त्यो सेतो गगन चुली

त्यो सेतो गगन चुली

- अजय दीक्षित

भूकम्पले हरेक नेपालीलाई आफ्नै ढंगले पिरोलेको छ। हरेकका अनुभव अब हाम्रो सार्वजनिक जीवनका अभिन्न अंग बन्नेछन्। पंक्तिकारको पनि आफ्नै कथा छ।

कम्पन कम भएपछि परविारका सदस्यलाई सम्पर्क गर्ने प्रयास गरेँ, फोन लागेन, एसएमएस सुरु गरेँ। सम्पर्क भयो, पहिलो झट्काको करबि २० मिनेटपछि। खबर पाएँ, ठीक छ, धरहरा भत्कियो रे ! मेरो मस्तिष्कमा त्यो सेतो गगन चुलीको विम्ब आयो। केही समयपछि भत्किएको तस्बिर देखेँ र भोलिपल्ट प्रत्यक्ष हेरेँ।  आमा र धर्मपत्नीको अनुरोधमा भत्केको अवशेष हेर्न गयौँ। मेरो सुझाव थियो, केही दिनपछि हेर्नु उचित हुन्छ, अहिले नजाऔँ, मन दुख्छ। होइन, जाने निर्णय भयो। दुवैको साह्रै खिन्न अनुहारमा पीडा अनुभूत गरेँ। बेलुकी दिदीको घरमा पुग्दा रुँदै बसेको भेटियो। आँखाभर िआँसु झार्दै भन्नुभयो, "बर्बाद भयो, विनाश भयो,  मान्छे मरे, धरहरा पनि भत्कियो।"

धरहरा हाम्रो घरपरविारको पर्यायवाची थियो। त्यो स्तम्भ परसिरको केही पश्चिम-दक्षिणपट्टकिो ताहागल्लीबाट लगन र त्रिपुरेश्वरतर्फ पुगिन्छ। धरहरा घुमेर उत्तर हुँदै पश्चिमपट्ट िलागे खिचापोखरी हुँदै नयाँ सडक पुगिन्छ। धरहराको फेदीबाट ताहागल्लीमा सय फिटजति हिँडेपछि हाम्रो पुस्तैनी घर पुगिन्छ। ताहागल्लीको  पश्चिमपट्ट िपरसिरमा हामो घर थियो। आफन्तहरू हामीकहाँ आउँदा धरहरा जाने भन्थे। दसैँमा ठूलो घरमा टीका लगाउन जम्मा हुँदा हामी अबेर भए भनिन्थ्यो, धरहराका आएका छैनन्। हिजोआज ताहागल्ली बिजुलीबजार बनेको छ।

पंक्तिकार धरहराको घरमै जन्म्यो। केटाकेटी उमेरमा हाम्रो दायरा उत्तरपट्ट िधरहरा र खिचापोखरी थियो, दक्षिणपट्ट िताहागल्लीको अन्त्यमा भएको ढुंगेधारा र पश्चिमपट्ट िबागवीर दाइको उब्जनशील बारी। पूर्वपट्ट िरूख र बाँसको घारी थियो, राजा महेन्द्रका ससुरा हरशिमशेर बस्ने बागदरबार। हामी केटाकेटीको संसार यही  चार किलाभित्र सीमित थियो। कहिलेकाहीँ टुँडिखेल र सानो टुँडिखेल पुगिन्थ्यो।

धरहराको उत्तरपट्टकिो फेदीतिर हाम्रो स्कुल जाने बस रोकिन्थ्यो, तिलौरी माइलाको होटल थियो त्यहाँ। सिंहदरबारबाट घर फर्केका कर्मचारीहरू त्यहाँ आलुचप र चिया खान रोकिन्थे। काठमाडौँ सहर र आसपासका बासिन्दाका लागि खसीको मासु किन्ने स्थल थियो, खिचापोखरी। बिस्तारै त्यहाँका मासु पसल हट्न थाले,  कुखुराको मासु प्रयोग व्यापक हुन थाल्यो। धरहराको उत्तरपट्ट िटक्सारछेउ ठाकुरहरूको कपाल काट्ने दोकान पनि थियो, स्कुल बस नजाउन्जेल हामी यताउता चहार्ने थलो।

