निषेध गर्नुपर्छ, सगरमाथा आरोहण

निषेध गर्नुपर्छ, सगरमाथा आरोहण

- हान्स डायटर सौअर

माउन्ट एभरेस्ट अर्थात् सगरमाथा आधार शिविरबाट चचुरोतर्फ खुम्बु आइसफलमा १६ जना शेर्पाको ज्यान लिएको हिमपहिरोको पछिल्लो विपत्तिसँगै यस वर्षको आरोहण याम अन्त्य भयो। यो प्राकृतिक विपत्तिपछि हिमाली गाइडहरूले आफ्नो काम रोकेनन् मात्र, संसारकै सबैभन्दा खतरनाक ठानिएको आफ्नो पेसाको प्रभाव आकलन गर्न र मान्यता दिन माग गरे।

यो विपद् शेर्पाहरूले अहिलेसम्म सामना गरेको सबैभन्दा ठूलो थियो तर यहाँ भइरहने यस्ता थुप्रै घटनाको शृंखलामै पथ्र्यो यो पनि। आरोहणका तथ्यहरू संकलन गर्ने वेबसाइट द हिमालयन डेटाबेसका अनुसार हिमालय पर्वत शृंखलाका चुचुरोमा मात्रै दुई सयले ज्यान गुमाएका छन्, जसमध्ये एभरेस्टमा मात्रै १ सय ३० जना छन्। यस्तो चुनौतीका बीच पनि शेर्पाहरू विश्वकै सबैभन्दा खतरनाक गैरसैन्य काममा संलग्न छन्। यो कस्तो काम हो भने अत्यन्तै जोखिमपूर्ण मानिने समुद्री गहिराइसम्म पुग्ने मछुवारभन्दा निकै गुणा खतरनाक।

अधिकांश व्यावसायिक आरोहण दलका सदस्यलाई चुचुरोसम्म पुर्‍याउन शेर्पाहरू खतरा मोल्छन्। ती आरोहण कम्पनीले सगरमाथाको आरोहणलाई अरू सामान्य 'टुर' जसरी 'बुक' गर्छन्। र, ग्राहकहरू पनि पहिल्यै तय भएको बाटो अनुसार चुचुरोसम्म पुग्छन्।

यस वर्ष नेपालको संस्कृति, पर्यटन तथा नागरकि उड्डयन मन्त्रालयले ४ सय ४३ सदस्य सम्मिलित ४४ आरोहण दललाई सगरमाथा आरोहणको अनुमति दिएको थियो। त्यत्तिका आरोही चुचुरोसम्म पुग्नका लागि थुप्रै सहयोगी शेर्पा चाहिन्छन्। आरोहणका क्रममा शेर्पाहरू क्याम्प खडा गर्नेदेखि चुचुरोसम्म पुग्ने रुटमा डोरी लगाउने, क्याम्पहरूमा खाना पकाउने/ओसार्ने र साउथ कोलसम्मै अक्सिजनका बोतलहरू पुर्‍याउनेसम्मका काम गर्छन्। उनीहरूको सहयोगबिना अधिकांश आरोहीको चुचुरो चुम्ने सपना सहज हुँदैन।

सगरमाथा आरोहणको सबैभन्दा खतरनाक पाटोचाहिँ आधार शिविरलगत्तै आउने सात सय मिटर अग्लो खुम्बु आइसफल हो। 'आइसफल डक्टर' भनिने शेर्पाहरूले त्यहाँ भर्‍याङ र डोरी राखेर छिट्टै पार गर्न सम्भव तुल्याउँछन्। तर, खतरा भने त्यत्तिकैमा टर्दैन। किनभने, पूर्वचेतावनीबिना त्यहाँ तयार पारएिको 'सेटिङ' भताभुंग हुन सक्छ वा आइसफलको दुवैतर्फ भिरालोबाट हिमपहिरो आउन सक्छ। यस्तो अति नै खतरनाक बाटोसमेत शेर्पाहरूले दिनहुँ ओहोरदोहोर गर्नुपर्छ, पैसा तिरेका ग्राहकलाई हिमाल तयार पारििदनका लागि। त्यसैले सबै समयको खेलको भरमा हुन्छन्, कुनै गम्भीर दुर्घटना नहुँदासम्म।

