प्रेम मुर्दावाद

प्रेम मुर्दावाद

- राजेन्द्र पराजुली

प्रेममा किन यति धेरै डर ! यो डर किन यतिबिघ्न निडर भएको होला? प्रेम र डरको महायुद्धमा सधैँ डरको जित भएको देखेर म छक्क पर्छु। युद्धमा हार्ने डर अनि मर्ने डर ! मरे त सब थोक सकिहाल्यो। न इतिहास लेख्ने चिन्ता न बाँच्नकै लागि गर्नुपर्ने लडाइँको  पीर ! हार्दा केही समयको पीडा र छटपटी मात्रै। तर, प्रेमको डर कैयौँ गुना बलियो हुँदो रहेछ। पारविारकि डर, सामाजिक डर, राजनीतिक डर, साथीभाइ रसिाउने डर अनि अनिश्चित भविष्यको डर ! अधिकांश प्रेमविवाह असफल हुनुको प्रमुख कारण पनि डर नै त  हो। प्रेमविवाह गरेका जोडाजोडीलाई समेत आफ्ना छोराछोरीले प्रेम गर्लान् भन्ने डर ! कतिथरी डर हुन् प्रेमका अघिल्तिर ! झ्याउलो प्रेम !

राजनीतिमा मलाई कहिल्यै डर लागेन। सुरक्षाकर्मीले पहिलोपटक समाएर हत्कडी लगाउँदा पनि डर लागेन। जेलको कालो र ओसिलो कोठामा एक्लै बस्दा पनि डर मेरो अघिल्तिर झुल्किएन। तर, यो प्रेममा किन यति धेरै डर !

मैले आफ्नै हातले त्यो प्रतिकूल अवस्थामा सबैभन्दा कडा नारा सार्वजनिक पुलमा लेखेको हुँ। ०४६ सालको परविर्तनअघि सार्वजनिक स्थानमा त्यस्तो नारा लेख्नु चानचुने कुरा थिएन। २४ वर्षको लक्का जवान थिएँ, म त्यस बेला। ०४५ सालको पहिलो महिनाको  एक साँझ, अरनिको राजमार्गको वाग्मती पुलको दाहिनेपट्ट ि'राजतन्त्र ः मुर्दावाद' लेखेको थिएँ मैले। पुलको अर्को भित्तोमा चाहिँ मेरो एकदमै नजिककी एक सहपाठी, सहकर्मीले 'अनेरास्ववियु ः जिन्दावाद' लेखेकी थिइन्। हामी एउटै विचारको नदीमा हेलिएका थियौँ।  म उनलाई औधी मन पराउँथेँ। नारा लेखिरहेका उनका कलिला हात पहिलोपटक नियालेर केही बेर हेरेको थिएँ मैले। हाम्रो दूरी निकै कम थियो। त्यो दूरीलाई अझ छोट्टयाउँदै म उनीसँग दूरीहीन जीवन जिउन चाहन्थेँ।

त्यस दिन उनी नारा लेख्नासाथ अचानक बेपत्ता भएकी थिइन्। मलाई भने प्रहरीले समातेको थियो। मैले नारा लेखिसिध्याएर रातो ढुंगा तल खोलामा मिल्काइदिएको थिएँ। छप्ल्याङ्ङ आवाजले एकैछिन वाग्मतीको कञ्चन पानीमा तरंग उठाइदिएको थियो। अलिकति  पानी रातो भएको थियो। तर, त्यो रातो निमेषमै बिलाएको थियो। त्यो तरंगले पानीमा देखिइरहेको मेरो छायाँ मेटाइदिएको थियो। संगीतमय तरंगले मानसपटलमा हमला गर्दै रहँदा प्रहरीले मेरो हात च्याप्पै समातेको थियो। मेरो ध्यान बेस्सरी समातिएको आफ्नो  हाततर्फभन्दा पनि नारा लेख्न सँगै खटिएकी साथी कता गइछन् भन्नेतिर केन्दि्रत हुन पुगेको थियो।

