पर्फेक्ट डिप्लोम्याट

पर्फेक्ट डिप्लोम्याट

- सीताराम बराल

कहिलेकाहीँ सामान्य सुरुआतको परिणाम पनि महत्त्वपूर्ण हुँदो रहेछ। विसं २०३९ मा लोकसेवा आयोगले परराष्ट्र सेवाका नौ अधिकृतका लागि लिएको परीक्षा नेपाली कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि त्यस्तै महत्त्वपूर्ण बन्न पुग्यो। किनभने, त्यो परीक्षा उत्तीर्ण गर्ने सबै जनाले राजदूत बन्ने अवसर मात्र पाएनन्, प्र थम हुने ज्ञानचन्द्र आचार्यले संयुक्त राष्ट्र संघको उपमहासचिव हुने सौभाग्य पनि प्राप्त गरे।

संयुक्त राष्ट्र संघजस्तो 'वल्र्ड गभर्नेन्स' संस्थामा यति महत्त्वपूर्ण जिम्मेवारी पाउने नेपाली उनै हुन्। राष्ट्र संघका महासचिव वान की मुनले ३० साउन ०६९ मा ज्ञानचन्द्रलाई राष्ट्र संघ अन्तर्गतको अतिकम विकसित, भूपरविेष्ठित र साना द्वीप मामिला हेर्ने उपमहासचिव र उच्च प्रतिनिधि नियुक्त गरेका थिए।

परराष्ट्र सेवामा प्रवेशका लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ, अंग्रेजी भाषालाई। अचम्म के भने वाल्मीकि विद्यापीठबाट संस्कृतमा शास्त्री सकेर अर्थशास्त्र पढ्न कीर्तिपुर छिरेका २२ वर्षे ज्ञानचन्द्र 'अंग्रेजीबाज'को हालीमुहाली हुने परराष्ट्र सेवामा प्रथम बने। भन्छन्, "परराष्ट्र सेवामा नाम ननिस्केको भए यतिबेला कुनै  क्याम्पसमा अर्थशास्त्र पढाएर बसिरहेको हुन्थँे हुँला।" त्यसो त परराष्ट्रका अतिरत्तिm प्रशासन समूहमा पनि उनको नाम निस्केको थियो। तर, उनको छनोटमा पर्‍यो, परराष्ट्र सेवा।

परराष्ट्र मन्त्रालय प्रवेश गरेको तीन वर्ष पुग्दानपुग्दै उनलाई बेलायती महारानीको नेपाल भ्रमण (६-११ चैत ०४२)को तयारी गर्ने जिम्मेवारी प्राप्त भयो। भ्रमणको तयारी परराष्ट्र मन्त्रालयको युरोप-अमेरकिा डेक्स (महाशाखा)ले गर्नुपथ्र्याे। ज्ञानचन्द्र यही डेक्समा 'योङ अफिसर' थिए। त्यसैले त्यो 'हाई प्रोफाइल भिजिट'लाई  नजिकबाट देख्न मात्र पाएनन्, भ्रमण क्रममा भएका सम्पूर्ण तयारीमा संलग्न भए। "अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्ने मन्त्रालयका युवा अधिकृतमा पर्याप्त उत्साह थियो," ज्ञानचन्द्र सम्झन्छन्, "बेलायती महारानीको भ्रमण तयारीमा संलग्न हुँदा मैले धेरै कुरा सिक्ने मौका पाएँ।"

उपसचिव हुन १२ वर्ष पर्खनु परे पनि सहसचिव हुनचाहिँ उनलाई एक वर्ष पनि कुर्नुपरेन। ०५३ मै लोकसेवाले परराष्ट्र सेवामा एक सहसचिवको दरबन्दी आह्वान गर्‍यो। आफूसँगै सेवा प्रवेश गरेका सहपाठीलाई उछिन्दै ज्ञानचन्द्र सहसचिव बन्ने मौका पाए। प्रधानमन्त्री सुशील कोइरालाका विदेश मामिला सल्लाहकार  दिनेश भट्टराई भन्छन्, "लिखितमा उहाँ -ज्ञानचन्द्र) र मैले नाम निकालेका थियौँ। तर, मौखिक परीक्षामा उहाँको नाम निस्कियो। त्यो सफलता नै उहाँको करअिरका लागि टर्निङ प्वाइन्ट साबित भयो।"

