देवालीमा भूकम्प

देवालीमा भूकम्प

- अभय श्रेष्ठ

यसपालिको भूकम्प हाम्रो देवाली पूजाको रामरमिताबीच नै आयो। त्यसले पूरै गाउँलाई बढारेर सडकमा सुतायो र महाविपत्तिको बाढी ल्यायो। देशका १४ जिल्लाले यही नियति भोग्नुपर्‍यो। वैशाख शुक्ल सप्तमीका दिन हाम्रो गाउँमा नेवारहरूको एक समूह देवालीमा व्यस्त हुन्छ। रमरम चिसोको पर्दा बन्द गरेर घामको  पर्दा उघि्रँदै गर्दा कानमा मगमग बास्ना आउने मूःस्वाँ, गर्धनमा रातो हिउँबाला लगाएर गाउँमा केटाकेटीहरू ओहोरदोहोर गररिहेका थिए। गाउँको पँधेरी ओरालो सकिएपछि आउँछ 'माग्नेको आँगन', जहाँ तिनको देवाली देवता छन्। समूहका समूह कुलदेवताको खट बोकेर घन्टी बजाउँदै त्यता हिँँडिरहेको दृश्य रमितालाग्दो थियो।

बलिप्रथासँग सर्वथा विरक्तिले हाम्रो पूजा पहिलो पहरमै सकिएको थियो। तर, पारविारकि भेलामा अन्य कर्मकाण्ड जारी थिए। चारवटा कुलदेवतालाई जम्मा तीनवटा चाँदीका आँखा थिए। पाँचवटा आँखा पुगेन। सुरक्षा गार्डझैँ दायाँबायाँ गोःजालाई उभ्याएर, वः, थोँ, ग्वारामरी, मूःस्वाँ, हिउँबालाले छोपिएर चुपचाप खटमा  विराजमान थिए, हाम्रा कुलदेवता। पूजा सकेपछि समयबजी खाने बेला भयो। साँधेको अदुवा, कालो भटमास, बाराको टुक्रा, छोयला मिसाइएको समयबजी, तारेको आलु, चटामरी प्लेटमा राखियो। केटाकेटीको गिलासमा स्प्राइट र ठूलाको गिलासमा थोँ राख्दाराख्दै प्लेटको कौला जुरुक्क उचालिएर भुइँमा ओइरयिो।  गिलासहरू ढले। आँधीहुरीझैँ हुनहुनाउँदै आएको भुइँचालोबाट बच्न बारीको पाटोमा पुग्दा नपुग्दै नारायण काकाको घरको अघिल्लो भाग गर्लम्म ढलिसकेको थियो। धन्य, एक सेकेन्डको फरकले उनका छोराछोरी र साना केटाकेटीलाई भत्केको गारोले भेटेन। पार तर्खालतिरबाट एउटा ठूलो मुस्लो धूलोको आँधी आइपुग्दा  आफैँ बस्ने जस्ताको छाना भएको पाको इँटाको सुन्दर र वातानुकूलित घरको चुली भत्किसकेको थियो। बाँकी गारो एकातिर ढल्केर धराप भएको प्रस्टै देखियो। मानिसहरू 'राम राम !' भनिरहेका थिए। अघिल्तिरको छिमेकीको चारतले घर सुसाउँदै ३० डिग्रीको कोण बनाएर उत्तर-दक्षिण पिङ खेलिरहेको थियो। भुइँचालोले  छतको टुप्पोको स्ट्यान्डमा उभिएको पानी ट्ंयाकीलाई झट्टी मिल्काइदियो। महादेवसँग युद्धमा मारएिको जालन्धरझैँ ठूलो आर्तनाद गर्दै त्यो जमिनमा पछारएिर विस्फोट भयो। छतकै मन्दिर गर्लामगुर्लुम ढल्यो। भगवान्ले आफ्नै मन्दिर जोगाउन सकेनन्।

निमेषभरमै गाउँभरकिा कच्ची घरहरू सडकमा सुतिसकेका थिए। भूकम्पले सारा मानिस त्राहित्राहि भइरहेका बेला ढाडमा फोका उठेर आफैँ अशक्त अवस्थामा रहेकी नानीदेवी नगरकोटीले आफ्नै ज्यान जोखिममा पारेर एक मजदुर दम्पतीका आठ महिने बालिकालाई उद्धार गरनि्। गाह्रो र जस्ताले थिचिएको अवस्थामा  तत्काल उद्धार नगरएिको भए ती बालिकालाई के हुन्थ्यो, सम्झँदै आङ सिरंिग हुन्थ्यो। तिनको जोखिमपूर्ण साहसप्रति नतमस्तक हुन मन लाग्छ। मगरगाउँमा दुई जना महिला घरभित्रै पुरएिको खबर आयो। हतारहतार उद्धार गर्दा माटो र दलिनले चेपिएकी रोगी वृद्धाले किक्क गरनि्। तिनका हातखुट्टा तन्किए र आकाशतिर  फर्केका तिनका आँखामा ढुंगा टल्कियो। मान्छेको इहलीला कति सजिलै सकिँदो रहेछ ! एकैछिनमा सुनियो, पार िकिबाचोकमा खेतबाट आलु खनेर घर पुर्‍याउन गएका एकै परविारका चारसहित आठ जनाको चोला उठ्यो। कठै मेरा अभागी गाउँलेहरू !

