राष्ट्रभक्तिबिनाको राष्ट्रगान

राष्ट्रभक्तिबिनाको राष्ट्रगान

- विपिन अधिकारी

स यौँ थुँगा फूलका हामी...' बोलको हाम्रो राष्ट्रगानलाई सर्वोत्कृष्ट मानेरै १४ सदस्यीय राष्ट्रगान छनोट कार्यदलले १ हजार २ सय ५२ रचनामध्येबाट छनोट गरेको हो। कवि व्याकुल माइलाद्वारा रचित यस गीतले नेपाली विविधता, राष्ट्रिय सम्पदा, वीरहरूको   रगत, तराई, पहाड, हिमाल, बहुल जाति, भाषा, धर्म, संस्कृति र नेपाली राष्ट्रको अग्रगामी आकांक्षालाई बडो सरल र सहज रूपमा प्रस्तुत गरेको छ। संगीतकार अम्बर गुरुङले यसलाई राम्रो संगीत दिएका छन्। सँगसँगै २० जनाभन्दा बढी चर्चित गायक- गायिकाको  स्वर यसले पाएको छ।

यति हुँदाहुँदै पनि यस राष्ट्रगानले आफ्नो देशका लागि मरमिेट्ने, लड्ने र राष्ट्रिय स्वाभिमान कायम राख्ने शपथ खुवाउँदैन। परेड खेल्नुपर्‍यो वा लडाइँ गर्न जानुपर्‍यो भने यस गीतमा नेपाली सेना र आमनेपाली युवालाई उद्यत गर्न सक्ने तागत देखिँदैन। यसमा   न ड्रमहरूको आवाज मिल्छ, न त हतियारहरूको झंकार नै छ। राष्ट्रगान मूलतः राष्ट्रको प्रतिरक्षाका लागि चाहिने हो, जसको सर्वथा अभाव छ यसमा। यदि राष्ट्रगान कायम गर्नेहरूले कवि व्याकुल माइलालाई दुई हरफ थपेर यो खाँचो पूरा गरििदन अनुरोध गरे  का भए उनले अवश्यै गर्न सक्दा हुन्। तर, त्यसका लागि राष्ट्र र राष्ट्रगानप्रति प्रस्ट दृष्टिकोण चाहिन्छ। सम्भवतः यो राष्ट्रगान अवलम्बन गर्दा नेपालमा यस्तो दृष्टिकोण कसैमा भएन। अपर्याप्त देखिएको यो राष्ट्रगानमा अझै पनि यस्तै वा यही आशयका दुई  हरफ  थप्न सकिन्छ, जस्तो ः

'यो देशको अस्मिताका लागि प्राण दिई लड्नेछौँ,

दुस्मन कोही आइलागे डटेर सामना गर्नेछौँ।'

वस्तुतः राष्ट्रगान संविधानमै लेख्नेभन्दा नलेख्ने चलन धेरै छ। संवैधानिक कानुनमा यससम्बन्धी कुनै स्थापित दृष्टिकोण छैन। तर, नेपालका पछिल्ला संविधानमा राष्ट्रगान पनि अनुसूचित गरँिदै आएको छ। तर, हामीकहाँ राष्ट्र र राष्ट्रियताका बारेमा धेरै सस्तो अथ र् मा छलफल गरन्िछ। आ-आफ्नो अभीष्ट पूरा गर्न समग्र मुलुकको सामूहिक स्वार्थ के हो भन्ने विषय ओझेलमा राखेर हिँड्ने राजनीतिक संस्कृतिले गर्दा मुलुक निर्माणका कतिपय महत्त्वपूर्ण पक्षमा ध्यान पुग्न सकेको छैन।

अहिलेको पिँढीले पाएको नेपाल आफ्नो मिहिनेत, जोस र जाँगरबाट बनाएको होइन। यो पुर्खाले दिएको उपहार हो। यसलाई जीवन्त राख्ने, स्याहार-सम्भार गर्ने र आफ्नो योगदानसमेत झल्किने गरी भविष्यका सन्ततिलाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने जिम्मे  वारी आजको पुस्ताको हो। राष्ट्रनिर्माण एउटा निरन्तर प्रक्रिया हो। यसका लागि समग्र देशले सामूहिक रूपमा मिहिनेत गर्नुपर्छ। र, यो प्रक्रियामा ठूलो भूमिका राष्ट्रगानको पनि हुन्छ।

