आलाकाँचा आमाहरू

  • बालविवाहका कारण उपस्वास्थ्य चौकीमा प्रसूति गराउने आधाजसो किशोरी
आलाकाँचा आमाहरू

- राजेन्द्र नाथ

बाँके, बैजापुर-७ की दीपा विष्ट १५ वर्षको कलिलो उमेरमै आमा बनिन्। राप्तीपारकिो बैजापुर उपस्वास्थ्य चौकीमा 'नर्मल डेलिभरी' भएकी दीपाको शिशुको तौल दुई किलो थियो। त्यस दिन उपस्वास्थ्य चौकीको प्रसूतिगृहमा बच्चा पाउने दीपा एक्ली थिइनन्। लामो प्रसव व्यथापछि 'टिनएज'मै बैजापुर-३ की सीता विक, १८, ले पनि बच्चा जन्माएकी थिइन्। "दुवै किशोरीको स्वास्थ्य अवस्था राम्रो छ," उपस्वास्थ्य चौकीका सिनियर अहेब हीरामणि गुरौ थारूले भने, "तर, सबै यस्ता भाग्यमानी हुँदैनन्। किशोरावस्थामा बच्चा जन्माउँदा आमा र शिशु दुवैको ज्यान गएका उदाहरण पनि छन्।"

दीपा र सीता उदाहरण मात्र हुन्। सुरक्षित सुत्केरी हुन बैजापुर उपस्वास्थ्य चौकी आउनेमध्ये झन्डै ५० प्रतिशत किशोरी छन्। यो दृष्टान्तले गाउँघरमा अहिले पनि प्रजनन स्वास्थ्य र शिक्षाको अभाव टड्कारै खट्किएको देखाउँछ। राप्तीपारकिो दुर्गम बैजापुर मात्र होइन, तुलनात्मक रूपमा शिक्षितहरूको बसोवास रहेको मानिने नगरसँगै जोडिएका गाउँघरको अवस्था पनि उस्तै छ। कोहलपुर-८, झरकट्टीकी बेलमती विक, १७, को काखमा १० महिने छोरा छ। ६ कक्षा पढ्दापढ्दै १५ वर्षको उमेरमा 'प्रेम विवाह' गरेकी बेलमतीले घरमै छोरा जन्माएकी हुन्। "छोरा जन्मिएपछि लाजले स्कुल जान छाडँे," उनले भनिन्, "पढाइ लथालिंग भयो। अब चाहेर पनि जान नसक्ने अवस्थामा पुगेकी छु।"

पछिल्ला दिनमा नगरोन्मुख बस्तीमा 'लभ म्यारजि'को 'क्रेज' छ। दलित र विपन्न समुदायमा भने अभिभावक स्वयंले कलिलो उमेरमै छोराछोरीको विवाह गरििदने भएकाले यसका नकारात्मक पाटा स्पष्ट देखिन थालेका छन्। कलिलो उमेरमा विद्यालय शिक्षा पूरा नगरेरै बिहे गर्दा र बच्चा जन्माउँदा आमा र शिशु दुवैको अकालमा ज्यान जाने खतरा हुँदाहँुदै पनि त्यसप्रति अभिभावकमा सचेतना देखिएको छैन।

"अचेल अभिभावकले कलिलो उमेरमा जबरजस्ती कन्यादान गर्ने होइन कि मन पराएका केटासँग विवाह गर्ने फेसन चलेको छ," बेलमतीको घरछेउकै सरस्वती निमावि, पिपरीका प्रधानाध्यापक जितबहादुर थापाले भने, "स्कुलछेउकै झरकट्टी गाउँमा त्यसरी बिहेबारी गर्ने किशोरीको संख्या कम्तीमा पनि दर्जन छ।"

बेलमतीकै सँगिनी हुन्, सितली विक। उनको नौ महिनाको छोरा छ। १५ वर्षको उमेरमै प्रेमविवाह गरेकी सितली र बेलमती दुवै स्थानीय सरस्वती निमाविमा ५ कक्षा पढ्थे। शिक्षकहरूले कलिलो उमेरमा बिहे गर्नु हुँदैन भनेर सम्झाउँदा पनि केही लागेन। "अहिले पछुतो लागेको छ। छोरा सानो छ। चाहेर पनि स्कुल जान सकिने अवस्था छैन। घर व्यवहारले च्यापेको छ," सितलीले मनका कुरा खोलिन्। जाजरकोट, सल्यानलगायतका ठाउँबाट बसाइँ सरेका दलित समुदायको बसोवास रहेको झरकट्टी गाउँमा यस्ता थुप्रै किशोरी कलिलो उमेरमै आमा बनेका छन्।

बिहेका लागि घरको करकाप केही नभए पनि आफ्नै मर्जीले बिहे गरेको बताउने उनीहरू छोराछोरी जन्मिएपछि 'केटाकेटी' उमेरमै  प्रौढजस्ता लाग्छन्। "स्कुलमा सरहरूले सानो उमेरमा आमा बनेमा स्वास्थ्य अवस्था बिग्रने र मृत्युको जोखिमसमेत बढ्ने भनेर सम्झाउने गरेका थिए," बेलमतीले भनिन्, "तर, थाहा हुँदाहँुदै पनि खै के भयो, भयो! त्यसलाई व्यवहारमा लागू गर्न सकिएन।"

