एक हातको पौरख

एक हातको पौरख

- कौशल अधिकारी

एउटा मात्र हात छ, हर्क पहरी, २४, को। उनी वाग्मती नदी किनारमा बन्दै गरेको बारमा ज्यामीको काम गर्दै छन्। दोलालघाट घर भएका पहरीले दैनिक ६ सय रुपियाँ ज्याला पाउँछन्। उनी ज्यामी काम गर्न थालेको आठ वर्ष भएको सुनाउँछन्। सानै छँदा वर्षैपिच्छे एउटै ठाउँमा हात भाँचिएपछि प्रहरी वीर अस्पताल पुगेछन्। डाक्टरलाई देखाउँदा हातै काट्नुपर्ने बताएछन्। अहिले त हात काटिएको पनि १२ वर्ष भइसक्यो। स्वयम्भू डेरा गरी बस्ने पहरीले एसएलसीमा फेल भएपछि ज्यामी काम गर्न थालेका रहेछन्।दुई वर्षअघि विवाह गरेका उनका दुईमहिने छोरा छन् ।

प्रकाशित: माघ ४, २०७१