रौँ काट्ने हँसिया...

- मैत्या घर्ती मगर

रुकुम, तकसेरावासीको पुख्र्याैली पेसा भेडापालन हो । उनीहरु ६ महिना उच्च हिमाली भेगमा र ६ महिना समथर तराई भूभागमा जीवन बिताउँछन् । जाडोयाम सुरू हुने बेलामा भेडाका रौँ काट्ने मेला नै लाग्छ । हँसियाले भेडाका रौँ काट्दै गरेका स्थानीय देख्दा लाग्छ, रौँ काट्ने आधुनिक प्रविधि/साधन नहुँदा समय र श्रम कति लाग्दो हो ! 

प्रकाशित: पुस २१, २०७३