२०१७ मा नेपाल पाँचाँै गन्तव्य

- नेपाल संवाददाता

यात्रा पुस्तकहरु प्रकाशित गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी लोन्ली प्लानेटले सन् २०१७ का लागि सार्वजनिक गरेको पुग्नैपर्ने देशको सूचीमा नेपाल पाँचौँ नम्बरमा परेको छ । शीर्ष स्थानमा क्यानडा छ भने त्यसपछि कोलम्बिया, फिनल्यान्ड र डोमेनिका । नेपालभन्दा पछाडि भने क्रमश: बर्मुडा, मंगोलिया, ओमान, म्यानमार र इथियोपिया छन् । 

‘सन् २०१५ को भूकम्पले समेत नेपाललाई धेरैबेर कमजोर पार्न सकेन,’ लोन्ली प्लानेटले नेपालबारे अथ्र्याउँदै लेखेको छ, ‘ यात्रीको दृष्टिकोणबाट नेपालले के गुमायो होइन, के बचाइरहेको छ भन्ने महत्त्वपूर्ण छ ।’ नेपालका प्रसिद्ध मन्दिरहरु हल्लिए, भत्किए, पदयात्रा मार्गमा चिरा परे तैपनि नेपालसँगै तिनलाई पुरानै स्वरुपमा ल्याउने कौशल छ । नेपालीलाई त्यसका लागि केवल स्रोत चाहिएको छ । लोन्ली प्लानेटको तर्क छ, ‘नेपाल यात्राले त्यसका लागि समेत योगदान गर्नेछ र नेपाल अझ बलियो रुपमा आउनेछ ।’ 

प्रकाशित: पुस २२, २०७३