एक मुस्लो धूवाँ

एक मुस्लो धूवाँ

- अनुपम रोशी

म बेहोस हुन चाहन्छु, यो संसारकि तृष्णाबाट।

म मुक्त हुन खोज्छु, यो भावनाको संसारबाट।

आखिर रक्सीले कतिन्जेल विस्मृत हुन सकिन्छ? केही क्षणको तन्द्रा मात्र, मैले चाहेको बेहोसी क्षणभरमै टुट्छ। क्षणमै सोचाइका तन्तुहरू सक्रिय हुन्छन्।

र, पुनःजीवनको सुख एउटा मृगतृष्णा बन्छ। बाँकी सबै दुःखको साम्राज्य।

आखिर के हो मैले चाहेको बेहोसी? अनि, के हो मभित्रको पीडा? म छटपटाउँछु। कहिले प्रसूतिगृह पुग्छु त कहिले आर्यघाट। तर, वास्तविक जीवनको सत्य न जन्मिँदा थाहा हुन्छ न मर्दा !

फेर िपनि क्षणभरको खुसीलाई मैले किन जीवन ठानँे? मेरो जिन्दगी अरूले भोगिदिने पनि त होइन। न मभित्रको अप्ठ्यारो अरूले बाँचिदिने हो। फेर िकिन भ्रम हुन्छ जिन्दगी? किन अपेक्षा बढ्छ मनमा? मैले जति धेरै सुखको अनुभूति गर्न खोजेँ, उति गहिरो दुःख  जीवनको साथी बनिदियो। र, मन दुःखको भित्ताजस्तो भएर चुपचाप बसिदियो।

साँच्चै प्रेमको परभिाषा दुःखको संसारभन्दा बेग्लै दुनियाँ होइन रहेछ। अचेल मलाई आफैँले गरेको प्रेम, शत्रुको अनुहारजस्तो लाग्छ। दुस्मनले ताकेको बन्दुकजस्तो क्रूर भएर आफ्नै मुटु थरथराइरहन्छ।

मेरो प्रेमी, मेरा आफन्त र छरछिमेकीहरू, सबै मेरो सुखका सहभागी पात्र रहेछन्। दुःखको सहभागी पात्र त म आफू मात्रै रहेछु।

मेरो प्रेमीले मसँग प्रेम गरेको निहुँमा सधैँ मेरो भोग गर्‍यो। मेरा आफन्तहरूले मलाई माया गरेको बहानामा सधैँ मेरो भावुकता भोग गरे। यतिबेला म सोचिरहेछु, जीवनमा प्रेमको सिलसिला कहाँबाट सुरु भयो? र, कसरी बस्यो यो भावनाको संसार? देखिने  सम्बन्धको नदेखिने पीडा बोकेर किन हिडिँरहेछन् मानिस?

प्रकृति, पुरुष, यौन र जिन्दगी, के हो वास्तविक सत्य? किन मानिसहरू प्रेम गर्न बाध्य हुन्छन्? या, फेर िप्रेमको बहानामा यौनकै उत्तेजना मेट्छन्। सधैँ विवादमा पर्छन् सवालहरू। र, अन्योलग्रस्त हुन्छ मस्तिष्क।

जुन चीजलाई मैले सुखको संसार भनेर पछ्याएकी थिएँ। त्यही दुःखको गहिरो खाडल भएको छ। उम्किनै नसक्ने गरी जेलिएको यो सम्बन्धको आकाश फैलिन्छ, फैलिन्छ र साँघुरन्िछ एकाएक।

मानिसहरू भन्छन्, त्यो सामाजिक प्रेम हो। तर, मेरो अनुभूतिमा, प्रेमभन्दा ठूलो त्यो पीडाको नशा हो। सँगै जोडिएर आउने सुख-दुःखजस्तो, त्यही पीडा फेर िप्रेमको नशा।

अँध्यारो व्याप्त छ। र, सुनसान छ चारैतिर। यतिबेला मेरो अगाडि बलिरहेका पाँचवटा चिता छन्। चितामा मानिसहरू सुतेका छन् या फगत चिता। मलाई जान्ने मन हुँदैन। म हेररिहेछु, बलिरहेको आगो र उडिरहेको धूवाँ। मलाई मेरो जीवनको तथाकथित दुःख  त्यही धूवाँमा उडेर गएजस्तो लाग्छ। मेरो अनुभूतिको आकाश त्यही आगोमा बलेर खरानी हुँदै छ जस्तो देखिन्छ।

कुनै पुस्तकमा रुसोले भनेका छन्, 'मानिस स्वतन्त्र जन्मन्छ र परतन्त्र भएर मर्छ।' तर, मलाई लाग्छ, मानिस परतन्त्र नै जन्मिन्छ र परतन्त्र नै मर्छ। किनभने, अनुभव स्वतन्त्र भएको मलाई थाहा छैन। स्वतन्त्रतामा अनुभूतिको कुनै आकार भेटिँदैन। अनुभव सधँै  परतन्त्र हुन्छ। र, मन त्यही अनुभूतिले ढाकिँदै जाने आकाश हो। जहाँ सुखका थोरै र दुःखका धेरै अभिव्यञ्जना लुकेर बस्छन्।

