हिमपातमा पर्यटक

हिमपातमा पर्यटक

- प्रदीप बस्याल

मुस्ताङको दामोदर कुण्डमाथि ६ हजार मिटर उचाइको खरीबुङ भन्ज्याङ (पास)लाई गन्तव्य बनाएका ११ जना फ्रान्सेली पदयात्रीको टोली लेक लाग्छ भनेर मानसिक तयारी गर्दै थियो। हिमाली हावापानीसँग अभ्यस्त हुन थोरै थोरै हिँड्दै र आराम गर्दै अघि बढेको टोलीले त्यस्तो समस्या झेल्नुपर्‍यो, जसको तयारी त परै जाओस्  कल्पनासम्म गरएिको थिएन।

२८ असोज दिउँसोबाट अचानक हिउँ पर्दा पर्यटकहरू एकछिन त रमाए तर त्यही रमाइलो नै खतरा बनेर उदायो। उनीहरू त्यस दिन जसोतसो ६ घन्टा हिँडेर ४ हजार ९० मिटर उचाइमा पर्ने याकखर्क पुग्दा पनि भारी हिमपात रो किएन। "पानी र हिउँ एकैसाथ पर्‍यो। त्यसै बेला चिसो हावा पनि यसरी चल्यो कि भरपर्दो पहिरन र रेनकोट लगाउँदा पनि चिसो भित्रैसम्म छिर्‍यो," टोलीको नेतृत्व गरेका गाइड दविन्द्र लामा भन्छन्, "माटोले बनेका घरका छाना पनि  चुहिन थाले।" चस्मा लगाउँदासमेत देखिन छाडेको त्यो हिमपात असामान्य थियो। चिसोमा खेल्ने चौँरीसमेत हिमपात सहन नसकेर भकाभक मरे।

दविन्द्रको टोली याकखर्कमा बास बसेको अर्को दिन बिहान पूरै बाटो हिउँले पुरएिको थियो। उनीहरूले पदयात्रा रद्द गरे। सौर्य ऊर्जाका भरमा चल्ने मोबाइल फोनले समेत काम गर्न छाडेको थियो। उनीहरू त फर्के तर खतरा छ भन्ने थाहा  हुँदाहुँदै गन्तव्यमा अगाडि बढ्ने अरू टोली बिलखबन्दमा परे। थोराङ पासमा दविन्द्रकै सहकर्मी शान्ति लामा र एक नाम नखुलेका नेपाली गाइडको निधनको खबर आयो। हिउँले सेताम्य पहाडमा दुई दिन नौ घन्टा हिँडेर दविन्द्र भने  मुस्ताङको कागबेनी आइपुगेका छन्। अरू भने हिउँमा हिँड्न गाह्रो भएकाले बिस्तारै तल झररिहेका छन्।

थोराङ पास पुग्नुअघिको तेस्रो क्याम्प मनाङबाट फर्केर ज्यान बचाए, टेलिभिजन पत्रकार दिलभूषण पाठकले। भन्छन्, "चार जनाको हाम्रो टोलीमा एक साथी विनय बोहराका बुबाले भारतबाट फोन गरेर समुद्री आँधीको प्रभाव हुन सक्ने  जानकारी मनाङमा छँदै गराउनुभएको थियो। हिमपात सुरु भएपछि हामी तल झरहिाल्यौँ।" मनाङ, थोराङ फेदी पुग्नुअघिको तेस्रो 'जंक्सन' हो। पाठकका अनुसार थुप्रै नेपाली पदयात्री सामान्य पहाड चढेजसरी त्यत्तिको उच्च भेगमा  गइरहेका थिए, जसलाई त्यहाँ हुन सक्ने दुर्घटनाको सामान्य बिपि|mङसमेत थिएन। न बदलिएको मौसमी 'अपडेट', न त उचाइमा यात्रा गर्न चाहिने आधारभूत ज्ञान। सामान्यतः उच्च भेगमा यात्रा गर्दा एक दिनमा पाँच सय मिटर  उचाइभन्दा बढी गन्तव्य तय गर्नु हुँदैन।

भारी हिमपातमा परी ३१ असोजसम्म २९ जनाको मृत्यु भएको छ भने २ सय २० भन्दा बढीको नेपाली सेनाले उद्धार गरेको छ। १२ जना विदेशीको सनाखत भएको छ भने बाँकी नेपाली छन्। "अझै थुप्रै टी हाउस र होटलमा छन्, जो टे लिफोन सम्पर्कको अभावमा छन्," उद्धारमा खटिएका सिमि्रक एयरका क्याप्टेन सिद्धार्थ गुरुङ भन्छन्, "तर, त्यहाँ व्यवस्थित र संगठित रूपले उद्धारको काम भएको छैन, त्यसो हुन सकेको भए यो समस्या यति ठूलो हुने थिएन।"