दूरसञ्चारको नेटवर्क खलबलिएकाले ज्यान जाला कसैसँग सम्पर्क भएको होइन। लामो प्रयासपछि बल्ल ठूल्दिदीसँग फोन सम्पर्क भयो। यहाँजस्तै सानागाउँमा दुवै दिदीको घर भत्कियो रे ! तर, कसैलाई केही भएन। 'यहाँ पनि कसैलाई केही भएन।' श्रीमतीको जवाफ सुनेर दिदीले राहतको लामो सास फेरी। मेरो भने सासै  रोकिएला, हृदयगति नै बन्द होलाजस्तो भयो। कठै, गाउँका ती जो जो मरे, के ती सबै मेरै आफन्त होइनन् र ! के भएको एक्कासि यस्तो, मुटु नै मुखबाट बाहिर निस्केला जस्तो !

किबाचोक, मगरगाउँ, तिथली, कार्कीगाउँ बढारएिजस्तै भयो। यताबाट ज्यापूगाउँ र तर्खालका केही घरहरू सबुतै देखिए। तर, भित्र ती छिर्नै नसकिने गरी झ्याल्टुङ भएका थिए। अर्कातिर, बारम्बार गइरहेका पराकम्पनहरूले बाँकी रहेका पक्की घरहरूलाई पनि थङथिलो पाररिहेका थिए। आश्रयको विकल्प दाजुको पक्की  घरसमेत जगतिर पूरै थङथिलो भएको दृश्यले मन आतंकित भयो। 'अब यो घरमा पनि बस्न हुन्न,' घर वरपिर िघुमेर हेर्नेको टिप्पणी सुन्दा मनमा अनौठो भय उत्पन्न भयो।

- सानो दुःखले बनेको थिएन, हाम्रो घर। जीवनको आधा उमेरदेखि नै बा दीर्घरोगी हुनुभएको थियो। पहिले जन्डिस बिगि्रयो। पछि मुटु र मिर्गौलामा समस्या देखियो। क्षयरोगले अल्पायुमै आमाको निधन भएपछि बाको अनन्त दुःखले जरा फैलाएको थियो। आमाको उपचारका लागि नयाँ घर बनाउन जोडिएका इँटा र अरू  सामान बेच्नुपर्‍यो। छोराछोरीले दुःख नपाऊन् भनेर उहाँले दोस्रो बिहे गर्नुभएन। स्कुलमा सधैँ अब्बल ठहरनिे दिदीले पढाइ छाड्नुपर्‍यो। त्यसपछि बर्सेनिजसो काकाका दुई छोरा, काकीआमा, काका र हजुरआमाको निधनले बा हुनसम्म आकत र असहाय हुनुभएको थियो। जीवनको यही चिरन्तन दुःख र एक्लोपनले उहाँभित्र  रोग मौलाउँदै गयो। कमाइ खाने सिकर्मी पेसा छुट्दै गयो। कान्छी निनीको आर्थिक सहयोग र बा, दिदीहरू र हाम्रो भगीरथ परश्रिमपछि ०४२ सालको अन्त्यमा हाम्रो घर ठडियो। २० हात लामो, १२ हात चौडा, बाहिर पाको, भित्र काँचो इँटाको साढे दुईतले सुन्दर घर। त्यसका लागि २६ हजार इँटाको अवाल लगाइएको  थियो। पल्लो बारीको फेदमा उभिएका वर्षौं पुराना अजङका उत्तीसका रूखहरू ढालेर चिरफार गर्न र झ्यालढोका, थाम, निदाल, दलिन बनाउन हामीले बालाई सघायौँ। बाकै नेतृत्वमा चाँडै नै हामीले उत्तीसकै खापा जोड्यौँ। धेरैपछि मात्र त्यसमा जस्ताको छाना राखिएको थियो र प्लाइउडले बारेर चार कोठा बनाइएको  थियो। तल्लो तला २० इन्च, माथिल्लो तलादेखि १४ इन्च गारो भएको यस घरलाई ०४५ र ०६८ का भुइँचालोले हल्लाउन सकेका थिएनन्। घरको ऋण तिर्न अन्नपात बेच्नुपर्दा कति वर्षसम्म स्कुलबाट र्फकनेबित्तिकै हामीले दिदीहरूसँगै ऊन बेर्नुपथ्र्यो। त्यसैले त अति प्यारो थियो, मलाई यो घर। दाजु अमेरकिा गएपछि  केटाकेटी उसकै घरमा सरे पनि हामीले यो घर छाडेका थिएनौँ। छाड्न मनैले मान्दैनथ्यो।