हरेक समाजले आफ्नो राष्ट्रलाई जन्माउने आमासरह मानेको हुन्छ। कतिपय मुलुकमा मातृभूमि र पितृभूमि दुइटै भन्ने प्रचलन छ। 'जननी जन्मभूमिश्च स्वर्गादपि गरयिसी' अर्थात् जन्म दिने आमा र मातृभूमि स्वर्गभन्दा प्यारो हुन्छ भन्ने संस्कृतको उक्ति नेपाली   समाजमा खुब प्रचलित छ। विविधताले भरएिको, विभिन्न जातजाति, भाषाभाषी, धर्म र समुदायहरूको देशका रूपमा नेपालमा यस्ता धेरै अभिव्यक्ति प्रचलनमा छन्, जसले मातृभूमिप्रति प्रतिबद्ध तुल्याउन खोज्छन्। देशप्रतिको भक्तिभाव र प्रतिबद्धतालाई केवल सा  ँचो र प्रमाणित गर्न सकिने तथ्यका आधारमा मात्र जागृत गरन्िछ भन्ने होइन। यो प्रयोजनका लागि विभिन्न मिथक, संकेत, देवी-देउतालगायत कला, साहित्य, भाषा, संस्कृति र धर्मलाई पनि प्रयोग गर्न सकिन्छ। देश निर्माणमा पुर्खाले गरेको लगानी, लडेको युद्ध,   जित-हार, पाएको वीरगति वा ऐश्वर्यजस्ता कथाहरूले पनि यो भाव व्यक्त गररिहेका हुन्छन्। यसमा साहित्य र संगीतको अनुपम भूमिका हुन्छ।

प्रेम र विरहका प्रसंगहरू कहिल्यै पुराना हुँदैनन्। यिनीहरू पिँढीगत रूपमा हस्तान्तरण भइरहन्छन्। हरेक मुलुकलाई यस्ता प्रसंगले जोडेको हुन्छ। लोकसंस्कृतिमा तिनको ठूलो लगानी हुन्छ। इतिहासमा दुःख मनाउने कुरा वा लाज मान्नुपर्ने काम-कारबाही पनि  नहुने  होइन। तर, भविष्यमुखी समाजले जहिले पनि राम्रा कुराबाट समाजलाई अगाडि बढाउन खोज्छ। थोरै राम्रा कुरा भए पनि तिनलाई धेरै महत्त्व दिई प्रचारप्रसार गरन्िछ। यसैका आधारमा राष्ट्रप्रेमलाई सामूहिकता दिइन्छ। आफ्नो मुलुक धान्न, जोगाउन र  विकसित  तुल्याउन तिनको प्रयोग गरन्िछ। जुन देशले आफ्नो सीमा रक्षाका लागि लडाइँ गरेको छ, उसले त्याग, समर्पण, शौर्य, शक्ति र ऐश्वर्यलाई राष्ट्रिय बढाइँको विषय बनाउँछ। महापुरुषहरू तथा राष्ट्रिय विभूतिहरू कायम गरन्िछन्। निःसन्देह राष्ट्र निर्माणमा  यस्ता  विषयलाई महत्व नदिएको भए इतिहास वा संसारको मानचित्र आजको जस्तो हुने थिएन।