धूवाँ उडिरहेको छ। र, धूवाँले छोपिँदै गएको छ आकाश। ममाथिको आकाश र मेरो मनको आकाशमा कुनै भिन्नता छ भने त्यो यही मनको भिन्नता हो। र, अर्को भिन्नता अनुभूतिको।

म घाटतिर हेर्छु। लाग्छ, यो मध्यरातमा बलिरहेको मान्छेले, जीवनको दुःखलाई यहीँनेर छाडेर गएको छ। र, त्यो दःुख मान्छे पोल्न बसेका ती दुई घाटेले लिएका छन्। किनभने, उनीहरूको आँखामा अरू थुप्रै मानवदेहलाई खरानी बनाउनुपर्ने बाध्यता छ। ती चिताका  खरानीसँग उनीहरूका थुप्रै कलिला सन्तानका पेट जोडिएका छन्। भविष्य र सपना सजिएका छन्। यो मध्यरातमा स्खलित भएर दुनियाँ सुतेको हुनुपर्छ। तर, आर्यघाट कहिल्यै निदाउँदैन। पृथ्वीकै विशिष्ट प्रजातिको धूवाँ उडाउँदै रातदिन बलिरहन्छ। बलिरहन्छ...।

लस्करै चिताहरू बलिरहेका छन्। मलामी छैनन्। मात्रै लास पोल्न खटिएका घाटे छन्। उनीहरूले मानवदेहलाई दसैँमा काटिएको खसी-बोकाजस्तो फर्काई-फर्काई जलाइरहेका छन्। उनीहरूको आँखामा कुनै त्रास छैन, न मानवदेह खरानी बनाउनुको दुःख छ। छ त  केवल छिटोभन्दा छिटो लास खरानी बनाउने हतारो।

उनीहरूले फर्काउँदै गर्दा गोलीगाँठासम्म डढेको मानिसको पहेँलो पैताला मेरो दृष्टिमा ठोकिन्छ। म मुर्दा शरीर र जलिरहेको काठको भेद छुट्याउन खोज्छु।

फगत प्रयास, काठको मुढो र मानवदेहमा कुनै भिन्नता भेटिँदैन। दुवै जलिरहेका छन्। र दुवैको अस्तित्व अब मात्र खरानी हुनु छ।

एकाएक हावा चल्छ। हावाले बटार्दै एक मुस्लो धूवाँ मेरो फोक्सोभित्र हुल्छ। नाकमा ठोक्किएको गन्धले सडकपेटीमा राँगाको सेकुवा पोल्दै गरेको दृश्य सम्झना गराउँछ। ओहो ! मान्छेको शरीर र राँगाको सेकुवा, कुनै भिन्नता नभएको गन्ध।

घाटेलाई लास छिटोभन्दा छिटो खरानी बनाउने हतारो छ। घोचेर, पिटेर, पटकपटक फर्काएर उनीहरू लासको अस्तित्व खरानी बनाउन प्रयत्नरत देखिन्छन्। उनीहरूले फर्काउने क्रममा लासको आधा जलेको खुट्टा मेरो दृष्टिमा ठोकिन्छ। चिताबाहिर परेको त्यो पै ताला देखेर म मर्माहत हुन्छु। केही बेर घोरएिर म त्यो गोलीगाँठासम्म आगो सल्केको पैताला हेररिहन्छु। छेउमा उभिएका ती दुई जीवित मानवले त्यो पैतलालाई लट्ठीले उठाउँछन् र चिताको मध्यभागमा फ्याँकिदिन्छन्। अनि, बल लगाएर त्यो डढेर कक्रक्क परे को मानव शरीरलाई घोच्न थाल्छन्। पुनः डन्डाको सहाराले माथि उठाएर सकेसम्म छिटो जल्नका लागि तयार पारििदन्छन्।

कस्तो विरूपता ! कस्तो निर्दयी मुटु !!

म उनीहरूनजिक जान्छु। उनीहरू मलाई आश्चर्यपूर्वक हेर्छन्।

"किन यस्तो निर्दयी भएर लास पिटेको?" मेरो प्रश्न सुनेर एकछिन दुवै जिल्ल पर्छन्। र, सोध्छन्, "के भो? के भन्नुभएको?"

"किन लासको पैताला चिताभन्दा

बाहिरै देखिएको?"

"कसले यसलाई हाम्रो चिताको साइजभन्दा लामो हुन भन्यो?" मेरो असन्तुष्टिलाई उल्टो उनीहरूले प्रश्न गर्छन्। म स्तब्ध हुन्छु। र सोध्छु, "के मान्छे मर्ने बेलामा पनि चिताको साइज नापेर मर्नु? चिता मान्छेको साइज अनुसार तयार गरन्िछ या मान्छे चिताको  साइज नापेर मर्ने गर्छन्?"