भर्खरकी युवतीजस्तै रहरलाग्दो घरमा बुइँगलका डाँडीमा लसुन, प्याज, छ्यापी झुन्ड्याइन्थ्यो। भुइँमा आलु फिँजिन्थ्यो। घ्याम्पोमा अन्नपात राखिन्थ्यो। तल ह्वाङ्वाङ्ती भए पनि दोस्रो तलामा प्लाइउडले बारएिका चिटिक्क चार कोठा थिए। दक्षिण पूर्वपट्टकिो मेरो कोठामा गर्मीमा चारै प्रहर सिर्सिर हावा र जाडोमा बिहानैदे खि पहारलिो घाम लाग्थ्यो। त्यसैले त्यो मेरो पि्रय अध्ययन कक्ष पनि थियो, जहाँ अनेक रंग र ढंगका किताब अनि पत्रपत्रिकाका पहाडहरू थिए।

भुइँचालोले ती सबलाई एकादेशको कथा बनाइदिएको थियो। दुवैतिरका चुली भत्केर दलिनहरू भासिए। चारै सुरका नाल गाह्रो झन्डै हात छिराउन मिल्ने गरी फाट्टएि। गाराहरू बाहिरैबाट देखिने गरी ढल्किए। चोटोबाट भित्ताहरू एक हात पर सरे। किताबहरू कुन कहाँ पुगे, पत्तो पाइनसक्नु भयो। बहराइनमा रहेका मित्र  चन्द्र गुरुङले प्रेमपूर्वक पठाइदिएको दोस्तोएब्स्कीको इडियट मेरो पि्रय किताब थियो। त्यसको पात्र पि्रन्स मिस्किनको छायाँमा म आफैँलाई पाउँथेँ। त्यही किताब धूलो र इँटाले थिचिएर भर्‍याङमुनि पछारएिको पाइयो। आफ्नै कथा किताब तेस्रो किनारा खोल च्यातिएर तल बारीको पाटामा उत्तानो परेकोे थियो। कट्टेलसरको  चोटपटक, शोकमग्न यात्री, दुर्भीक्ष, प्रेतकल्प, धोबीघाट एक्सप्रेस, निमित्त नायक, स्वर्गीय हीरादेवीको खोज, उलार, लू, हतारमा यात्रा, एउटा बाहुला नभएको बुसर्ट, अस्तित्वको घोषणापत्र, बागी सारंगी, आदिम सौन्दर्य, भोकको क्षेत्रफल इँटा र धूलोको गर्तमा निसासिएर बसेका भेटिए। अरू कैयन् किताब ठेगान हराएका  यात्रीझैँ बोरामा कैद भए।

दैनिक रपिोर्टिङमा नहिँडे पनि एक रपिोर्टरझैँ म सदैव घटनास्थल पुग्ने गर्छु। जता गए पनि घरहरूको खण्डहर मात्रै देखिन्छ। उत्तरपट्ट िसँगैको सूर्यविनायक नगरपालिकामा पर्ने कटुन्जे थोरै अपवादलाई छाडेर महाभूकम्पबाट लगभग पूरै सुरक्षित छ। त्यसकै सानो खोल्सापारकिो गुन्डुमा विध्वंश भएको दृश्यले मन थाम्न  मुस्किल हुन्छ। यहाँ लगभग ८५ प्रतिशत माटो र इँटाका वातानुकुलित सुन्दर घर थिए। तीमध्ये अधिकांश सडकमा सुतेका छन्। कति घर आधा भत्केका छन्। कतिचाहिँ पूरै नढले पनि छिर्नै नहुने गरी धराप छन्। वास्तुविद्ले यस्ता घरका उपयुक्त विकल्प नदिए वास्तुकलाको एउटा अनुपम सभ्यताकै दुखद अन्त्य हुनेछ।  आरसीसी गरएिका थोरै घरहरूसमेत क्षति नभएका विरलै छन्। जग भासिएर भित्ता असन्तुलित भएका घरहरू भने ठूलो दुर्घटना हुने खतरा निम्त्याउँदै ठिंग उभिएका छन्। रेडियो नेपालका समाचारवाचक माधव घिमिरे, चलचित्र निर्देशक मदन घिमिरे, पत्रकार बलदेव थापासँगै गाउँका अधिकांश परविार बेघर हुनुपरेको  छ। दधिकोटको अनन्तलिंगेश्वर दक्षिणपट्ट पाखामा रहेको बस्ती सखाप छ। त्यहाँ एक महिलाको मृत्यु भयो। पकनडोल, सिकारीटार र चित्रपुरमा पूरै विध्वंश छ। धेरैले ज्यान गुमाए। कोही शौचालयमै च्यापिए। हिन्चोकमा क्षतिग्रस्त पाँचतले ह्याचरीमा पुरएिका दुई पुरुषको सकुशल उद्धार भयो। दुई महिला एक सातापछि म ृत भेटिए। हजारौँ कुखुरा किचिए।

