पीडितकी सारथि

पीडितकी सारथि

- दुर्गालाल केसी

घोराहीकी माला गुरुङको शल्यक्रिया गरी बच्चा जन्माउनुपर्ने भयो । माला घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा छटपटाइरहेका बेला परिवारका सदस्य कोही गएनन् । आफन्तको हस्ताक्षर नगरी शल्यक्रिया नगरिने थाहा पाएपछि दौडेर गइन् र दिदी बनेर हस्ताक्ष्ार गरिन्, दीपा बस्नेतले । बच्चा जन्मिसकेपछि पनि  घरबाट कपडा लिएर कोही आएनन् । आमा र बच्चा काँप्दा उनलाई खपिनसक्नु पीडा भयो । त्यतिन्जेल उनले मालालाई चिनेकी पनि थिइनन् । बच्चा जन्माइसकेपछि बल्ल चिनजान भयो ।

हो, घरेलु हिंसा भोगेर घरबाट निस्केका महिलाको न्याय र अधिकारका लागि रातदिन दौडिरहेकी हुन्छिन्, दीपा बस्नेत । कसैको तारेख थामिदिन अदालत दौडिरहेकी हुन्छिन् त कसैको बच्चा स्याहार्न अस्पताल पुगेकी हुन्छिन् । कसैलाई हौसला दिन घरसम्ममै पुग्छिन् । हिंसापीडित महिलालाई सहयोग गर्न धनगढीदेखि सुखेर् तसम्म पुगेकी दीपालाई सबैका दुःख आफ्नो जस्तै लाग्छ ।

डुरुवा, लुहाडबराकी दीपा आफैँ हिंसापीडित महिला हुन् । १२ वर्षअघि उरहरी-९ सुकौरामा मागी विवाह भएपछि घरमा अनेक यातना र गालीगलौज पाइन् उनले । पाँच वर्षसम्म माइती जानसमेत पाइनन् । हिंसा सहनै नसकिने भएपछि चार वर्षअघि घरै छाडिदिइन् । श्रीमान्सँग अदालतमा मुद्दा लडिन् । सम्बन्धविच्छेद  गरी अधिकार पनि पाइन् । अदालतले दिलाएको जग्गा आफ्ना नाममा पनि बनाइन् तर उपभोग गर्न भने पाएकी छैनन् । भन्छिन्, "सबैजसो दिदीबहिनीको अवस्था यस्तै छ । जग्गा पाइन्छ तर उपभोग गर्न दिँदैनन् ।"

त्यति हँुदा पनि दीपा आफूजस्तै हिंसापीडित महिलाका लागि रातदिन ज्यान फालेर काम गरिरहेकी छन् । उनी महिलाको पीडा देख्न सक्दिनन् र न्याय दिलाउन दौडिन्छिन् । नौ वषर्ीय छोरा हुर्काउँदै, पढाउँदै संघर्षशील जीवन बिताइरहेकी दीपाले आफूजस्तै हिंसापीडित ६ महिलासँग मिलेर घोराही-६, रझेनामा ऊनका  कपडा बुन्ने होजेरी उद्योग सञ्चालन गरेकी छन् ।

उनकै नेतृत्वमा ३५ जना महिला मिलेर बनेको सक्ष्ाम महिला सामुदायिक संस्थाले हिंसापीडितलाई न्याय दिन पहल गर्ने, आंशिक आश्रय दिने र आत्मनिर्भर बनाउने उपाय खोज्ने गर्छन् । सधैँ रोई रोई बसेर समस्या समाधान नहुने भएकाले आयआर्जनका लागि सिलाइकटाइ र होजेरीमा लागेको दीपाको भनाइ छ । अहिले  उनीहरूलाई रुन फुर्सद छैन, काममै व्यस्त छन् । भन्छिन्, "एक्लै हुँदा रुँदै बस्नुपर्छ । काम भएपछि रुन पाइँदैन । एकै खालका साथी सँगै भएपछि दुःख बिर्सन पनि सजिलो भएको छ । सबैको चेहरा उज्यालो भएको छ ।"

हिंसापीडित महिलाहरूले ऊनको धागोबाट स्वीटर, चोली, टोपी, मोजा, पन्जालगायतका कपडा बुनेर आयआर्जनको बाटो तय गरेका छन् । एउटा मात्रै मेसिनमा ६ जनाले काम गर्नुपर्ने भएकाले माग अनुसार कपडा उत्पादन गर्न कठिन भएको दीपा बताउँछिन् । भन्छिन्, "मेसिन अभावमा दुई जनाले काम गर्दा ६ जना  खाली बस्नुपर्छ । मेसिन धेरै भए अझ राम्रो आम्दानी गर्न सकिन्थ्यो ।"

एक वर्षअघि सुरु भएको उद्योग नै हिंसापीडितको सहारा बनेको छ । काम गर्दागर्दै उनीहरू होजेरीका प्रशिक्ष्ाकसमेत भएका छन् । दीपा उद्योग चलाउनुका साथै ठाउँठाउँमा तालिम दिनसमेत जान्छिन् । दीपा हिंसापीडित महिलाको अभिभावक नै बनेको सक्ष्ाम महिला समूहकी अध्यक्ष रचना सुवेदी बताउँछिन् । भन्छिन्,  "कोही नहुनेको अभिभावक नै बनेकी छन् । उनको जीवन नै हिंसापीडित महिलाप्रति समर्पित छ । उनी नहुने हो भने हिंसापीडित महिलालाई अदालत पुग्नसमेत गाह्राे हुन्छ ।"

प्रकाशित: माघ १९, २०७१