दम्पती दिवस

- लाल कुमाल

यसपटक भ्यालेन्टाइन्स डेमा प्रेमी–प्रेमिका नै गायब भए । फेसबुकमा कसैले आफ्ना प्रेमजोडीको फोटो टाँसेको देखिएन । बरु, प्रेमी–प्रेमिकाको अवतारमा देखिए, नयाँदेखि पुराना दम्पती । प्रेमी–प्रेमिकाको दिवस त दम्पतीले पो कब्जा गरे । लाइक पनि उनैलाई । कमेन्ट्स पनि उनैलाई । 

जन्मदिन या विवाहको वर्षगाँठ पारेर फोटो टाँस्ने ‘अर्गानिक’ दम्पतीले भ्यालेन्टाइन्स डेलाई पनि छाडेनन् । यस्तो लाग्थ्यो, प्रेमी–प्रेमिकाजति सबै पति–पत्नीमा बदलिइसकेका छन् । पति–पत्नी भनेकै प्रेमी–प्रेमिका हुन् । नेपाली घरेलु जोडी नै असली भ्यालेन्टाइन बनेको देखेर युरोपेली–अमेरिकी नै छक्क परे । साँच्चै भ्यालेन्टाइन्स डेको ‘ भ्यालू’ घटेको हो या भ्यालेन्टाइन्स डेलाई नै नबुझेको ? 

 

 

प्रकाशित: फाल्गुन १०, २०७३