यसरी बन्छ राजा दही अर्थात् जुजु धौ

- लक्ष्मीप्रसाद ङाखुसी

दहीका पारखीलाई भक्तपुरको राजा दही अर्थात् जुजु धौ बनाउने विधि भने थाहा नहुन सक्छ। आखिर कसरी बन्छ त जुजु धौ? त्यसैले पछ्याइयो, भक्तपुर–२ की रामप्यारी सैँजु, ३६, लाई। २१ वर्षदेखि निरन्तर दही बनाउने काममा लागेकी सँजुसँग यसको गतिलो ज्ञान छ।

दूधलाई आधा घन्टा कराहीमा भकभकी उमालेपछि उनी हावा नछिर्ने कोठामा छिरिन्। जहाँ भुइँभरि भूस ओछ्याइएको छ र त्यसमा आधा गड्ने गरी माटाका कतारो राखिएका छन्। प्यालामा रक्सी खनाएजसरी माथिबाट कतारोमा दूध खन्याएपछि उनले माटोकै ढक्कनले कतारो छोपिन्।

यसरी बिहान खन्याएको दूध साँझसम्म लतक्क जम्दो रहेछ। सिजनमा दैनिक पाँच सय लिटर दूधको दही बनाउने सैँजु त्यसलाई भक्तपुरका साथै ललितपुर र काठमाडाँैका विभिन्न पसलमा पठाउँछिन्।

प्रकाशित: भाद्र १, २०७२