अमेरिकामा ‘गाउँफर्क’

- वाटरगेट उपाध्याय

अनधिकृत रुपमा अमेरिकामा बसोवास गरिरहेका विदेशी नागरिक (जसमा नेपाली पनि उल्लेख्य छन्) अहिले कि हायल छन् कि त कायल । डोनाल्ड ट्रम्पको उदयले त्यहाँ गैरकानुनी रुपमा बसिरहेका नेपालीको मुटुमा ढ्याङ्ग्रो नठोकिने कुरै भएन । श्वैत अमेरिकी राष्ट्रवादमा आधारित राज्य सञ्चालन गर्ने ट्रम्प–लहड केही समय कायम रहने हो भने ‘एकपटक अमेरिका नपुगी वैतरणी तरिन्न कि !’ भन्ठानेका नेपाली हिस्स हुने छाँट छ । त्यसैले उनीमाथि चौतर्फी प्रहार छ । 

तर, संसारकै सबैभन्दा गर्व गर्न लायक र बलियो प्रजातन्त्रले भरिपूर्ण अमेरिकामा कोही अवैध रुपमा बसिरहेको छ भने त्यसको छानबिन गर्दा ट्रम्पमाथि किन हो यति प्रहार ? ‘राष्ट्रवादी अमेरिकी’ले आफ्नो देशका बारेमा सोच्न थालेपछि ‘राष्ट्रवादी नेपाली’ले पनि अब ‘ गाउँ फर्क’ नीति अँगाले हुन्न ?
 

प्रकाशित: फाल्गुन ८, २०७३