एउटा पुलको कथा

एउटा पुलको कथा

- कुम्भराज राई

ओखलढुंगा र उदयपुरको बीचमा अवस्थित सुनकोसी नदीमा ठेक्का लागेको १३ वर्षपछि बल्ल पक्की पुल सञ्चालनमा आएको छ । ओखलढुंगा र उदयपुरका साथै सोलुखुम्बु, खोटाङ र सिन्धुलीका सर्वसाधारणका निम्ति पनि यो पुलको बेग्लै  महत्त्व छ ।

पुल निर्माणको कथा अलि लामो छ । सुरुमा पुलको डिजाइनै फेल भयो । विकल्पका रूपमा सञ्चालित डुंगा दुर्घटना हुँदा एक दर्जन सर्वसाधारणको ज्यान गयो । बाँसबाट निर्मित पुलमा भाडा तिरेर नदी तर्नुपरेका दिन सर्वसाधारणको  सम्झनामा ताजै छन् ।

ड्रम जोडेर सवारीसाधन तार्दा होस् या फलामको 'फेरी' नदीले बगाउँदाको समय होस्, कष्टकर दिनका साक्षी छन् सर्वसाधारण । हिउँदमा अस्थायी बेलिबि्रजको स्वाद पनि उनीहरूले चाखेका छन् । गत वर्ष निर्माण सम्पन्न हुने बेलामा बे लिबि्रज भाँचिएर खस्यो ।

पुलको बीचमा रहेको वेल सिलिङ गाड्ने ठाउँमा चट्टान भेटिएकाले एउटै खम्बा गाड्न १० वर्ष लाग्यो । तर, खम्बाको काम सकिएपछि स्टिल ट्रस जोड्न थालियो । काम सम्पन्न हुन १५ दिन बाँकी हुँदा पुल चैत ०७० मा हावाहुरीले लडायो  ।

यस्तै बाधा र अवरोधबीच ७ पुसमा पुलको विधिवत् उद्घाटन भयो । एउटा पुल बनाउन यत्ति लामो समय लागेको यो नेपालकै दोस्रो उदाहरण हो । यसअघि नै ठेक्का लागेको पश्चिम भेरी नदीमा भने अझै पुल बनेको छैन ।

प्रकाशित: पुस १३, २०७१