विक परविारकै ममता विक र लक्ष्मी बसेलले पनि त्यसरी नै बिहे गरसिकेका छन्। तर, लक्ष्मीले अहिल्यै छोराछोरी जन्माउने सोच नभएको बताइन्। ८ कक्षा पढ्दै गर्दा बिहे गरेकी उनी अहिले १० कक्षामा उक्लेकी छन्। "थाहा नपाएर बिहे त गरेँ। तर, पढाइलाई निरन्तरता दिनुपर्ने भएकाले अहिल्यै बालबच्चा जन्माउने सोच छैन," उनले भनिन्।

बालबिवाह र चेलीबेटी बेचबिखनको जोखिममा रहेको गाउँमा यी दुवै सामाजिक विकृति र अपराध नियन्त्रण गर्न पटकपटक जनचेतनामूलक नाटक, प्रहसनलगायत कार्यक्रम भएका छन्। सरस्वती निमाविका प्रधानाध्यापक थापाले गुनासो गरे, "यी सबै मेरा छात्रछात्रा हुन्। मैले कैयाँैपटक सम्झाएँ। तर, मानेनन्।"

थापाले जनचेतनाको कमी, गरबिी र अचेल बढ्दै गएको मोबाइल र अश्लील भिडियो हेर्ने चलनले कलिलो उमेरमा बिहे गनर्ेु फेसनजस्तो भइरहेको बताए। "मोबाइल हात-हातमा भए। साना स्कुले पनि अश्लील भिडियो डाउनलोड गरेर कक्षामै हेररिहेका भेटिन्छन्," उनले केही दिनअघि ४ कक्षामा पढ्ने एउटा बालकले त्यसरी भिडियो हेर्दा कारबाहीमा परेको उदाहरण दिँदै भने, "त्यसैले कलिलो उमेरमा पढाइ छाडेर भाग्ने चलन बढेको हो।"

उसो त दुर्गम बैजापुर गाविसका शतप्रतिशत महिला सुरक्षित सुत्केरीका लागि स्थानीय उपस्वास्थ्य चौकीमा आउन थालेका छन्। त्यसबाट उत्साहित स्वास्थ्यकर्मी किशोरी आमाको संख्या बढेपछि भने चिन्तित छन्। "मातृ मृत्युदर नियन्त्रण हुन थाले पनि शिशु मृत्युदर नियन्त्रणमा चुनौती छ," सिनियर अहेब थारू भन्छन्, "यसले सन् ०१५ सम्म प्रतिएक हजारमा शिशु मृत्युदर १७ मा झार्ने सहस्राब्दी लक्ष्यसमेत प्रभावित भइरहेको छ।"

स्वास्थ्यकर्मीले २० वर्ष उमेर नपुगेसम्म बच्चा नजन्माउन सल्लाह दिने गरेका छन्। कम उमेरमा गर्भवती हुँदा आमा र शिशुको ज्यान जाने उच्च जोखिम रहे पनि बाँकेमा २१ प्रतिशत कम उमेरका किशोरी सुत्केरी हुने गरेको जिल्ला जनस्वास्थ्यको तथ्यांकले देखाएको छ।

गाउँघरमा गठन भएका युवा स्वास्थ्य समूह र सामुदायिक छलफल कक्षामा हुने अन्तरक्रियाले पनि स्वास्थ्य सेवाबारे स्थानीयले जानकारी पाएका छन्। तर, समाजमा बढ्दै गएका विकृतिका कारण हुने बालविवाह अपेक्षित रूपमा रोक्न नसक्दा किशोरी आमा बढेको बैजापुर-५ की गीता चौधरीले बताइन्।

गत आर्थिक वर्षमा बाँकेमा ९ हजार ८ सय ८५ महिला सुत्केरी भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये २० वर्षमुनिका २ हजार ८ सय ९३ किशोरी सुत्केरी भएका थिए। सुत्केरी हुने क्रममा १६ जना आमाको मृत्यु भएको थियो। "सानै उमेरमा विवाह गरी गर्भवती हुने घटना धेरै आउँछन्। १४ वर्षका किशोरी पनि गर्भजाँचका लागि आउने गरेका छन्," अहेब थारूले भने, "आधुनिक समयमा सानै उमेरमा प्रेम हुने र बच्चा जन्माउने घटना सामान्य भइसक्यो।"

२० वर्ष नपुगेर सुत्केरी भए बच्चा स्वस्थ नहुने र आमाको ज्यान जाने खतरा हुने स्वास्थ्यकर्मीले बताए। शारीरकि परपिक्वता नभई किशोरीले बच्चा जन्माउँदा कुपोषण हुने, एनिमियाको संक्रमण र पाठेघर खस्नेलगायतका समस्या देखिने गरेको जिल्ला जनस्वास्थ्य प्रमुख जीवन मल्लको अनुभव छ। "समय नपुगेर बच्चा जन्मिन सक्छ। जन्मियो भने पनि कम तौलको र कुपोषित हुन सक्छ। आमाको हर्मोनमा कमी आउने समस्या हुन्छ," उनले भने, "कम उमेरमा बच्चा जन्माउँदा आमा र शिशुको अकालमै ज्यान जानेसम्मका घटना हुन सक्छन्।"

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार कलिलो उमेरमा आमा बन्दा आमा र शिशु दुवैको मृत्युदर बढेको पाइएको छ। जनस्वास्थ्य कार्यालयका प्रमुख मल्ल भन्छन्, "२१ वर्षभन्दा पहिला गर्भधारण गर्ने ४० प्रतिशत आमा र ५० प्रतिशत शिशुको अकालमै ज्यान गएको अध्ययनले देखाएको छ।"

प्रकाशित: भाद्र १५, २०७१