हिले सेल्फी

- अंगद ढकाल

कसैको मद्दतबिना आफैँले आफ्नो तस्बिर खिच्नुलाई सेल्फी भनिन्छ । अक्सफोर्ड डिक्सनरीले वर्ष २०१३ को अन्त्यमा सेल्फी शब्दलाई ‘ वर्ड अफ द इयर’ घोषणा गरेपछि यो विश्वभर भाइरल हुन पुग्यो । सामाजिक सञ्जाल ट्वीटरले पनि सन् २०१४ लाई ‘सेल्फी वर्ष’ घोषणा गर्‍यो । ट् वीटरमा त्यस वर्ष ९ करोड २० लाख पटकभन्दा बढी उक्त शब्द ‘मेन्सन’ गरियो  । ओस्कर अवार्ड कार्यक्रममा इलेन डिजेनेरसले ट्वीटरमा पोस्ट गरेको सेल्फी ३० लाखभन्दा धेरैपटक रि–ट्वीट हुन पुग्यो ।

सेल्फी खिच्ने अत्यन्त लोकप्रिय चलनले नेपालका सहरदेखि गाउँसम्म आफ्नो प्रभाव बढाउँदै गएको छ । कतिसम्म भने १५ असारमा ललितपुरको सिद्धिपुरमा रोपाइँमा सहभागी युवतीहरू आफ्नो महँगो मोबाइल बिग्रेला कि भन्ने पर्वाहसमेत नगरी सेल्फी लिन तल्लीन थिए ।

प्रकाशित: असार २२, २०७३