जलवाष्पयुक्त बादल बंगालको खाडीबाट आएको समुद्री आँधीसँगै नेपालतर्फ प्रवेश गरेको थियो। जसको सूचना पदयात्रीमाझ पुर्‍याउन चासो दिइएन। यसअघि सन् १९९५ मा यस्तै हिमआँधीले सोलुखुम्बुको गोक्यो तालनजिकै १३  जापानी र ११ नेपालीको मृत्यु भएको थियो। त्यस्तै सन् २००५ मा मनाङको काङगुरुमा हिमपहिरोले गर्दा नेपाली र प|mान्सेली गरी १८ जनाको ज्यान गएको थियो। यसले पदयात्रा रुटमा यस्ता आपत्कालीन सूचनाको महत्त्व कति  हुन्छ भन्ने पुनः एकपटक बोध गराएको छ। "धेरै विदेशी थोराङ पासनजिक पुगेपछिको अन्तिम विन्दुबाट त्यत्तिकै नफर्किने भन्दै अगाडि बढे," पत्रकार पाठक भन्छन्, "निकै कहलिएका ट्रेकिङ दलसँग पनि स्याटलाइट फोन र मौसमबारे  जानकारी थिएन।"

भवितव्यको परकिल्पना नगरीकन पदयात्रामा हिँडेका कतिपय पथप्रदर्शक र भरयिा आवश्यक तयारीबिना नै यात्रामा देखिएको पाठक सुनाउँछन्। भन्छन्, "चप्पलकै भरमा यात्रा गररिहेका थुप्रै भरयिा र गाइड विदेशीको दबाबमा अगाडि  बढे। माथि हिमपात र पहिरोको अवस्था अझ विकराल छ भनेर जानकारी दिने र रोक्ने कोही भइदिएन।"

पछिल्लो घटनामा धेरैको ज्यान लिने गरी हिमपात भएको भाग थोराङ पास अन्नपूर्ण सर्किटकै सबैभन्दा उच्च स्थान हो, जसले मनाङ र मुस्ताङ जोड्छ। विश्वकै चर्चित अन्नपूर्ण पदयात्रा मार्ग नेपालकै सबैभन्दा बढी पदयात्री जाने  रुट हो। मनासलु र मुस्ताङ पनि महत्त्वपूर्ण रुट हुन्। पर्यटकीय मौसम भएकाले शरद् ऋतुमा त्यहाँ धेरै चाप हुन्छ। अघिल्लो वर्ष थोराङ पास छिचोलेका वृत्तचित्र निर्माता गोविन्द सिवाकोटी भन्छन्, "तिलिचो आधार शिविरदेखि तालसम्म  यो याममा त्यसै पनि हिउँ पररिहेको हुन्छ। ४ हजार ४ सय ५० मिटरको थोराङ फेदीदेखि ५ हजार ४ सय १६ मिटर उचाइको थोराङ पाससम्म सामान्य मौसममा समेत लेक लाग्छ। यो पार गर्न पाँच घन्टासम्म हिँड्नुपर्छ।" त्यहाँ एक- दुईवटा मात्र टी हाउस छन्। मनाङ कटेपछि सहजै होटल भेटिँदैन। त्यसैले धेरै पर्यटक मनाङ कटेपछि उही दिन थोराङ पास गर्न तम्सिन्छन्।

लगातार हिमपातका कारण थोराङ पास क्षेत्रबाहेक मेरापिक क्षेत्र, धौलागिर िआधार शिविर र लार्केला भन्ज्याङ पनि अति प्रभावित भए। हिमपात बन्द भइसकेपछि पनि हिमपहिरो आएकाले त्यहाँ समस्यामाथि समस्या थपिएको छ। "२९  असोजमा १० वटा शव देखिएकामा अर्को दिन जाँदा ६ वटा मात्र फेला पार्न सकियो," नेपाली सेनाका प्रवक्ता निरञ्जन श्रेष्ठ भन्छन्, "थोराङ नपुग्दै र्फकनेहरूले ज्यान बचाएका छन्, मनाङतिरबाट मुक्तिनाथ जानेहरू भने समस्यामा  परेको देखियो। त्यही क्षेत्रमा ६ वटा शव फेला पारएिको छ।"

याकखर्क र थोराङ फेदीबाट अगाडि बढ्ने पर्यटकको विवरण लिने गरन्िछ। र, यो काम एकैपटक मुक्तिनाथमा मात्र हुन्छ। नेपाली पदयात्रीको विवरण नराखिने भएकाले पनि कति संख्यामा मान्छे हराइरहेका छन् भन्ने अन्योल कायमै छ।  ठूलो हिमपात भएको मनाङको नार र फुमा स्थानीयसमेत घरबाहिर निस्कन सक्ने अवस्थामा छैनन्। चौरी खर्कहरूमा रहेकाको हालत के छ भन्ने अझै स्पष्ट छैन।

प्रकाशित: कार्तिक २, २०७१