त्यो त्यस्तै हिमपहिरो थियो, जसले ती शेर्पालाई सदाका लागि खोसेर लग्यो। गएको ५ वैशाखको सबेरै ८० जना शेर्पा खुम्बु आइसफल हुँदै माथि रहेका क्याम्पका लागि सामान ओसाररिहेका थिए। माथिपट्ट िउनीहरू अड्किरहेका थिए किनभने चार सय मिटरमाथिबाट झरेको हिउँको ठूलो ढिस्कोले खोँचमाथि बनाइएको भर्‍याङ नष्ट गरसिकेको थियो। त्यसलाई मर्मत गरेर उनीहरू अगाडि बढेका थिए। धन्य हिमपहिरो आउनुअघि अधिकांश त्यहाँबाट कटिसकेका थिए। त्यसभन्दा केही समयअघि मात्र त्यहाँ हिमपहिरो आएको भए अझ धेरैको ज्यान जान सक्थ्यो।

आइसफलमाथिको बाटो सहज भने छैन। तुषारो र हिमपहिरोले उत्तिकै सताउँछ। नेपाललाई आफ्नो दोस्रो घर मान्ने जेमी म्याकगिनिज -एक आरोहण कम्पनीका मालिक)ले अन्य थुप्रै एजेन्सी, जो नेपालतर्फबाटै सगरमाथाको आरोहण गराउँछन्, का मर्म बुझ्न सक्दैनन्। किनभने, उनको एजेन्सी 'प्रोजेक्ट हिमालय'ले अहिलेसम्म कुनै दुर्घटना सामना गरेको छैन। तिब्बततर्फको रुट निकै सहज हो, जसतर्फबाट म्याकगिनिज थुप्रैपटक आरोहणको नेतृत्व गर्दै सगरमाथाको चुचुरोमा पुगेका छन्।

यदि सगरमाथा एउटै देशमा मात्र हुँदो हो त व्यावसायिक आरोहणका लागि कम खतरनाक उत्तरी मोहडातर्फबाट मात्र केन्दि्रत गर्न सकिने सम्भावना हुन्थ्यो। तर, नेपाल र तिब्बत -चीन)को सीमा सगरमाथामाथि नै पर्न आउँछ। यसकै कारण नेपाल सरकार आफ्ना तर्फबाट आरोहण गर्न प्रतिबन्ध लगाउन चाहन्न। अमेरकिी म्यागेजिन आउटसाइडका वरष्िठ सम्पादक ग्रेइसन स्काफरका विचारमा नेपाललाई किन पनि यो व्यवसायलाई निरन्तरता दिनु आवश्यक छ भने यो पयर्टन उद्योगकै कोसेढुंगा हो। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो आर्थिक वर्षको आधा समयमा नेपालले २३ अर्ब २९ करोड रुपियाँ बाह्य पर्यटकबाट कमाएको थियो, जुन नेपालले लिने विदेशी सहयोग बराबर हुन आउँछ।

त्यसो त सगरमाथामा हुने आरोहणलाई पयर्टन उद्योगकै कोसेढुंगा भन्नुचाहिँ यथार्थभन्दा बढी नै हुन्छ। जम्माजम्मी नेपालले आरोहणबाट पाउने दुई अर्ब रुपियाँ हो, जुन कुल पर्यटनबाट हुने आम्दानीको सानो हिस्सा मात्र हो। सगरमाथा क्षेत्रका लागि भने आरोही पयर्टकहरू महत्त्वपूर्ण छन्। जबकि, गत वर्ष त्यस क्षेत्रमा पुग्ने ३५ हजार पदयात्रीको तुलनामा आरोहीको संख्या थोरै मात्र हो। खुम्बु क्षेत्रमा पदयात्रामा जाने पर्यटकहरूले करबि डेढ अर्ब रुपियाँ खर्चिन्छन्।

चुचुरोसम्म आफ्नो ग्राहकका साथ पुग्ने एउटा शेर्पाले पाँच हजार अमेरकिी डलर -करबि पाँच लाख रुपियाँ)सम्म कमाउँछन्। दर्जनौँपटक यस्तो गरसिकेकाले कमाएको पैसा जम्मा गरेर लज बनाउने र आफ्नो परविारका लागि आर्थिक स्रोत खडा गर्ने गर्छन्, आरोहण 'करअिर'

सकिएपछिका लागि।

शेर्पाभन्दा बढी रकम भने नेपाल सरकारमा पुग्छ। व्यावसायिक आरोहणका निम्ति प्रत्येक व्यक्तिले १० हजार अमेरकिी डलर आरोहण -करबि १० लाख रुपियाँ) अनुमति लिनका लागि सरकारलाई बुझाउनुपर्छ। यसबाट यस वर्ष मन्त्रालयले ४४ लाख अमेरकिी डलर संकलन

