन विरोधी नीतिले त्यो प्रगतिलाई छायामा पार्दै छ ।’ 

प्रकाशित: फाल्गुन २३, २०७३