'यसै गरी पढ्दै जा राजेन्द्रे जैसी’

'यसै गरी पढ्दै जा राजेन्द्रे जैसी’

- राजेन्द्र पराजुली

त्यस बेलासम्म मलाई धनी मान्छेले मात्रै जुत्ता लगाउँछन् भन्ने लाग्थ्यो। मेरो बालमस्तिष्कले सत्य कुरा त्यही हो भन्ठानेको थियो। कोटेश्वर, सुन्चोटार वडा नम्बर ३ -हाल कामपा-३५, कोटेश्वर, तीनकुने)का अधिकांश बालबालिकाको खुट्टामा त्यस बेला जुत्ता देख्न  कठिन नै थियो। विशेष गरी १० वर्षमुनिका बालबालिकाका खुट्टा नांगै हुन्थे। त्यसपछि भने बिस्तारै जुत्ता-चप्पल लगाउन सुरु गर्थे।

काठमाडौँ जिल्लाको नगरपालिकासँग टाँसिएको गाउँका बासिन्दासँग जुत्ता-चप्पल किन्ने पैसा हुँदै नभएर नलगाएको चाहिँ होइन भन्ने अहिले आएर मलाई लाग्छ। कोटेश्वर त्यस बेला खाँटी काँठ थियो। अब त यो महानगरपालिका भइसकेको छ। काँठको चरत्रि सर्दै  जाने हुन्छ। सोही चरत्रि अनुरूप कोटेश्वरको काँठ अहिले सर्दैसर्दै निकै टाढा पुगिसकेको छ। त्यतिखेर यहाँका अधिकांश बासिन्दा कृषि तथा पशुपालनमै आश्रति थिए। पढ्नुलाई आवश्यकता होइन, सोखको विषय ठानिन्थ्यो। यति हुँदाहँुदै पनि कोही कोही थिए पढेका  मान्छे, तिनले झुक्किएर पढेछन् भन्ने लाग्थ्यो। काँठलाई जुत्ताको महत्त्व वा यसबाट हुने फाइदाबारे कुनै मतलब थिएन। उतिखेर सायद यहाँका अधिकांश बासिन्दा व्यवस्थित परविार र स्वस्थ जीवनशैलीको परकिल्पना गर्नै सक्दैनथे।

त्यस बेला जुत्ता लगाउने र बोर्डिङ स्कुलमा पढ्ने केटाकेटी देख्दा मलाई ती अर्कै ग्रहका मान्छेजस्तो लाग्थ्यो। एक जना साथी सानैदेखि सेन्टजेभियर्स स्कुलमा पढ्थ्यो। ऊ मसँग मिल्न खोज्थ्यो। उसको घर अलि परै भए पनि हरेक दिन खेल्दै मेरो घरतिर आउँथ्यो।  तर, म भने उसलाई देखेपछि परपर भाग्थँे। एउटा नपुरनिे वर्गीय खाडल थियो, उसको र मेरो बीचमा। सायद त्यही खाडलले हामीलाई मित्रता गर्न दिएको थिएन। सबैभन्दा ठूलो खाडल त मेरै मानसिकतामा बनेको थियो। म आफूलाई निकै सानो, तुच्छ, कमजोर  तथा दीनहीन देख्थेँ। त्यो मनोविज्ञानले मलाई उससित नजिक हुन दिँदैनथ्यो।

बिहान ऊ हामीभन्दा अलि चाँडै विद्यालय जान्थ्यो। हामी घरबाट ९ बजेतिर निस्कन्थ्याँै। विद्यालय जाने बेलामा उसको खुट्टामा छालाको कालो जुत्ता टल्किएको हुन्थ्यो। पुस्तकहरू झोलामा राखिएका हुन्थे। पुस्तकको झोला उसले पछाडि भिरेको हुन्थ्यो। हामी हातमा  सकीनसकी पुस्तक बोक्थ्यौँ। सेतो पुस्तकका बीच भागमा हातको मैलो प्रस्टै देखिन्थ्यो। झोलामा पुस्तक राख्न त हामीले ७-८ कक्षामा पुग्नुपरेको थियो। उसको कपाल राम्ररी मिलाएर कोरएिको हुन्थ्यो। ती साथीको व्यक्तित्व देख्दा मलाई उससँग बोल्न डर लाग्थ्यो।  उसको जुत्ता देख्दा नै म छक्क पर्थें। मलाई टल्कने जुत्ताको मोह त्यही साथीको जुत्ता देखेपछि लागेको हो।

मैले जुत्ता लगाएको ४ कक्षामा पढ्दा मात्रै हो। ०३०/३१ सालतिर म ३ कक्षामा पढ्थेँ। माघको महिना, काठमाडौँको चिसो। अन्तिम परीक्षाको रजिल्टको दिन थियो त्यो। त्यस बेला राजधानीका विद्यालयमा अन्तिम परीक्षा मंसिरमा लिइन्थ्यो र रजिल्ट माघमा आउ ँथ्यो।

