झोलुंगाको भर

- विमल खतिवडा

चितवनको विकट गाउँका अभिभावक सधैँ सन्तानको हेरचाहमा जुट्न भ्याउँदैनन् । साँझ–बिहान छोराछोरीको हेरचाह गरे पनि दिउँसो सन्तानलाई झोलुंगोमा छाडेर मेलापात जान्छन् । सल र धोतीको झोलुंगो बनाएर त्यसैमा राखिदिन्छन् । चितवनका लोथर, सिद्धि, कोराक, काउले, चण्डिभञ्ज्याङ गाविसमा यस्ता दृश्य देख्न सकिन्छ ।

खास गरी त्यहाँका चेपाङ, दलित, मगर, तामाङ समुदायमा यो बाध्यता बढी छ । दिउँसो उनीहरुको ख्याल गर्ने अभिभावक कमै हुन्छन् घरमा । दिउँसो बालबालिका झोलुंगोमा उठ्ने, रुने, कराउने गर्छन् । त्यहीँ दिसा–पिसाबसमेत गर्छन् । साँझ फर्किएपछि मात्र अभिभावकले उनीहरुको हेरचाह गर्छन् । यसरी राख्दा कहिलेकाहीँ झोलुंगोबाट बालबालिका झरेर घाइतेसमेत हुन्छन् । गाउँमा पहिलाजस्तो कोक्रो भने फेला पार्न मुस्किल पर्छ । 

प्रकाशित: फाल्गुन १९, २०७३