लाप्राकको खुसी

  • गोरखाको लाप्राकमा एकीकृत नमुना बस्ती बनाउने कामको थालनी भएपछि यहाँका बासिन्दाको मुहारमा खुसी देखिन थालेको छ ।

- सुरेश महर्जन

१२ र २९ वैशाख ०७२ को भूकम्पले तहसनहस भएको थियो गोरखाको लाप्राक । एक हजार वर्ष पुरानो बस्ती मानिने यस गाउँमा कुल ५ सय २४ घरधुरी थिए । भूकम्पले सबैजसो घरमा क्षति पुर्‍यायो । यहाँका बासिन्दाले लामो समयसम्म कष्टकर जीवन बिताए । अहिले गैरआवासीय नेपालीले भूकम्पपीडितहरुका लागि एकीकृत नमुना बस्ती बनाउने कामको थालनी गरेपछि यहाँका बासिन्दाको मुहारमा खुसी देखिन थालेको छ । 

प्रकाशित: फाल्गुन ७, २०७३