विद्यालयको एक तलामाथिको अट्टालिकाबाट हेड सर रामदत्त उपाध्याय रजिल्ट सुनाइरहेका थिए। त्यस बेला गुह्येश्वरी निम्न माध्यमिक विद्यालयमा ७ कक्षासम्म मात्र पढाइ हुन्थ्यो। र, विद्यालय हालको पेप्सीकोला कम्पनीनजिकै थियो। अहिले त्यो विद्यालय उच्च  माध्यमिक बनिसकेको छ। हेडसरले ७ कक्षाबाटै नतिजा सुनाउन आरम्भ गरे। ३ कक्षाको पालो आयो। जति जति आफ्नो कक्षातर्फ रजिल्टको पालो अघि बढ्थ्यो, उति उति मेरो मुटुको धड्कन पनि तेज बन्दै जान्थ्यो।

मभन्दा ठीक दुई वर्ष जेठी दिदी र म एउटै कक्षामा पढ्थ्यौँ। सहपाठी भएकैले हुन सक्छ, म उसलाई बहिनी भन्थेँ, अहिले पनि भन्छु। सुरुदेखि नै हामीबीच प्रथम हुने होडबाजी चलेको थियो। कि त ऊ प्रथम, कि त म। हाम्रो कक्षामा अरूले पहिलो-दोस्रो स्थान लिन  सकिरहेका थिएनन्। मलाई जसरी भए पनि प्रथम हुनु थियो। मेरो प्रतिस्पर्धा सधैँ आफ्नै दिदीसँग हुन्थ्यो।

हेड सरले रजिल्टका निम्ति आफूलाई तयार पारसिकेका थिए। उनले अट्टालिकाबाट ठूलो स्वरमा भने, "३ कक्षामा प्रथम भएको छ...।" उनी नाम घोषणा नगरीकन दायाँ-बायाँ आँखा घुमाइरहेका थिए। सायद उनी पहिलो हुने विद्यार्थी खोजिरहेका थिए। उनका आँखा  निकै ठूला थिए। ती प्रायः राता देखिन्थे। उनले आँखा तरेपछि त हाम्रो सातोपुत्लो उड्थ्यो।

उनी पुनः बोल्न थाले, "प्रथम भएको छ..., खोइ कहाँ गयो त्यो डल्ले, काले, जैसी?" उनले मेरो नाम नभने पनि मलाई नै इंगित गरेको बुझ्न गाह्रो परेन। ३ कक्षामा कम उचाइको, उनले भनेजस्तै कालो वर्णको, जैसी जातको विद्यार्थी म मात्र थिएँ।

"म यहाँ छु हेड सर," मैले ठूलो साहस गरेर भनँे। हेड सरसँग बोल्न सक्नुलाई हामी ठूलो सफलता ठान्थ्यौँ त्यस बेला। तिनताका रामदत्त सरको नाम कडा तथा निरंकुश शिक्षकका रूपमा चौतर्फी चलेको थियो। आफ्नो बच्चाले खानेकुरा खान वा पढ्न मानेन भने  अभिभावकहरू 'रामदत्त सरलाई बोलाइदिन्छु' भन्थे। पढाइमा कमजोर तथा गृहकार्य नगर्ने विद्यार्थीलाई रामदत्त सर निर्मम ढंगले पिट्थे। उनको पिटाइ खाने कतिपय विद्यार्थीलाई त ज्वरो नै आउँथ्यो। उनी विद्यार्थीको भविष्यप्रति औधी चिन्तित हुन्थे। उनलाई विद्याथीर् को तीन पुस्ताको नाम पनि कण्ठै हुन्थ्यो। कसैकसैलाई त उनी 'ए फलानाको नाति, फलानाको छोरा' भनी बोलाउँथे।

"ल यहाँ माथि आइज, डल्ले जैसी," उनले भने। घाँसरहित चौरमा थुचुक्क बसिरहेको म जुरुक्क उठेँ र लागेँ भर्‍याङतिर। चिसो भुइँमा धेरै बेर बसेकाले होला, मेरा गोडा निदाएका थिए। मेरा खाली खुट्टाले भुइँको स्पर्श महसुस गर्न सकिरहेका थिएनन्। तर, त्यसको  मलाई कुनै वास्ता थिएन।

मैले पुलुक्क दिदीतिर हेरेँ। छेवैमा बसेकी ऊ गजक्क परेकी थिई। गजक्क नपरोस् पनि किन ! म उसलाई उछिनेर प्रथम जो भएको थिएँ। उसको भाग खोसेको थिएँ। उसको अनुहार नीलो भएको थियो। २ कक्षामा उसले मलाई जितेर प्रथम भएकी थिई। मैले द्वितीयमै  चित्त बुझाउनुपरेको थियो। ऊ मतिर हेर्दा पनि नहेरी उल्टो दिशातिर फर्की। म फटाफट त्यहाँबाट हेड सर भएतिर लागेँ र उत्साहका साथ काठको भर्‍याङमा पाइला राखेँ।

