चम्किएका चन्द

चम्किएका चन्द

- राजेन्द्र नाथ

पेसाले कर्मचारी तर बैतडीको खेलकुद र त्यसमा पनि क्रिकेट वृत्तमा आफ्नै नाम र गजबको सान छ, विनोद चन्दको। केन्द्रमा नेपाल क्रिकेट संघ -क्यान)मा समानान्तर गतिविधि भइरहेको संक्रमणकालीन अवस्थामा दशरथचन्द-५, बस्को टका चन्द बैतडीको मात्र नभएर क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर ६ को अगुवाइ नै गररिहेका छन्। "प्रतियोगिताहरू नियमित रूपमा आयोजना भइरहेका छन्," उनी भन्छन्, "केन्द्रमा जस्तोसुकै ध्रुवीकरण भए पनि क्षेत्र र जिल्लामा  त्यसको प्रभाव पर्न दिएका छैनौँ।"

दशरथचन्द नगरपालिकाका खरदिार भन्दा क्रिकेट अगुवाका रूपमा उनको परचिय विस्तारति भएको हो। दुई दशकदेखि अनवरत रूपमा क्रिकेटको विकास र विस्तारमा लागेका चन्द अगाध लगावकै कारण उनी सरकारी कर्मचारीको  दायराभन्दा माथि पुगेका हुन्।

राज्यले खेलकुदलाई अनुत्पादक क्षेत्र भन्दै लगानी गर्न कन्जुस्याइँ गररिहेको अवस्थामा उनी भने क्रिकेटमा व्यक्तिगत लगानी गर्न जहिल्यै कस्सिने गरेका छन्। "क्रिकेटमा समर्पित सिनियरहरूलाई साथ दिँदादिँदै यहासम्म पुगँे," विगत  तीन-चार महिनादेखि क्षेत्र नम्बर ६ को अगुवाइ गररिहेका कार्यवाहक अध्यक्ष चन्दले भने, "अहिले क्रिकेटबाहेक जीवनमा अरू केही छैन जस्तो लाग्छ। राती सुत्दा पनि क्रिकेटकै सपना देख्ने भएको छु।"

बैतडीमा ०५२ सालदेखि क्रिकेट खेल्न थालिएको हो। सुरुआतमा सहिद दशरथचन्द स्मृति प्रतिष्ठानले विभिन्न प्रतियोगितामार्फत क्रिकेट क्रेज बढाउन ठूलो मद्दत गर्‍यो। त्यसपछि ०५५ सालमा संस्थागत रूपमा जिल्ला क्रिकेट संघ गठन  गरेर आधिकारकि प्रतियोगिता हुन थालेपछि बैतडी राष्ट्रिय परदिृश्यमा देखापरेको हो।

०५५ मा बैतडी जिल्ला क्रिकेट संघ स्थापना गर्दा यसका अध्यक्ष चतुरबहादुर चन्द थिए। पछि उनी केन्द्रीय उपाध्यक्षसम्म बने। त्यही पहिलो कार्यसमितिमा सचिव रहेका विनोद त्यसपछि निरन्तर संघको नेतृत्व तहमा काम गर्दै आएका छन ्। क्रिकेट संघले सुदूरपश्चिममै पहिलोपटक बैतडीलाई ०५६ सालमा आधिकारकि रूपमा शाखाको मान्यता दिएको थियो। त्यति बेलासम्म क्षेत्र ६ बनिसकेको थिएन। क्षेत्र ५ नेपालगन्ज अन्तर्गत थियो, बैतडी। उनी क्षेत्रीय सदस्य भए।

दशरथ चन्द युवा क्लबमार्फत सुरुमा व्यक्तिगत रूपमै प्रतिव्यक्ति १०/१५ रुपियाँ उठाएर प्रतियोगिता सञ्चालन गरेको चन्द सम्झन्छन्। "त्यतिबेला स्थानीय निकायले पनि सहयोग गर्थेनन्। क्षेत्र नम्बर ५ अन्तर्गत भएकाले संघले पनि  लगानीमा कन्जुस्याइँ गथ्र्यो," उनी विगततिर फर्किए, "तर, ०६१ सालमा क्षेत्र नं ६ को मान्यता पाएपछि यसले गति लियो। बैतडीमा कार्यालय रहेपछि अपेक्षित रूपमा प्रतियोगिता हुन थाले। राष्ट्रिय प्रतियोगितामा पनि सफलता हात पार्न  थालेपछि सबैको नजर यता तानियो।"

ज्ािल्ला संघमा ३६ वटा क्रिकेट क्लब आबद्ध छन्। "मैले कतिसम्म भने आफ्नो तलब पनि क्रिकेटमा सकेर तरकारी उधारो खानुपर्ने अवस्थासमेत आयो," चन्द भन्छन्। दामभन्दा बढी नाम कमाएका चन्द अहिले पनि फुर्सद पाउनासाथ  सुन्दरखालीस्थित मैदान पुग्छन्। जहाँ उनको जस्तै निःस्वार्थ भएर साना-साना खेलाडीलाई क्रिकेट सिकाइरहेका हुन्छन्, दीपेन्द्र चन्द र राजेन्द्र चन्दलगायतका युवा।

"साना भाइबहिनीको क्रेज देख्दा मलाई भित्रैबाट उत्प्रेरणा जाग्छ," चन्दले कुराकानी टंुग्याउने शैलीमा भने, "क्रिकेटमा लागेर जीवनमा पाउनुभन्दा धेरै गुमाए पनि मैदानमा भोलिका राष्ट्रिय धरोहरलाई देख्दा सन्तुष्टि मिल्छ।"

प्रकाशित: पुस ६, २०७१