सुशील कोइराला: तेह्रौ पुन्य तिथि, तेह्र तस्विरहरु

- नेपाल फोटो

सुशील कोइरालालाई कुनैबेला नेपाली कांग्रेसको एउटा कोटरीका नेताका रुपमा हेरिन्थ्यो । हुन पनि प्रधानमन्त्री हुनुअघि कुनै सार्वजनिक पार्टीबाहिरका सार्वजनिक पद धारण नगरेकाले उनको क्षमता र विशेषताका धेरै पक्षसँग आम जनता त्यतिधेरै जानकार रहेनन् । आफ्नो प्रधानमन्त्रीकालमा जब उनले ऐतिहासिक रुपमा संविधान जारी गरे, उनी लाखौं नेपालीका मनमा बस्न सफल भए ।

उनको नेतृत्वमा दोस्रो संविधानसभा चुनावमा कांग्रेस पहिलो पार्टी समेत बनेको थियो । सादा जीवन, राज्यसत्ता भन्दा पार्टी सत्ताका आकांक्षी, कम्युनिष्टहरुप्रति अनुदारजस्ता थुप्रै गुण/अवगुणप्रति मानिसहरुको चासो बढ्यो । कुनैबेला हलिउडको हिरो बन्ने सपना बोकेका उनै कोइरालाको निधनको आज १३ औं पुन्य तिथि हो । १३ तस्विरमा हेरौं उनका विभिन्न समय, सन्दर्भ र व्यक्तित्वका केही झलकहरु ।

सौजन्य: रमेश भण्डारी/वीपी संग्राहलय/नेपाल फाइल ।

 

प्रकाशित: फाल्गुन ९, २०७२