बजारमा बेइमान

बजारमा बेइमान

- नयनराज पाण्डे

'लेख्ने मान्छे सर्जक हो। समाजप्रति उसको असीमित दायित्व हुन्छ। उसले जे लेख्छ, समाजकै लागि त लेख्छ नि ! त्यसैले समाजप्रति इमानदार हुनुपर्छ लेखकहरू। ऊ कुनै किसिमले पनि बेइमान हुनुहुँदैन। एउटा लेखकका लागि उसको इमानदारीभन्दा महत्त्वपूर्ण पुँजी अरू केही हुनै सक्दैन। त्यसैले लेखकले व्यक्तिगत  व्यवहार र आचरणमा पनि इमानदारी देखाउनुपर्छ। एउटा चोर, नाफाखोर या ठग साहित्यकार हुनै सक्दैन। वेश्यागमन गर्नेले झन् के लेख्छ नारीका पीडा?'

त्यो साता मेरो एउटा कविता रेडियो नेपालको बाल कार्यक्रममा प्रसारति भएको थियो र मेरा दुवै खुट्टा भुइँमा थिएनन्। म आकाशमा बादलकै मुनिमुनि साइबेरयिन सारसझैँ कावा खाँदै उडिरहेको थिएँ। त्यही साता महेन्द्र पुस्तकालयमा भएको साहित्यिक कार्यक्रममा भनिएका थिए, माथिका पंक्तिहरू। कुन महान्  आत्माबाट मर्जी भएको थियो यो कुरा मैले अहिले ठ्याक्कै बिर्सिएँ। तर, उनले हातमुट्ठी कसेर जोसिलो पारामा भनेका यी कुराले मेरो किशोर मनमा गजबैले प्रभाव पारेको थियो। मैले त्यतिबेलै प्रण गरेँ, म पनि अब समाजप्रति इमानदार हुन्छु। म पनि समाजका लागि लेख्छु। त्यही साँझ मैले कविता लेखेँ:

गरबिलाई हाँस्न देऊ

गरबिलाई बाँच्न देऊ।

नारीलाई पनि हाँस्न देऊ

नारीलाई पनि बाँच्न देऊ।।

स्कुलको वाषिर्कोत्सवमा सुनाएँ यो कविता। साथीहरूले वाह वाह भनेका थिए। बाटोमा हिँड्दा एउटा साथीले ठेला तानिरहेको गरबितिर देखाएर भन्यो, 'हेर् त बे, तेरो गरबि कसरी पसिना चुुहाई चुहाई हाँसिरहेको छ।'

ती अज्ञात महान् मनुवाले इमानदारीको क्लास लिएको दिनदेखि मेरो स्वभावमा साँच्चिकै परविर्तन आयो। अघिल्लो दिन तेस्रो पिरयिडबाट गयल भएको थिएँ। लेखा सरले हरयिो बेसर्माको लगभग दुई हात लामो र मसिनो लट्ठी हावामा हल्लाउँदै सोध्नुभयो, 'हिजो कहाँ गएको थिस्?'

मलाई इमानदार बन्ने भूत चढेको थियो। ढाँट्न मन लागेन। मलाई थाहा थियो, बेसर्माको मोटो छडीले भन्दा मसिनोले बढ्ता चोट लाग्छ। तैपनि, मैले हिम्मतसाथ भनेँ, 'सर ! हिजो मेटिनी सो फिलिम हेर्न लक्ष्मी चित्र मन्दिर गएको थिएँ। अबदेखि जान्न सर।'

'को को गएको?'

लेखा सरले जंगिँदै सोधेपछि मैले इमानदार भएर अरू चार जना साथीको नाम पनि भनिदिएँ र अन्त्यमा फेर िभनेँ, 'अबदेखि जान्न सर, विद्या कसम।'

'साले, उहाँ भने कविता लेख्छ। अनि, स्कुलबाट भागीभागी सिनेमा पनि हेर्न जान्छ। कसको कविता चोरेर लेख्छस् बे?'

