‘ट्रयाक चेन्ज’

  • के बदलिएको पार्टी र फिल्मी बाटो रेखाका लागि सुखद होला त ?

- नेपाल संवाददाता

सत्य हो, स्टारडममा रेखा थापालाई पल्टाउन सक्ने अरु हिरोइन जन्मिएका छैनन् । सत्य यो पनि हो, फिल्ममा रेखाको क्रेज दिनानुदिन ओरालो झरिरहेको छ । एकै शैलीका फिल्म र भूमिकामा रम्दै गएपछि उनका ‘हार्डकोर’ फ्यान बिच्किन लागेका हुन् । दर्शकको परिवर्तित मनोकांक्षालाई सम्बोधन गर्न नसकेको गुनासो छ उनीसँग । सायद यही हेक्का भएर होला, माओवादी केन्द्र छोडेर नयाँ पार्टी राप्रपा नेपाल रोजेसँगै फिल्मको निर्देशक र हिरो पनि नयाँ नै रोजेकी छन् ।

उनले आगामी फिल्म रुद्रप्रियाको निर्देशकमा सुदीप भूपाल सिंह अनि अभिनेतामा अर्पण थापा र सुदर्शन थापालाई रोजेकी छन् । सुदीप, सुदर्शन र अर्पण खास गरी सहरिया पुस्तामाझ प्रिय मानिन्छन् । अर्थात्, उनले सबिर श्रेष्ठ मार्काका निर्देशक र सबिन श्रेष्ठ, किशोर खतिवडा मार्काका हिरोलाई छोडेर ‘ट्रयाक–चेन्ज’ गरेकी छन् । रुद्रप्रियाका लागि घोषणा गरिसकेको फेरि कसले चोर्‍यो मेरो मनलाई थाती राखेकी छन् । अब के बदलिएको पार्टी र फिल्मी बाटो रेखाका लागि सुखद होला त ? 

प्रकाशित: माघ २१, २०७३