अचानक पुलमाथिको सडकमा एउटा मोटरसाइकल रोकियो। त्यो सवारीसाधनमा कुनै एक नारी चढेको देखियो। बेस्सरी हुँइकियो त्यो। ती नारी को थिइन्, मैले राम्ररी खुट्टयाउन सकिनँ। कतै मेरै साथी त थिइनन् ती? एक प्रकारको डर थियो त्यो, मभित्र उत्पन्न  भएको। मलाई पछाडि र्फकन बन्देज थियो। प्रहरीले 'टाउको नचला' भनेर मेरो टाउकोमा मुड्कीले हान्दै आदेश दिइसकेको थियो। त्यसैले मैले मोटरसाइकलमा बस्ने नारीको हुलिया राम्ररी देख्न सकिनँ। 'जोसुकै होस्, मलाई के फरक पर्छ र !' एक मन यसो भन्दै  थियो। तर, अर्को मन 'कतै उनै त होइनन्?' भन्दै थियो।

त्यो नारा लेखुन्जेल मभित्र आक्रोश मात्रै थियो। मन र शरीरमा जोस र क्रान्तिकारी भावनाबाहेक अर्थोक केही थिएन। टोल-गाउँका सामन्तीहरू मसँग थर्कमान थिए। जसको धेरै जग्गाजमिन, ठूलो घर, सुदृढ आर्थिक अवस्था थियो तिनैलाई म सामन्ती मान्थेँ। मलाई  तिनै हुन् 'समाजका उडुस' भनी सिकाएका थिए, मेरा सैद्धान्तिक गुरुहरूले। चम्किलो जुत्ताका साथ बास्नादार भएर हिँड्नेसँग मलाई 'एलर्जी' थियो। त्यस्ता मान्छे समाजविरोधी-जनविरोधी लाग्थ्यो मलाई। समाज परविर्तन गर्न भनी हिँडेको थिएँ म। गरबिलाई धनी  बनाउने मेरो एउटै उद्देश्य। महिनौँसम्म एउटै कपडा, जुत्ता र मोजा लगाएर हिँड्थेँ म। नयाँ लुगा किन्नुपर्दा धेरैपटक सोच्थेँ। फाटेर लगाउनै नहुने भएपछि मात्रै नयाँ किन्थेँ। मेरो परविार, आफन्त र नातागोताका नजरमा म 'फोहरी' थिएँ। तर, म आफूलाई सुग्घर  विचारको मान्छे मान्थेँ। राम्रो लाउने र मीठो खाने दिन आउन अझै कुर्नुपर्ने लाग्थ्यो मलाई। त्यसका निम्ति एउटा क्रान्ति सफल हुनुपर्छ भन्ने मेरो ठहर थियो। मेरा राजनीतिक गुरुहरू यसै भन्थे।

राजतन्त्रविरुद्ध नारा लेखेर पुलबाट तल झर्दै थिएँ, त्यही बेला प्रहरीले समातिहालेको थियो मलाई। मेरो हातमा रातो ढुंगाको दाग थियो। सोही ढुंगाले सेतो रंग लगाइएको त्यो पुलको भित्तोमा मैले नारा लेखेको थिएँ। मलाई तीन जना प्रहरीले रंगेहात पक्रिएका थिए।

६ महिनाको जेलजीवनपछि म मुक्त भएको थिएँ। कसले? किन? कुन सर्तमा जेलबाट छुटायो? मलाई थाहा छैन। त्यस बेलाको कानुन अनुसार मैले गरेको अपराध अक्षम्य थियो। राजद्रोहको कसुरमा ज्यानै जाने सम्भावना हुन्थ्यो। मर्ने गरी कुट्थ्यो प्रहरीले। त्यसो  नभए पनि ६ महिनामै छुट्ने कुरो त असम्भवजस्तै थियो। तर, म छुटेँ ! छुटिसकेपछि छुट्नुका कारणपछिल्तिर लाग्नु मलाई उचित लागेन। छुटेँ, राम्रै भयो। शरीर थलथिलो भएको थियो, प्रहरीको कुटाइले। जता छुँदा पनि घाउ दुखेजसरी दुख्थ्यो। त्यसैले पनि अब त  यो जेलबाट निस्कन पाए पनि हुन्थ्यो भन्नेचाहिँ लाग्थ्यो। तर, डरचाहिँ होइन।

