खाजा बाजी

- मैत्या घर्ती मगर

रुकुमको तकसेरामा घर बनाउँदा कसैलाई ज्याला दिनु पर्दैन । कसैको घर बनाउनु परेमा गाउँलेले श्रमदान नै गरिदिन्छन् । त्यस क्रममा जग खन्ने, गारो लगाउनेजस्ता काम पाका र अनुभवीको जिम्मामा पर्छ भने गहु्रँगो भारी बोक्ने काम युवकयुवतीको काँधमा । मुख्य गरेर घर निर्माणस्थलसम्म टाढाटाढाबाट काठ ल्याउन बलियाबांगा युवकयुवती खटिन्छन् । 

यसरी काठ बोक्ने क्रममा युवकयुवतीबीच अनौठो खेल खेल्ने चलन पनि छ । दलिन बोकेर आधा बाटोमा आइपुग्दा यो अनौठो खेल सुरु हुन्छ, जसलाई स्थानीय भाषामा बलजाँच भनिन्छ । यसमा थाकेर चूर भएका दुई महिलाको कम्मरमा डोरीको एउटा छेउ बाँधिन्छ भने अर्काे छेउ थाकेका एक युवाको कम्मरमा । अनि, सुरु हुन्छ, दुई पक्षबीच तानातान । जसले जित्छ, उसले खाजा खान पाउँछ । किनभने, यस खेलमा बाजी नै खाजाको हुन्छ, जो हार्नेले जित्नेलाई खुवाउँछ । 

प्रकाशित: माघ ८, २०७२