मृत्युको मुखबाट बाँच्नेहरू

मृत्युको मुखबाट बाँच्नेहरू

- जे पाण्डे

उर्लंदो राप्ती नदीको भलबाढी पसेपछि बस्ती पूरै डुब्यो । शरीरको एकसरो लुगाबाहेक अन्न, ओढ् ने/ओछ्याउने केही बचेन । विदेश यादव २६ साउनदेखि २ भदौ ०७१ सम्मको कठोर समय स्मरण गर्छन्, "अकालमा मर्नुभन्दा बस्तीको माया मारेर हिँड्यौँ । ज्यान त बच्यो । घरबासको टुंगो अझै लागेको छैन ।"

होलिया-२, ३, ४ र ५ का बस्ती अहिले बगर बनेका छन् । घरखेत बगाएपछि निकै दयनीय जीवन बिताइरहेका पीडितलाई अर्को वर्षाअघि नै सुरक्षित स्थानमा घरबासको व्यवस्था गर्न नसके फेरि उस्तै जोखिममा पर्ने अवस्था छ ।

प्राविधिक समितिले सुरक्षित बसोवासका लागि ६ महिनाअघि जग्गा खोज्न थाले पनि अहिलेसम्म ठाउँको टुंगो लागेको छैन । को बाढीपीडित हुन् र को होइनन् भन्ने छुट्याउनमै पाँच महिना बितिसकेको छ । कतिसम्म भने राजनीतिक दलका नेताहरूले भारतीयलाई समेत पीडित भन्दै सिफारसि गरेको पाइएको छ । राप्तीको बाढीले ७ सय २४ घरका परविार प्रभावित हुँदै आएका छन् भने हरेक वर्ष २० करोड रुपियाँबराबरको क्षति हुने गरेको छ ।

प्रकाशित: माघ २५, २०७१