लेखा सरको हातका छडी र बोली एकसाथ चलिरहेको थियो। त्यो दिन मेरो देब्रे हत्केलामा बढ्ता दखल पर्‍यो। प्रथमतः रातो र तत्पश्चात् नीलो हुने गरी सुम्ला उठ्यो। तीन-चार दिनसम्म नित्यकर्मपश्चात् पृष्ठभाग पखाल्न पनि गाह्रो भयो। पोल लगाइदिएकामा तहाँउपरान्त चार जना साथीले भने निकै लामो  कालखण्डसम्म मसित बोलचाल बन्द गरे।

'साला, सत्य हरश्िचन्दर बन्न खोजेको तैँले?', रोहितले रसिाउँदै भन्यो। उसले बेलाबेलामा बाउको पैसा चोरेर ल्याउँथ्यो र मलाई हाफ टाइममा स्कुलबाहिर लगेर कहिले समोसा र कहिले पकौडा ख्वाउँथ्यो। त्यस घटनापछि पकौडा र समोसा बन्द भयो।

मेरो इमानदारीले बाँकी तीन जना साथी पनि रुष्ट भएका थिए। तर, यो इमानदारीमा मलाई गर्व भइरहेको थियो। किनभने, म रेडियो नेपालबाट बजेको कवि थिएँ र स्थानीय किरण साप्ताहिकमा मेरो कविता प्रकाशित भइसकेको थियो।

....

बिदाको दिन थियो त्यो। बिहानै बुबाले ५० को नोट दिँदै बजार गएर रस्तोगी मेडिकल हलबाट हजुरआमाका लागि दमको पाउडरवाला औषधी लिन अह्राउनुभएको थियो। एक घन्टाअगाडि मात्र कुनै दुःखी-गरबिलाई पात्र बनाएर कविता लेखिसकेकाले म यतिबेला परविार, समाज र राष्ट्रप्रति महान् कर्तव्यबोधको ह ्याङओभरमा थिएँ। त्यसैले मैले औषधी लिन जान अबेर गरनिँ। बुबाको रेले साइकल लिएँ र बजारतिर लागेँ।

मोटो चस्मा, मोटो आवाज र मोटो शरीरका धनी रस्तोगी महोदयले र्‍याकबाट निकालेर औषधीको बट्टा दिए र २० रुपियाँ मागे मसित। छुट्टा थिएन। त्यसैले मैले ५० रुपियाँ दिएँ। पसलमा भीडभाड थियो। हतारमा थिए उनी। उनले २० रुपियाँ काटेर बाँकी रकम मेरो हत्केलामा राखिदिए। फिर्ता रकम मुठीमा च्यापेर म  भीडबाट निस्किएँ। सडकमा आएर मुठी खोलेँ। ३० होइन, ८० रुपियाँ थियो मेरो हातमा। सायद मैले ५० को सट्टा सय रुपियाँ दिएको ठानेर ८० रुपियाँ फिर्ता गरेका थिए, रस्तोगी महाशयले।

यतिका रकम देखेर मज्जाले आत्तिएँ म त। जीउ थर्र काँप्यो। ओठमुख सुक्योे। सडकबाटै फेर िरस्तोगी महाशयतिर हेरेँ। तर, उनी थोरै पैसा ल्याएर धेरै औषधी मागिरहेकी कुनै गरबि महिलालाई हकार्नमा व्यस्त थिए। म एकछिन साइकल समातेर त्यहीँ उभिएँ। 'के मैले यतिबेला तत्काल इमानदारी देखाइहाल्नुपर्छ?' मैले  मेरो मनलाई सोधेँ। मन पनि अलमलमा थियो। त्यसैले प्रश्न केही बेरलाई थाँती राखेर म साइकल कुदाउन थालेँ। कल्पनामा तिनै कवि महोदय आए र कवि/लेखकहरू व्यवहारमा पनि इमानदार हुनुपर्छ भनेर लामै व्याख्यान दिन थाले। उनको आवाजलाई म्युट गर्ने वा त्यसको भोल्युम सानो गर्ने उपाय थिएन मसित।  कानमा ठूलै स्वरमा प्रतिध्वनित भइरहेको इमानदारीको महिमागान नसकिँदै म घर आइपुगेँ। बुबाको हातमा औषधी राखिदिएँ र पैसा पनि। ८० हैन, ३० रुपियाँ।

तिनताक नेपालगन्जको बजारका परकिारहरूको मौलिक स्वाद जिब्रोमा मज्जाले बसिसकेको थियो। कहिले आलु-कचौरी र कहिले छोला-समोसा। साँझ भयो भने दही, मलाई या रावडी। जिब्रोको स्वादले तिर्सना जागृत गथ्र्यो र त्यस तिर्सनाले बुबाको खल्तीबाट पैसा चोर्न विवश बनाउँथ्यो। बिनाग्लानि म यस्ता कार्य  सम्पन्न गररिहेको थिएँ। तर, ती महान् आत्माले इमानदारीको पाठ पढाएका दिनदेखि मभित्र ग्लानि उत्पन्न हुन थालेको थियो। त्यसैले केही दिनदेखि जिब्रोको स्वादले उत्पन्न गरेको तिर्सनालाई मैले मनभित्रै दबाउन थालेको थिएँ र बुबाको खल्तीतिर नजर लगाउन बन्द गरििदएको थिएँ। चोरीबापत बेलाबेलामा मैले कुटाइ  खाइरहनुपथ्र्यो। सो कार्य पनि अचेल बन्द भएकाले ज्यानलाई पनि सुविस्ता भएको थियो। बुबाको खल्तीबाट माल उडाउन जुन आइडिया, चिन्तन, होसियारी र एकाग्रता आवश्यक थियो, सो सबै मैले कविता लेखनमा प्रयोग गररिहेको थिएँ र लेखिरहेको थिएँ समाजका कविताहरू। जस्तै:

