प्रचण्ड प्रालि

  • हालसालै जम्बो केन्द्रीय समितिमा उनका परिवारका जम्मा १४ सदस्य फेला परेका छन् ।

- लाल कुमाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ३० वर्षदेखि पार्टीका ‘बोस’ छन् । यो दुनियाँलाई थाहा भएकै कुरा हो । यसमा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता पनि भलिभाँती परिचित छन् । अब पार्टीको केन्द्रीय समिति चार हजार सदस्यीय भएपछि भने अरु नेता को को हुन् ? स्वयं प्रचण्डलाई ठेली नपल्टाई धरै छैन । हालसालै जम्बो केन्द्रीय समितिमा उनका परिवारका जम्मा १४ सदस्य फेला परेका छन् ।

श्रीमती, छोरा, कान्छी बुहारी, माइली छोरी, कान्छी छोरी, माइला ज्वाइँ, कान्छा ज्वाइँ, माइला सम्धी, माइला सम्धीका ज्वाइँ, काकाका छोराद्वय, भतिजाद्वय, भतिजापत्नी आदि इत्यादि । उनको प्रालि मोडलमा अरु कमरेड पनि गएका छन् । जस्तो : जनार्दन शर्माका १५ जना, कृष्णबहादुर महराका पाँच जना पारिवारिक सदस्य बहालवाला केन्द्रीय सदस्य भएका छन् । कमरेड ! अब किन नेकपा माओवादी केन्द्र भनिरहने ? प्रचण्ड प्रालि भने के फरक पर्ला र ?

प्रकाशित: माघ २६, २०७३