उनको किताबी ज्ञानलाई व्यावहारकि रूप दिन परराष्ट्र मन्त्रालयको अधिकृतका रूपमा विभिन्न ठाउँमा भएका पोस्टिङले सघायो। अझ नेपाली कूटनीतिका मूर्धन्य विद्वान् सरदारद्वय यदुनाथ खनाल र भीमबहादुर पाँडेको संगतबाट कूटनीतिका व्यावहारकि पक्ष्ा सिके। भन्छन्, "खनाल मेरो मावलीपट्टकिा नातेदार हुनुहुन्थ्यो।  पाँडेलाई पनि म भेट्न गइरहन्थेँ। मेरो सफलतामा उहाँहरूको योगदान छ।"

परराष्ट्र सेवाका अधिकृतका रूपमा उनले इजिप्ट र जर्मनीस्थित नेपाली दूतावासमा सेवा गरे भने ०५८ मा काठमाडौँमा भएको ११औँ सार्क शिखर सम्मेलनमा पेस गरनिे विभिन्न विषय र प्रस्तावका लागि मन्त्रालयको 'वर्किङ कमिटी'को नेतृत्व पनि गरे। ज्ञानचन्द्रको कूटनीतिक कौशल सबैभन्दा राम्राेसँग त्यतिबेला दे खियो, जतिबेला उनी जेनेभास्थित राष्ट्र संघीय नियोगमा नेपालका तर्फबाट स्थायी प्रतिनिधि थिए। उनी त्यहाँ राजदूत रहेका बेला यता राजा ज्ञानेन्द्रले 'कू' गरे। माओवादीहरू सशस्त्र संघर्षमा थिए। अन्तर्राष्ट्रिय समुदाय राजाको कदमप्रति कति असहमत थियो भने माओवादी दमनका नाममा सुरक्षा फौजले चरम मानव  अधिकार उल्लंघन गरेको आरोपसहित मानव अधिकार अनुगमन लागि काठमाडौँमा कार्यालय स्थापना गर्ने, त्यो नभए नेपालको बदनाम हुने गरी राष्ट्रसंघ महासभामा एउटा प्रस्ताव -प्रस्ताव नं ९) पेस गर्ने धम्की दियो।

राजाले परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे र सचिव मधुरमण आचार्यलाई जेनेभा पठाए, अन्तर्राष्ट्रिय समुदायसँग वार्ता र सम्झौताका लागि।

स्वीट्जरल्यान्डले अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गरेको थियो। वार्तामा नेपाली टोलीले 'आफूसँग सम्झौताको कुनै अधिकार नभएको' रूखो जवाफ दिएपछि स्वीस टोलीले त्यस्तै जवाफ दियो, 'यसरी वार्तामा बस्नुभन्दा बरू घुम्न जानूस्, त्यही तपाईंहरूका लागि हितकर छ।' बिगि्रसकेको माहौललाई सम्हाले ज्ञानचन्द्रले।

त्यस बेला जेनेभा नियोगमा उपप्रमुख रहेका परराष्ट्र मन्त्रालयका पूर्वचिफ अफ प्रोटोकल गोपालबहादुर थापाका अनुसार राजदूत ज्ञानचन्द्रले स्वीस टोलीलाई यसरी आश्वस्त पारे, 'पहिले खाना खाऔँ अनि कुरा गरौँला। हाम्राे राजधानीमा सम्पर्क गरेर केही सकारात्मक परण्िाामसहित आउनेछौँ।' थापा सम्झन्छन्,  "ज्ञानचन्द्रले नेपाल मानव अधिकार अनुगमन कार्यालय खोल्न दिन सहमत भए पनि नेपालको अत्यन्त जटिल आन्तरकि राजनीतिका कारण समयमै निर्देशन दिन समस्या परेकाले मात्र केही कुरा राख्न खोजेको जानकारी गराएपछि अन्तर्राष्ट्रिय टोली शान्त भयो। उनको परपिक्व भूमिकाका कारण नै नेपाल अन्तर्राष्ट्रिय  बदनामीबाट जोगियो।"

०६३ को सुरुमा परराष्ट्र सचिव मधुरमण आचार्य न्युयोर्कस्थित राष्ट्र संघ मुख्यालयमा नेपालका स्थायी प्रतिनिधि (राजदूत) बनेर गएपछि परराष्ट्रसचिव बने ज्ञानचन्द्र। दोस्रो जनआन्दोलन, गणतन्त्र स्थापनाजस्तो ऐतिहासिक संक्रमणकालीन घडीमा परराष्ट्रसचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे। मधुरमण चारवर्षे  जिम्मेवारी निर्वाह गरेर र्फकेपछि न्युयोर्क नियोग सम्हाल्ने जिम्मेवारी फेरि ज्ञानचन्द्रलाई नै प्राप्त भयो।