प्राकृतिक सुन्दरताले भरपिूर्ण र अक्षत भईकन पनि भक्तपुरको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित यो गाउँ विकास र अवसरमा सदैव पछाडि पारएिको छ। घ्याम्पेडाँडास्थित प्रसिद्ध पाइलट बाबा आश्रम यहीँ पर्छ तर त्यहाँ पुग्न सिपाडोलको बाटो समाउनुपर्छ। लाँकुरीभन्ज्याङ पनि यही गाउँमा पर्छ। त्यहाँ पुग्न ललितपुरको लुभु,  लामाटार-पनौतीको बाटो अपनाउनुपर्छ। सदरमुकाम पुग्ने बाटो र पुल अनि स्वास्थ्यचौकी बनाउन यहाँका जनताले धेरै पसिना बगाएका छन्। सार्वजनिक यातायातको व्यवस्था पनि छ तर आधा घन्टाको बाटो पार गर्न यहाँ एक घन्टा गाडी कुर्नुपर्ने स्थिति छ। गुन्डु-थिमि हुँदै काठमाडौँ पुग्न जम्मा आठ किलोमिटर छ।  तर, थिमि पुग्ने बाटो कच्ची छ, जहाँ अझै सार्वजनिक यातायात चल्दैनन्। अनि, यही अभागी गाउँको थाप्लामा भूकम्पको बज्र गिरेको छ।

- १२ वैशाखको भूकम्पले ढालेको मेरो दुःखी गाउँमाथिको आलेख पढेपछि धेरैले मसँग भनेका छन्, तपाईंको ठाउँमा खाद्यान्न बाँड्छु। कोही भन्छन्, सिंगै गाउँलाई खाना खुवाउँछु। अर्काथरी भन्छन्, लुगाकपडा बाँड्छु। तर, बुताले भ्याएसम्म म आफ्नो गाउँलाई 'सांस्कृतिक माग्ने' बन्नबाट जोगाउन चाहन्छु। त्यो चरत्रि अस्ति  मात्र एउटा समूहले ल्याएको जडौरी लत्ताकपडा अनि कुहिएको चना, गोलफुकी र सखरको पोका तेहेराई, चौराई लिन मान्छेले गरेको लडन्तमै देखियो। कपडा र खाद्यान्न नै पुरएिका सिन्धुपाल्चोक र गोरखाको समस्या खाना र नाना होलान्। भक्तपुरको दक्षिणपूर्वमा रहेको मेरो गाउँ गुन्डुको मुख्य चिन्ता पुनर्वास र  खलबलिएको जीवनको लय फर्काउनु हो। निःशुल्क रासनले मानिसहरूलाई माग्ने बनाउँदै लगेको दृश्य देखेपछि मलाई राहतबारे फरक ढंगले सोच्न बाध्य तुल्याएको छ। भूकम्पले धेरैको आर्थिक स्थिति चाँडै नै गिर्नेवाला छ। त्यसले गर्दा बालबालिकालाई स्कुल भर्ना गर्न र शुल्क तिर्न कतिपय अभिभावक असमर्थ हुनेछन्।  एक वर्ष छुट्यो भने सदाका लागि तिनको पढाइ छुट्छ। अतः मैले आफ्नो ठाउँमा राहत सामग्रीका सट्टा गरबि बालबालिकालाई छात्रवृत्ति दिलाउने अभियान थालेको छु। त्यसमा अमेरकिा निवासी हर िपाण्डेले दुई बालिकाको छात्रवृत्ति बेहोरििदएर मलाई हौस्याएका छन्। एक जनाको छात्रवृत्ति आफैँले बेहोर्ने घोषणा गरेको  छु।

- यो आलेख तयार पार्दापार्दै मलाई २९ वैशाख १२.५० मा आएको ६.८ रेक्टर स्केलको अर्को शक्तिशाली भूकम्पले फेर ित्राहित्राहि पारेको छ। लेखको अन्त्यमा आइपुग्दा सोच्दै छु, मानिसहरूलाई ट्रमाबाट निकाल्ने उपाय संसारमा कोही असहाय छैन भन्ने आभास दिलाउनु हो।

प्रकाशित: जेष्ठ ३, २०७२