हे धनी, गरबिलाई माया देऊ

हे धनी, गरबिलाई खाना देऊ।

....

५० रुपियाँको नयाँ नोट मसित थियो। तत्कालको अर्थतन्त्र र मुद्रास्फीतिको हिसाबले त्यो ठूलो रकम थियो। ५० रुपियाँ महिनामा सारेन्स सर हामीलाई घरमा म्याथ र अंग्रेजी ट्युसन पढाउन आउँथे र हरेक दिन हाम्रो कान निमोठेर जान्थे। एक रुपियाँमा छोला-समोसा आउँथ्यो। सय ग्राम जलेबीको एक रुपियाँभन्दा बढी  पक्कै थिएन। सवा रुपियाँमा सेकेन्ड क्लासमा बसाएर लक्ष्मी चित्र मन्दिरले फिलिम देखाउँथ्यो। १० रुपियाँमा तिहारका बेला रुपैडिहाबाट एक झोला पटाका ल्याउन सकिन्थ्यो। ४० या ५० रुपियाँमै आउँथ्यो क्यार हामीले स्कुलमा वर्षभर िपढ्ने आठ या नौ विषयका किताब, जसका अघिल्ला पृष्ठहरूमा राजारानीका महान ्वाणीसहितका श्यामश्वेत चित्रहरू हुन्थे र सायद पुछारको आवरण पृष्ठमा हुन्थे लय मिलेका कक्षागीतहरू। पछाडिको पानामा जनगणमन लेखिएका कापीहरू १० रुपियाँमा एक दर्जनभन्दा बढी ल्याउँथ्यौँ हामी, सीमापारकिो रुपैडिहा बजारबाट।

यस्तो बेलामा हातमा अनपेक्षित रूपमा परेको थियो ५० रुपियाँ र त्यसले केही दिनदेखि मेरो मनको धरातलमा बलियो गरी उभिएको इमानदारीको भर्खर तयार भएको महलमा सानोतिनो रेक्टर स्केलको भुइँचालो उत्पन्न गररिहेको थियो।

अरूभन्दा बढी डर मलाई इमानदारीकै थियो। किनभने, अब मलाई बेइमान बन्नु थिएन। बेइमान बनेर कविता लेख्नु थिएन। फेर िबेइमान व्यक्तिले कहाँ राम्रो कविता लेख्न सक्छ र? इमानदार व्यक्तिले मात्र लेख्न सक्छ समाजको कविता। इमानदार व्यक्तिको कवितामा मात्र शक्ति हुुन्छ। त्यस्ता कवितामा मात्र दम हुन्छ।  इमानदार कविका कवितामा मात्र समाज आउँछ, आममान्छेको आँसु झल्किन्छ अनि देश दुखेको देखिन्छ।

अन्ततः मैले रस्तोगी महोदयलाई नै ५० रुपियाँ फिर्ता दिने निश्चय गरेँ। यस्तो निर्णय गरेपछि राती मलाई मीठो निद्रा पर्‍यो। सपनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाले मलाई अँगालो हाले र भने, 'जाऊ जाऊ बाबु, समाऊ पाऊ र आर्तहरूको चहराइरहेका घाउमा मलम लगाऊ।'

....

