हिमाली राजधानी

- कौशलराज सापकोटा

सन् १३१० मा अमिपालले स्थापना गरेको प्राचीन राज्य लो–को राजधानी हो, लोमान्थाङ । उपल्लो मुस्ताङमा रहेको, पर्खालले घेरिएको यो सहरमा मुस्ताङी राजा बस्थे । गणतन्त्र स्थापना भएसँगै यो राज्यले पनि राजा राख्ने हैसियत गुमायो ।

अन्तिम राजा जिग्मे दोर्जे पलबर विष्टको १ पुसमा निधन भयो । सन् ’९० को दशकसम्म त यहाँ विदेशीहरु जान प्रतिबन्धित थियो । यो तस्बिर लोमान्थाङबाट फर्किने क्रममा सबेरै लिइएको हो । 

प्रकाशित: पुस २९, २०७३