हरेक देशमा परम्परागत रूपमा राष्ट्रगान अपनाउने र बजाउने प्रचलन छ। सँगसँगै राष्ट्रिय झन्डा फहराउने परम्परा पनि छ। यी दुवैको प्रचलन कहिलेदेखि सुरु भयो भन्न गाह्रो होला। तर, राष्ट्रगानको सन्दर्भमा तीन सय वर्षदेखि बाढी नै आएको छ। कुनै पनि   प्रथाका ऐतिहासिक कारण हुन्छन्। तर, चलनचल्तीमा आइसकेपछि त्यसमा निरन्तर विकास पनि भइरहेको हुन्छ। विभिन्न ऐतिहासिक चरणमा पिँढी दरपिँढीले आफ्नो ज्ञान, क्षमता र विवेकका आधारमा यसलाई परमिार्जित गर्दै लैजान्छन्। कतिले भएका   राष्ट्रगानलाई परविर्तन गरेका छन्। देशभक्तिपूर्ण गीतहरूलाई राष्ट्रगान भनी सरकारले स्थापित नगरे पनि आफ्नै बलमा राष्ट्रगानको पगरी पाएको परििस्थति पनि छ। मूल कुरा के भने राष्ट्रगानको सम्मान पाएका गीतहरू हरेक समाजमा बज्छन्, गाइन्छन्। यस्ता   गीतहरू स्वतःस्फूर्त रूपमा पनि देखा पर्छन्।

राष्ट्रगान र देशभक्तिपूर्ण गीतहरू उस्तै लाग्छन्। तिनीहरूको उद्देश्य पनि उस्तै हुन्छ। सामान्यतः यतिसम्मलाई सत्य मान्न सकिन्छ। तर, राष्ट्रगानका रूपमा मान्यता पाउने गीत धेरै थोरै हुन्छन्। देशभक्तिका गीतहरूको कमी हुँदैन। यही कारणले देशभक्तिका  गीतका  विषयवस्तु -थिम)मा विविधता देख्न सकिन्छ। नेपाली जनजिब्रोमा रहेको रत्नशमशेर थापाको रचना र नारायण गोपालको स्वरमा 'जाग लम्क चम्क हे नौजवान हो...' भन्ने गीत वा भूपी शेरचनको रचना र प्रेमध्वज प्रधान तथा तारादेवीको स्वरको 'यो  नेपाली  शिर उचाली संसारमा लम्किन्छ...'लाई उदाहरणका रूपमा लिन सकिन्छ। यी दुवै गीत राष्ट्रिय स्वाभिमानमा आधारति छन्। पछिल्लो गीतको अर्को हरफ झन् बलियो छ, 'चाहे झुकोस् नीलो आकाश, यो नेपाली झुक्दैन ! चाहे रुकोस् चिसो बतास, यो ने पाली रु क्दैन...।' यसबाहेक अरू विषयवस्तु पनि जनजिब्रोमा छन्। जस्तै ः कालीप्रसाद रजिालको रचना र रामकृष्ण ढकालले गाएको 'बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्...' भन्ने गीतले राष्ट्रप्रेमलाई दिव्य आकांक्षाको स्तरसम्म पुर्‍याउँछ। त्यस्तै 'यो देशमा  म एउटा  मानिस खोजिरहेछु...' भन्ने गीतले मुलुकमा भइरहेको बेथितिको व्यवस्थापन गर्न सक्ने नेतृत्वको कामना गरेको छ, जसका रचनाकार विश्वनाथ प्रेम हुन् र शिशिर योगीको स्वरले यसलाई सुशोभित गरेको छ। यो पनि त्यत्तिकै प्यारो देशभक्तिको गीत  मानिन्छ।

नेपाली सेनाले घरघर पुर्‍याएको गोपालप्रसाद रमिालको 'रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो...' गीतले कुन नेपालीलाई गौरवान्वित नगर्ला? त्यति मात्र होइन, 'यो जन्मँदै जगतमा कैयौँ प्रहार आए साम्राज्य दुवै हारे, हारेन शान हाम्रो...' भन्ने एउटै हरफ अरू   गीतका कैयन् हरफभन्दा शक्तिशाली छ। यो गीत सुन्ने जोकोहीलाई नेपाली वीर पुर्खाको कठिन संघर्ष र शौर्यबाट एकसाथ आफू जन्मेको देशको भक्तिभावमा विह्वल बनाउँछ। राष्ट्रप्रतिको एउटै सामूहिक भाव र मातृभूमिको अस्तित्व जोगाउन जनताले गरेको   त्याग, बलिदान, संघर्षका कथाका साथै यसको रक्षा गर्न लडिएको लडाइँ र युद्धगाथाहरूले एउटै सामूहिक भाव जागृत गराउँछन्। राष्ट्रिय एकतालाई माथि उठाउन जहिले पनि मद्दत गरेका हुन्छन्।

