पहाडमा पहलमानी

- सुरविन्द्रकुमार पुन

रुकुमको उत्तरपूर्वी गाउँ मैकोटमा मंसिर पहिलो साता घोर्डासे खेल आयोजना हुन्छ । घोर्डासे यहाँको मौलिक प्रतियोगिता हो । यो खेलको छनोटमा परेका लक्का जवानहरुलाई एउटा निश्चित घेराभित्र भिडाइन्छ । नियमबद्ध भई जवानहरु पालैपालो एकआपसमा भिड्छन् । १५ मिनेटको समयसीमाभित्र जसले बढी अंक बटुल्न सक्छ, उसैको जित हुन्छ ।

विजयी खेलाडीलाई ‘पहलमान’ अर्थात् स्थानीय भाषामा ‘ मइ’ घोषणा गरिन्छ । विजेतालाई पुरस्कारका रुपमा भेडा प्रदान गरिनुका साथै पगरी गुथाएर गाउँ परिक्रमा गराइन्छ । 

प्रकाशित: मंसिर ८, २०७३