एक दिन एक जना आफन्त मलाई जेलमा भेट्न आएका थिए। 'मैले राजाको नुन खाएको छु' बारम्बार उनी भनिरहन्थे, यो वाक्य। तर, उनीसँग पनि मैले आफूलाई जेलबाट छुटाइदिन कुनै अनुरोध गरेको थिइनँ। उनी मलाई भेट्न आउँदा हामीबीच कुनै दोहोरो स ंवादसमेत भएको थिएन। 'निकै दुब्लाएछौ नि तिमी ! राजाविरुद्ध नारा लेख्ने तिमीलाई पाप लाग्यो बाबु !' उनले यति मात्रै भनेका थिए। म चुपचाप थिएँ। उनको अनुहारमा एकपटक पुलुक्क हेरेको थिएँ। उनको अनुहारमा मप्रति दयाभाव झल्केको थियो।

ती मान्छेबाहेक मलाई जेलमा भेट्न कोही आएनन्। मैले कलेजमा पढाइलाई वास्ता नगरी राजनीति गरेकामा मेरो परविार मसँग बिलकुल खुसी थिएन। आफन्त, नातागोता मलाई देख्दा पनि तर्केर हिँड्थे। परविारबाट त कलेज फी दिन पनि बन्द भएको थियो।  मसँगै पुलमा नारा लेख्ने ती साथी पनि आइनन् भेट्न। यसमा चाहिँ मलाई अचम्म लागेको थियो। किन आइनन् उनी मलाई भेट्न? पुलिसले थाहा पाएर समात्ला भनेर नआएकी पनि हुन सक्छ ! मलाई उनीप्रति विश्वास थियो। उनीप्रतिको मेरो अप्रकट आकर्षणले  त्यो विश्वासलाई चुलाइदिएको थियो।

हामीले नारा लेखिरहँदा एकअर्कालाई केहीपटक हेरेका भने थियौँ। मलाई नारा लेख्ने काममा सफलता पाएपछि युद्ध जितेको महसुस भएको थियो। थाहा छैन, उनको मनमा के चलिरहेको थियो ! त्यस बेला उनको अनुहारमा मैले 'प्रेम' देखेको थिएँ। तर, त्यो प्रकट  भने हुन सकेको थिएन। अव्यक्त प्रेम ! हामीलाई प्रेम गर्ने अधिकार थिएन। उनी मेरो अक्षरको प्रशंसक थिइन्। 'छापाजस्तो कलात्मक अक्षर छ तपाईंको,' उनले धेरैपटक यसो भनेकी थिइन्।

केही दिनको आरामपछि पुनः कलेज जान थालेँ। त्यसबीचमा विद्यार्थी युनियनको चुनाव भइसकेछ। पुलमा 'अनेरास्ववियु: जिन्दावाद' लेख्ने साथी युनियन उपसभापति भएकी रहिछन्। अघिल्ला कतिपय चुनावमा नेपाल विद्यार्थी संघले जितेको थियो, हाम्रो कलेजमा।  तर, यसपटक भने मेरो समर्थन रहेको युनियनले नै सबै सिटमा सानदार ढंगमा चुनाव जितेको रहेछ। र, सभापति बनेछ, एउटा शंकास्पद व्यक्ति। उसलाई हामी 'सीआईडी' भन्थ्यौँ। त्यो व्यक्ति मेरै ब्याचको थियो। हाम्रो सेक्सन पनि एउटै थियो। तर, उसका हरेक  क्रियाकलाप शंकास्पद लाग्थ्यो, मलाई। उसका व्यवहार अनेरास्ववियुमा अट्ने खालका थिएनन्।

कलेजको भित्तेपत्रिकामा एकपटक उसको कविता छापिएको थियो। त्यो कविता कुनै पनि कोणबाट प्रगतिशील थिएन। त्यो यौन कविता थियो। कवितामा नारीको ओठ, नितम्ब, स्तनको बयान गरएिको थियो। ओठलाई रसिलो तथा नितम्ब र स्तनलाई गठिलो विशेषण  दिएको थियो उसले। 'यस्तो पनि साहित्य? मानसिक रोगी हो त्यो' मैले त्यो कविता पढेर साथीहरूमाझ प्रतिक्रिया दिएको थिएँ। त्यस्तो कविता लेख्ने मान्छे कसरी अनेरास्ववियुमा अटाउन सक्छ? कसले हुल्यो त्यसलाई? मभित्र प्रश्न उठेको थियो।