राष्ट्रगानचाहिँ कुनै राष्ट्रमा बस्ने बासिन्दालाई एउटै सामूहिक भावमा जोड्ने सशक्त माध्यम पनि हो। राष्ट्रका प्रति त्यहाँका बासिन्दाको प्रेम विभिन्न रूपमा प्रकट हुन सक्छ। विभिन्न भाषाभाषी, जाति, धर्म र संस्कृतिका भए पनि राष्ट्रगानले सबैलाई आफूहरूले   एउटै साझा धरोहरको प्रयोग गरेको र त्यसका लागि एक भई संघर्ष र त्याग गरेको सम्झाउँछ। साझापनका लागि आइपरेका बखत पुनः र बारम्बार संघर्ष र लडाइँ गर्न ऊर्जा दिन्छ। साझापनको रक्षाका लागि बलिदान गर्न तयार रहने शपथ हो, राष्ट्रगान।  आफू  जन्मेको, हुर्केको, खेलेको र घामधूलो तथा सुखदुःख खेपेको मातृभूमिका लागि गरेका संघर्ष र वीरताको गाथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने माध्यम पनि हो, राष्ट्रगान। अनि, नयाँ पिँढीमा मातृभूमिका प्रति सम्मान र यसको रक्षाको दृढता प्रदान गर्ने माध्यम  पनि  राष्ट्रगान हो।

राष्ट्रगान भावनात्मक हुन्छ। भावनासँग जोडिएकाले नै राष्ट्रिय झन्डा वा राष्ट्रगानले जोसुकैलाई आफ्नो मुलुकप्रति गौरवान्वित बनाउँछ। स्वाभिमानबोध गराउँछ। अंग्रेजसँगको युद्धमा नेपाल राजनीतिक रूपमा एक ढिक्का मात्र भएन, देशका लागि धेरै  वीरगाथाह रूको स्रोत पनि भयो। भोटसँगको लडाइँले पनि नेपाललाई धेरै लोकरञ्जक राष्ट्रगानहरू दिए। नेपाली सेनाले त्यस्ता गीतहरूलाई गाउँगाउँ पुर्‍याए। बलिया र अत्याधुनिक हतियारले सुसज्जित दुस्मनविरुद्ध कसरी ढुंगा र भीरपाखाको सहायता लिँदै से नाका साथै  सामान्य जनता, केटाकेटीहरूले समेत प्रतिकार गरे, कसरी आफ्नो मातृभूमिको रक्षा गरे भन्ने कुरा वीर रसप्रधान राष्ट्रिय गीतहरूमा पाइन्छ। आजको नेपाल स्वतन्त्र राखिराख्न यस्ता गीतहरू निरन्तर प्रयोग भएको इतिहास छ। यही कारण नयाँ  पुस्ताले मुलुक  रक्षाका लागि पुर्खाहरूले बगाएको रगत, पसिना र गरेका बलिदानहरूबाट आफूभित्र ऊर्जा र भावना जीवन्त राखिरहन सकेको छ। तर, राष्ट्र गानमा भने तिनै पुर्खाहरूप्रति कृतज्ञता प्रकट नहुनु दुर्भाग्यपूर्ण छ।

थाहा भएकै कुरा हो, केही राजनीतिज्ञले प्रपञ्च गरी राष्ट्रिय एकता दिवस मनाउन बन्द गरे, जो सर्वथा अनुचित थियो। त्यसमाथि मुलुकले अपनाएको नयाँ राष्ट्रगानमा त देशभक्ति एवं गौरवगाथाकै अभाव छ, यो जोकोहीलाई पनि खड्किएको छ। नयाँ संविधान   लेखिएको छैन, त्यसैले अझै पनि समय छ, कि भएकै राष्ट्रगानलाई देशभक्तिले ओतप्रोतपूर्ण बनाई परमिार्जन गरौँ, नभए त्यही प्रकारको अर्को राष्ट्रगानको सिर्जना गराऔँ । 

प्रकाशित: चैत्र ३०, २०७१