धरहराको सेरोफेरोमा पिच गरएिको थिएन, बाइरोडबाट आउने बस र ट्रकहरू त्यहीँ बास बस्थे। वषर्ा मौसममा त्यहाँ अकल्पनीय हिलो हुन्थ्यो। पानी नपरेका बेला उस्ताद र जमुरेले चटक देखाउँथे अनि औषधी बेच्थे। स्कुल बसबाट ओर्लिएपछि चटक हेर्दै रमाएर घर पुग्न अबेर हुन्थ्यो, गाली खाइन्थ्यो।

हाम्रा लागि धरहरा एउटा अनन्त वास्तविकता थियो, स्थिर, नबोल्ने तर बाटो देखाउने मित्रसरह। पछिल्ला वर्ष विदेशी मित्रहरूलाई आफ्नो पुरानो थातथलोबारे बताउन सजिलो बनाएको थियो, धरहराले। हिजोआज गुगल अर्थ हेर्दै युवा पुस्ताका मित्रहरूलाई बताउन पनि धरहरा गतिलो संकेत बनेको थियो। केटाकेटीमा  बुबाआमासित एकपल्ट धरहरा चढेको झीनो सम्झना छ, पछि चढ्न पठाउने क्रम रोकियो, पछिल्लो कालखण्डमा खुल्नुअघि। १२ वैशाख ०७२ को भूकम्पले ढलेको धरहराले धेरैको ज्यान पनि लियो। ती सबै त्यसको कौसीबाट काठमाडौँ सहर हेर्न माथि गएका थिए र केही चढ्ने तयारीमा लामबद्ध।

हामी केटाकेटीका लागि धरहरा र ७ फागुन पर्यायवाची थिए। हरेक वर्ष त्यस दिन बिहान सेनाको सानो टुकडीले धरहराको बार्दलीबाट बिगुल फुक्थ्यो। बिगुलको पहिलो आवाज आउनेबित्तिकै हामी दगुरेर घरको पूर्वपट्टकिो कौसीमा पुग्थ्यौँ। हुस्सु लागेको बिहान धरहराको कौसीमा मान्छेको आकार मात्र देखिन्थ्यो। फुक्ने क्रम  समयको यात्रामा रोकियो।

हाम्रो घर र धरहराबीचमा दुइटा कम्पाउन्ड थिए अनि बाटो। घरको चौरबाट धरहराको पहिलो तलासम्मै देखिन्थ्यो। बिस्तारै घरहरू बन्न थाले, परविर्तनको दर प्रचण्ड हुन थाल्यो। सो क्रमलाई निरन्तरता दिँदै हामी पनि बालुवाटार बस्न गयौँ, काकाहरूका परविार त्यतै बस्नुभएको छ। पछिल्लो समय त्यता पुग्दा, धरहराको  टुप्पो मात्रै देखिन्थ्यो चौरबाट। ०३० सालतिर पंक्तिकार -तस्बिरमा)ले धरहरासित तुलना गर्दै त्यसको आडमा फोटो खिचाएको थियो। त्यो श्यामश्वेत फोटो रहेको एल्बमको पृष्ठ भूकम्पपछि हेर्दा मन चसक्क भयो, साहै नरमाइलो लाग्यो।

आफैँलाई सम्झाएँ, होइन भूकम्पपीडित दाजुभाइ-दिदीबहिनीहरूको पुनःस्थापनामा आफूले जानेको, सकेको गर्नुछ। निरन्तर गइरहने झट्काहरूले सबैलाई त्रस्त पारेको छ। तथापि, हामी पुनःनिर्माणमा सफल हुनेछौँ। त्यो कार्य निप्ट्याएपछि धरहरा पनि पुनःनिर्माण हुनेछ सायद, नयाँ र भूकम्पले केही नगर्ने डिजाइनमा। ०७२  को भूकम्पमा मृत्युवरण गरेकाहरूको सम्झनामा निर्माण गरनिे स्मारक हुनेछ त्यो। त्यस बेला अर्को कोणबाट फेर ित्यो स्मारकको छायाँमा अर्को तस्बिर खिचाउनेछु।

प्रकाशित: जेष्ठ ३, २०७२