भर्‍याङ उक्लने क्रममा दुई-तीन खुड्किला मात्रै पार के गरेको थिएँ, मेरो खुट्टामा फलामको कीला रोपियो। कत्रो वा कति इन्चको कीलाले चुम्बन गरेको थियो, मेरो दायाँ खुट्टामा, त्यो मलाई थाहा थिएन। सामान्य चसक्क मात्रै गरेको अनुभूति भएको थियो। हेड सरले  'स्याबास' भनेर मेरो ढाडमा बेस्सरी धाप मारे। त्यो धापको तोडले मलाई खुट्टामा अलि बढी नै दुखेको महसुस भएको थियो। तर, मेरो खुसीको अघिल्तिर त्यो दुखाइको कुनै मूल्य थिएन। हेड सरले 'यसै गरी पढ्दै जा, राजेन्द्रे जैसी, तेरो भविष्य उज्ज्वल छ' भन्दै मे रो हातमा मार्कसिट राखिदिए र पुनः धाप मारे।

जब प्रथम भएको मार्कसिट हातमा लिएर सोही भर्‍याङ हुँदै म फर्किएँ, त्यहाँ आफ्नै गोडाबाट झरेका रगतका डोबहरू देखेपछि मलाई बेस्सरी दुख्न थाल्यो। मैले कीला हेरेँ। कीला निकै ठूलो थियो र भित्रसम्म गाडिएको थियो। मार्कसिट हातमै थियो, गोडा रगतले  लतपतिएको थियो। म कतै नहेरी सीधै मनोहरा खोलातिर लागेँ। खोलामा पुगेर कञ्चन पानीले रगत पखालेँ, अञ्जुलीमा पानी लिएर मज्जाले पिएँ। पानी निकै चिसो थियो। अनि, कीला गाडिएको घाउमा गन्धे झारको झोल हालेँ र फर्किएँ घरतिर।

विद्यालयबाट प्रथम हुनुको खुसी बोकेर हिँडेको म घर पुग्दा अर्को खुसी पनि थपियो। ४ कक्षामा पुगेपछि हामी दिदीभाइले चप्पल पाउनेवाला थियौँ। घरमा मलाई 'स्याबास' भन्दै नयाँ कक्षामा पढ्न विद्यालय जाँदा चप्पल लगाउन पाउने घोषणा भयो। नभन्दै केही  दिनपछि फागुनमा विद्यालय जाने बखत मैले बाक्लो हवाई चप्पल लगाउने अवसर पाएँ।

एकातिर ४ कक्षाको फस्र्ट ब्वाईर् हुनुको आनन्द, अर्कोतिर खुट्टामा नयाँ चप्पल। मेरो खुट्टा भुइँमै थिएन, मन अधीर बनिरहेको थियो। कहिले विद्यालय पुगौँला र साथीहरूका अघिल्तिर दुवै प्रकारका खुसी साटौँला भनेर म बढी नै फुर्किएको थिएँ, चञ्चल बनेको थिएँ।  मेरो कक्षामा ३० जनाजति विद्यार्थी थिए। तीमध्ये पाँच-सात जना मात्रै चप्पल लगाएर विद्यालय आउँथे। ४ कक्षामा पुगेपछि म र मेरी दिदी पनि चप्पल लगाउने विद्यार्थी बन्यौँ। थुप्रै विद्यार्थी त्यतिखेर पनि खाली खुट्टा विद्यालय आउँथे।

विद्यालय जान हामी त्रिभुवन विमानस्थलको पूर्वी किनाराको इँटा छापिएको बाटो प्रयोग गथ्र्यौं। चिनियाँ इँटा छापिएको र केही भिरालो त्यो बाटो चिप्लो हुन्थ्यो। म भुइँमा नहेरी आकाशतिर हेर्दै विद्यालय जाँदै थिएँ। कुन बेला, कसरी त्यो बाटोमा म नराम्ररी चिप्लिएँ  पत्तै भएन। मेरो घुँडा बेस्सरी ठोक्कियो, कमिजको सिलाइ उधि्रयो। शरीरमा चिटचिट पसिना आयो। सबैभन्दा चित्त दुख्दो त अर्को घटना भयो, मेरो नयाँ चप्पल नै छिनेको थियो। पहिलो दिन लगाएको नयाँ चप्पल, अब परेन फसाद। मलाई जसरी भए पनि त्यस दिन  चप्पल लगाएरै विद्यालय जानु थियो।

मैले वरपिर िकतै कीला पाइएला कि भनेर खोज्न थालेँ। चप्पलको फित्ता तलुवापट्टबिाट छिनेको थियो। त्यसमा कीला छिराउन सक्दा त्यो लगाउन मिल्ने बन्थ्यो। यो जुक्ति मैले अग्रजहरूबाट सिकेको थिएँ। केही बेरको प्रयासपछि मैले आफूलाई चाहिएजस्तै कीला पाएँ।  दाँतको सहाराले मैले त्यो कीला चप्पलमा उनेँ र पुनः हवाई चप्पलको 'फट्याक फट्याक' आवाज निकाल्दै विद्यालयतिर वेग हानेँ ।

 

प्रकाशित: भाद्र ८, २०७१