अलराउन्डर सरिता

  • सरिता नेपाली महिला क्रिकेट टिमकी अलराउन्डर हुन् ।

- केशव थापा

इरानविरुद्ध सरिता मगर, २४, ले बनाएको ७२ रनको रेकर्ड अहिलेसम्म नेपाली महिला खेलाडी कसैले तोड्न सकेका छैनन् । ११ साउनमा काठमाडौँमा सम्पन्न महिला क्रिकेट छनोट प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी सरिताले क्रिकेट करियर भने एपीएफबाट अघि बढाएकी हुन् । एपीएफबाट चार वर्ष करारमा क्रिकेट खेलेकी सरिता भर्खरै एपीएफकै स्थायी खेलाडी भएकी छन् । सरिता नेपाली महिला क्रिकेट टिमकी अलराउन्डर हुन् । सोलुखुम्बु जिल्लामा जन्मेकी सरिताले आफ्नो क्षमताका कारण राष्ट्रिय महिला क्रिकेट टिममा सोझै अवसर पाउन सफल भइन् । 

सन् २००९ मा भएको एसीसी महिला च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय खेल सुरु गरेकी सरिता बलिङ र ब्याटिङ दुवैमा दखल राख्छिन् । नेपालका तर्फबाट १० वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी 
सरिता भन्छिन्, “पुरुष क्रिकेट खेलाडीलाई जस्तै महिला खेलाडीलाई पनि एक्स्पोजरको खाँचो छ ।”

प्रकाशित: श्रावण १८, २०७३