"वाहियात कुरा नगर्नूस !" ऊ झोकिन्छ।

"के वाहियात कुरा ! राँगाको सेकुवाजसरी मानवदेह पोल्न पाइन्छ त?" म पनि रन्किन्छु।

"जसरी पोले पनि पोल्ने नै हो। दागबत्ती दिएपछि मान्छेको शरीर खरानी हुनसँग मात्रै मतलब रहन्छ। त्यसमाथि यी बेवारसिे मुर्दा हुन्।" अर्को घाटेले केही शान्त भएर भन्छ।

"बेवारसिे मुर्दा !"

"हो बेवारसिे मुर्दा ! यो मध्यरातमा हामी तिनै बेवारसिे मुर्दा जलाउँछौँ। जसका कोही आफन्त हँुदैनन्। जसका कोही मलामी हुँदैनन्।"

ओहो ! कस्तो पीडादायी जवाफ।

मलाई आफ्नो एक्लोपनले सताउँछ। लाग्छ, यो बेवारसिे मुर्दा मेरो आफ्नै शरीर हो। चिताबाहिर परेर गोलीगाँठासम्म जलेको त्यो पहेँलो पैताला पनि मेरै हो। मलाई नै उनीहरूले फर्काई-फर्काई घोचिरहेका छन्। र, म एकएक गर्दै जल्दै छु। सोचेर छटपटी हुन्छ।  भित्र कतै एउटा आगो सल्केर जान्छ।

"राँगा पोल्नु र मान्छे पोल्नु एउटै कुरा होइन बैनी। राँगाको शरीर खरानी बनाइँदैन। तर, हामी मानव शरीर खरानी बनाउँछौँ।" वास्तवमै उसको जवाफमा गहिरो दर्शन थियो। वास्तवमै मानवमृत्यु एउटा उपयोगहीन मृत्यु हो। वायुप्रदूषण विकारयुक्त दुर्गन्ध।  उसो त जीवित रहुन्जेल मानिसले आफ्ना लागि भनेर पाईपाई सञ्चित गर्छ।

"तपाईं किन यसरी घाटमा आउनुभएको?" आगोको रापले असिनपसिन भएको घाटे मतिर फर्किन्छ।

"किन, आउनु हुँदैन र?" म सोध्छु।

"हुन्छ। तर, आउँदैनन्। तपाइर्ंलाई डर लाग्दैन?" उसले भन्छ।

"यसरी पिटीपिटी मान्छे पोल्दा त तपाईंहरूलाई डर नलाग्दो रहेछ। मलाई किन डर लाग्नु?"

"जे होस्, केटी मान्छे, यस मध्यरातमा यसरी एक्लै यस ठाउँमा आएको पहिलोपटक देख्दै छौँ।" उनीहरू एकअर्कालाई हेर्छन्।

"यो रातमा केटी मान्छे यसरी चिहानघाटमा बसेको यो पहिलो घटना हो।" एउटाले नजिकै आएर भन्छ। एकछिन उभिन्छ र चितातिरै लाग्छ। म अर्को कुनामा गएर बस्छु। घाटमा उभिएर मलाई केटा र केटीको अन्तरबोधभन्दा पनि जीवनको सत्यसँग परििचत हुन  मन लाग्छ।

पदार्थ, चेतना, शरीर अनि आत्माको मिलन, जीवनबोध र फेर िमृत्यु।

साँच्चै जीवनको सत्यलाई कसरी व्याख्या गर्न सकिन्छ? र, कसरी हुन्छ प्रकृतिमा जीव र जीवनको सुन्दर डिजाइन? सधैँ अतृप्त बाँचेको जीवन, मेरो आँखामा प्रश्न बनेर उभिन्छ।

भनिन्छ, मृत्यु मानिसको स्थूल शरीरबाट, सूक्ष्म शरीर बाहिर निस्कने प्रक्रिया हो। पुरानो जीर्ण शरीरलाई छाडेर नयाँ शरीरमा प्रवेश गर्ने तयारी हो। तर, त्यो जीर्ण शरीरसँग जोडिएका पूर्ण-अपूर्ण सम्बन्धको आकाश कहाँनेर छोडिन्छ? र, कसरी समेटिन्छ फेर िअर्को  यात्रा?

धूवाँ उडिरहेकै छ। घाटेहरू थकित देखिन्छन्। र, चितामा बाँकी छन्, जल्न बाँकी हाडखोरहरू। म निःशब्द हेररिहेछु जीवनको सत्य र प्रेमको गहिरो अन्योल।

जीवनको सुख-दुःख भनेको मानिसको शरीर रहेछ सायद। जसलाई आगोको सिरानीमा राखेर निदाएको दिन नै सारा उत्तरहरू भेटिन्छन्। सम्भवतः त्यही मुस्लो धूवाँमा उड्न थालेपछि तृप्त हुन्छ, मानिसको अतृप्त आत्मा ।

प्रकाशित: मंसिर ७, २०७१