केही गरौँ भन्नेहरूका लागि 'चुनौती' अवसर हो। राजदूत बन्ने धेरै नेपालीले यो जिम्मेवारीलाई मोजमस्ती गर्ने अवसरका रूपमा लिन्छन्। तर, ज्ञानचन्द्रका लागि न्युयोर्क गएको एक वर्षपछि नेपाली स्थायी नियोग प्रमुखका रूपमा साँच्चिकै चुनौती बन्न पुग्यो। किनभने, असोज ०६९ देखि नेपालले संयुक्त राष्ट्र संघ अन्तगर् त अतिकम विकसित मुलुक -एलडीसी कन्टि्रज)हरूको अध्यक्षताको जिम्मेवारी पायो।

संयुक्त राष्ट्र संघको एलडीसी कन्टि्रजको अध्यक्ष्ाता पाएको नेपालको नियोग प्रमुख -राजदूत) थिए ज्ञानचन्द्र। वैशाख अन्तिम ०६८ मा टर्कीको इस्तानबुलमा सम्पन्न संयुक्त राष्ट्र संघ अन्तर्गत अतिकम विकसित राष्ट्रहरूको चौथो अनुगमन बैठकको सञ्चालन गरे। त्यसअघि उनले राष्ट्र संघकै शान्ति स् थापना आयोगको  कार्य सञ्चालन समूहको अध्यक्षता पनि अत्यन्त सफलतापूर्वक गरेका थिए। यसै गरी अतिकम विकसित सूचीमा रहेका भूपरविेष्ठित राष्ट्रहरूको ब्युरो सदस्य र त्यस अन्तर्गत सामाजिक विकास आयोगको अध्यक्षता गर्ने मौका पनि पाए।

संयुक्त राष्ट्र संघको छाताभित्र रहेर अन्तर्राष्ट्रिय कूटनीतिको मञ्चमा नेपालको प्रतिनिधिले यति महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु अवसर र चुनौती दुवै थियो। निरन्तरको खटाइ, विषयवस्तुमा दक्षता र क्षमताका कारण एकपछि अर्काे महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्दै गएका महासचिवको ध्यान ज्ञानचन्द्रमाथि  पर्नु स्वाभाविकै हो। भन्छन्, "अविकास, गरबिी र समुद्रसँग पहुँच नहुँदा विभिन्न समस्या झेलिरहेका राष्ट्रहरूको आर्थिक रूपले स्तरोन्नति गर्न राष्ट्र संघका तर्फबाट नेतृत्वदायी भूमिका खेल्नु मेरो जिम्मेवारी हो।"

आफ्नै मातृभूमि भएकाले ज्ञानचन्द्रको प्राथमिकतामा नेपाल पर्छ नै। यसैको उपज हो, १-३ पुसमा काठमाडौँमा सम्पन्न संयुक्त एसिया-प्रशान्त क्षेत्रका अल्पविकसित मुुलुकको मन्त्रीस्तरीय बैठक। त्यही बैठकमा राष्ट्र संघका तर्फबाट नेतृत्व गरेका ज्ञानचन्द्र एसिया-प्रशान्त क्षेत्रका अल्पविकसित मुलुकलाई विकासशील दे शका रूपमा कसरी 'अपग्रेड' गर्न सकिन्छ भन्ने छलफल भएको सुनाउँछन्।

राष्ट्र संघको यति महत्त्वपूर्ण ठाउँमा नेपाली कूटनीतिज्ञ पनि पुग्लान् त ? ज्ञानचन्द्रले आफ्ना देब्रे हातका चार औँला एक-एक गरी भाँचेर भने, "सक्छन्। तर, त्यसका लागि चारवटा पक्ष जरुरी हुन्छ। एक, भाषामा पोख्त। दुई, पूर्ण व्यावसायिक। तीन, इन्टरनेसनल नेटवर्किङ (अन्तर्राष्ट्रिय सम्बन्ध-सम्पर्कको जालो) बलियो।  चार, अविच्छिन्न लगनशील र धैर्यवान्।"

प्रकाशित: पुस २०, २०७१