घाउको मलमलगायत सबै रोगको औषधी बेच्ने रस्तोगी मेडिकल हलतिर लागेँ म भोलिपल्ट बिहानै। स्कुलको किताब-कापीले भरएिको बस्ता पनि बोकेँ, जसमा केही दिनअघि मात्र मेरो बेन्चको पछाडि बस्ने साथीले नीलो मसी छर्किदिएको थियो। स्कुल पुग्नुअघि रस्तोगी मेडिकल हल पुग्ने मेरो योजना थियो।

किन किन छोटो बाटो जान मन लागेन। उतिबेलै पैसा फिर्ता नगरेको हीनताबोधले पनि कुटुुकुटुु खाइरहेको थियो मलाई। उल्टो रस्तोगी महाशयले हकारे के भनेर प्रतिकार गर्ने भन्ने योजना बनाउन बाँकी नै थियो। त्यसैले मैले लामो बाटो समातेको थिएँ। इमानदारीको बाटो सायद सर्टकट हुँदैन। त्यसैले त धेरै मान्छे  यस्तो बाटोमा हिँड्दैनन्। तर, मलाई भने हिँड्नु थियो। किनभने, केही दिनअघि कुनै महान् कविले मेरो मनमा इमानदारीको बीउ छरििदएका थिए र अब त्यो बीउ अंकुरति भइसकेको थियो। त्यसैले अचेल म हरेक कवितामा गरबिलाई घुसाउन थालेको थिएँ। गरबिका दुःख र पीडालाई घुसाउन थालेको थिएँ। मानौँ म  कविता होइन, जाडोमा गरबिलाई घुसाएर न्यानो पार्ने कपासलाई जाली बुनेर बनाइएको टिम्बा सिरक तयार पार्दै छु।

मन्दिरछेउमै भएपछि आस्था पनि जाग्यो मभित्र। त्यसैले वागेश्वरी मन्दिर परसिरमा प्रवेश गरेँ। कुनै विशेष पूजाआजाको दिन थियो सायद। त्यसैले महिलाको संख्या बढी थियो। मन्दिरभित्रबाट निस्किँदा मैले देखेँ, केही महिला एउटा पुरुषलाई चप्पलैचप्पलले हिर्काउँदै छन्। पुरुष भुइँमा ढलेको छ र हातले आफ्नो शिर र  मुहार जोगाउने प्रयन्त गररिहेको छ। तर, जति जोगाए पनि मैले ती पुरुषलाई चिनिहालेँ। उनी तिनै महान् व्यक्ति थिए, जसले कविहरू व्यक्तिगत जीवनमा पनि चरत्रिवान् र इमानदार हुनुुपर्छ भनेर भाषण गरेका थिए र सुनाएका थिए कविता। सायद कविताको शीर्षक थियो, 'नारीको इज्जत गर्न सिकौँ।'

आज तिनै महापुरुष नारीहरूको कमलो हातबाट कुटाइ खाँदै थिए। नजिकै एउटी नारी छेउमा सानी छोरीलाई राखेर रुँदै बिलौना गररिहेकी थिइन्। केहीले ऊसित सोध्दै थिए, 'किन रोएको?'

नारी बोल्न सक्ने स्थितिमा थिइनन्। उनकी सानी छोरीले नै जवाफ दिई, 'ऊ हरामी आदमी हमार अम्मा कय छाती दबाइ दिइस्।'

....

महिलाको छाती समात्ने ती महापुरुषलाई पिटाइ खाइरहेकै स्थितिमा छाडेर म मन्दिरबाट निस्किएँ। तर, त्यसपछि म रस्तोगी महोदयको औषधी पसलतिर गइनँ। खल्तीमा रहेको ५० रुपियाँले नजिकैको पसलमा समोसा, दही र जिलेबी खाएँ। त्रिभुवन चोक गएर पठानी रोटी र हलुवा पनि खाएँ। पाइला स्कुलतिर बढेनन्,  लक्ष्मी चित्र मन्दिरतिर बढे। हिजो भर्खर नयाँ फिलिम लागेको थियो त्यहाँ। २० आनाको टिकटलाई ब्ल्याकमा तीन रुपियाँ तिरेर किनेँ।

सिनेमा हलमै फेर िभेटियो रोहित र भेटिए बोलचाल बन्द भएका अरू तीन जना साथी।

त्यसपछिका दिनमा म सायद इमानदार रहिनँ। तर, कविता लेख्ने कार्य भने जारी रह्यो। जीवनमा धेरैपटक धेरै किसिमले बेइमानी गरेको छु। तर, साहित्य लेखिरहेको छु। साहित्य लेख्न बेइमान या इमानदार के हुनुपर्छ, आजसम्म थाहा पाएको छैन। बेइमानहरूले हिजो पनि लेखिरहेकै थिए। आज त झन् आत्मकथाहरू  पनि लेख्न थालेका छन्।

नेपालगन्जको त्यो रस्तोगी मेडिकल हल बन्द भयो कि चालू छ? थाहा छैन। तर, साहित्यको बजार भने खुला छ। यो खुला बजारमा अचेल बेइमानहरू पनि चर्चामा छन् ।

 

प्रकाशित: माघ १९, २०७१