अब त ऊ अटाउने मात्र होइन, युनियन सभापति नै भइसकेको थियो। ऊ मोटरसाइकल लिएर कलेज आउँथ्यो। मोटरसाइकल पनि चानचुने हो र ! होन्डा, ओरििजनल जापानी। अचेल उसको मोटरसाइकलमा पछाडि बसेर उपसभापति हिँड्न थालिछन्। मेरो मन  चसक्क घोच्यो, पहिलोपटक ती दुईलाई एउटै मोटरसाइकलमा देखेर ! पुलमा नारा लेख्ने बेलामा मोटरसाइकलमा हँुइकिने पनि कतै उनै त थिइनन्? मेरो मन उद्वेलित भयो।

जेलबाट छुटेर पहिलो दिन कलेज जाने क्रममा आफूले नारा लेखेको सोही पुलको भित्तोमा आँखा पुर्‍याएँ। तर, त्यहाँ मैले लेखेको नारा थिएन। त्यसलाई कालो रंग लगाएर मेटिएको थियो। तर, उपसभापति भएकी साथीले लेखेको नारा भने ताजाजस्तै थियो। प्रहरीका  निम्ति त्यो नारा हानिकारक थिएन सायद। त्यसैले त्यो जीवितै थियो।

कत्ति छिटो बगेको यो समय ! मलाई जहिले पनि सबैभन्दा दु्रत गतिमा बहने वस्तु भनेको समय हो भन्ने लाग्छ। दुई दशक त्यत्तिकै बितेको भान भएको छ मलाई। अहिले म कुनै पनि दलको राजनीतिमा छैन। म एकल छु। र, जीवनको मज्जा लिइरहेछु। मलाई  राजनीति र विवाह उस्तै उस्तै लाग्छ। लामो अन्तरालपछि मलाई सोही पुलमा अर्को नारा लेख्न मन लाग्यो।

जसरी वाग्मतीमा अहिले पानी बग्दैन, मानव मलमूत्र बग्छ। उसै गरी अहिले देशमा राजतन्त्र छैन। त्यो मृततन्त्रका बारेमा नारा लेख्नुको के अर्थ? संघीयता ः मुर्दावाद, गणतन्त्र ः मुर्दावाद, लोकतन्त्र ः मुर्दावाद, संसदीय व्यवस्था ः मुर्दावाद, कांग्रेस ः मुर्दावाद, एमाले  मुर्दावाद, माओवादी ः मुर्दावाद आदि जेसुकै लेखे पनि अहिले मलाई कसैले समात्दैन।

अब भित्तोमा लेखिएका नाराहरू असरहीन भएका छन्। मृत भएका छन्, त्यस्ता नारा। विशेष गरी राजनीतिक नाराले कसैलाई छुँदैन। त्यसैले मैले सोही पुलको एक कुनामा लेखिदिएँ, 'प्रेम: मुर्दावाद।' प्रेम: मुर्दावाद लेख्दा मेरा अक्षर झनै सुन्दर देखिएका थिए।

उक्त नारा लेखेपछि छेउमा उभिएर मैले एक घन्टाजति हेरेँ। बाटो हिँड्ने अधिकांशले त्यो नारा पढे। र, भिन्नभिन्न प्रकारले प्रतिक्रिया जताए। एक जना महिला भने त्यो भित्तोतिर हेरेर खित्का छाडेर हाँसिन् ! मलाई आफू सफल भएको अनुभूति भयो। मन निकै प्र फुल्लित भयो। मलाई उडूँ उडूँ लाग्यो, नाचँू नाचूँ लाग्यो।

'मान्छेका सुखमा धेरैथरी ताल्चा लागेका हुँदा रहेछन्। परचक्री मात्र होइन, सहकर्मी तथा सहपाठीहरू र आफ्ना भनिएका-ठानिएकाहरू नै पनि त्यो ताल्चा नखुलोस् भन्ने चाहँदा रहेछन्। त्यसैले सुखको ताल्चाको साँचो आफूसँगै राख्नुपर्ने रहेछ।' उमेरको नदी धेरै  पर पुगिसकेपछि मैले बुझेको जीवनको अर्थ यही हो। पुलमा 'प्रेम ः मुर्दावाद' लेख्दा मेरो अन्तरमनमा आनन्दको सञ्चार भएको थियो। सुखको एउटा ताल्चा खुलेको महसुस भएको थियो ।

 

प्रकाशित: मंसिर १४, २०७१