गरेको थियो।

यस वर्षको यामको सुरुमै दुर्घटना भएपछि शेर्पाहरूले पीडित परविारका लागि क्षतिपूर्तिसँगै अझ राम्रो तहको बिमाको माग गरे। समयमै शेर्पासम्म पुग्न सकेको भए र उनीहरूको मर्कालाई राम्रोसँग आत्मसात् गर्न सकेको भए मन्त्रालयले त्यस बेला बिगि्रएको अवस्थालाई काबुमा लिन सक्थ्यो। शेर्पा समुदाय त्यतिखेर खिन्न भयो, जब सरकारले निकै न्यून अर्थात् मृतकका परविारलाई ४० हजार रुपियाँ दिने घोषणा गर्‍यो। जतिखेर खुम्जुङका एक गाउँलेले प्रतिक्रिया दिएका थिए, 'यति रकम त यी सरकारी अधिकारीले काठमाडौँमा एक साँझमै सक्छन्।'

मृतकको उच्च संख्याबाहेक सगरमाथाको आरोहण निषेध गर्नुपर्नाका अन्य बलिया तर्क पनि छन्। करबि ४० वर्षदेखि नेपाल सरकारले सगरमाथा आसपासका क्षेत्रलाई सगरमाथा राष्ट्रिय निकुञ्ज घोषणा गरेको छ। व्यावसायिक आरोहण त्यस घोषणाको मर्मसँग मिलिरहेको छैन। जस्तो ः आरोहण यामको उत्कर्षमा आधार शिविरमा एक हजारजति मानिस हुन्छन्। ती सबैका लागि शौचालयको बन्दोबस्त अनिवार्य छ। धेरै वर्षसम्म त्यसरी जम्मा हुने मानिसका मलमूत्र हिमनदीमै विलीन हुन्थे। पछि त्यसका लागि स-साना टहरा बनाएर संकलन भाँडो -बिन)हरू राख्न थालिए। यसलाई तिनै शेर्पा भरयिाले बोक्छन् र तलपट्ट िल्याएर ढुंगा-गिटीका बीचमा गाड्छन्। तर, पाँच हजार मिटर उचाइमा मलमूत्र सहजै कुहिन सम्भव छैन। त्यसैले समयक्रममा त्यहाँ मानव मलको उरुंगो नै हुनेछ।

वातावरण संरक्षणका सवालमा निकुञ्ज प्रशासन हरेक पक्षमा असफल भइसकेको छ। जल संरक्षण र फोहर व्यवस्थापन ज्यादै दयनीय अवस्थामा छन्। नाम्चे बजारकै होटलबाट निस्कने ढललाई पाइपबाट लगेर ट्यांकमा संकलन त गरन्िछ तर त्यो परम्परागत छ र सही ढंगले व्यवस्थापन हुन सकेको छैन। त्यसैले फोहर प्रशोधनपछिको प्रभाव शून्य छ। त्यस भेगमा झन्डै सात साता बिताउँदा मैले कुनै शेर्पा भेटिनँ, जसले निकुञ्ज प्रशासन वा नेपाल सरकारबारे एक शब्द राम्रो उच्चारण गरेको होस्।

सुरुआतमा भने त्यहाँ केही सकारात्मक प्रयास भएका थिए। एडमन्ड हिलारीको पहलका कारण एक शेर्पा मिग्मा नोर्बु निकुञ्ज प्रशासन प्रमुख भए। जब उनी सन् १९८९ मा त्यहाँबाट विश्व वन्यजन्तु कोष -डब्लूडब्लूएफ)मा गए, काठमाडौँबाट आएका अधिकारीको काम गर्ने तरकिा मिलेन र निकुञ्ज प्रशासनको काम कमजोर हुँदै गयो।

नेपाली अधिकारीहरूले एउटा कलम घुमाएकै भरमा सगरमाथा क्षेत्रको समस्या समाधान गर्न सक्छन्। र त्यो हो, सगरमाथाको व्यावसायिक आरोहणमाथि प्रतिबन्ध। तर, यथार्थ के हो भने उनीहरू आरोहणका लागि अनुमति दिइरहन्छन्। यस्तोमा समस्या समाधान गर्ने परविर्तनकारी निर्णय होला भन्ने ठान्नु अपरपिक्वता हुनेछ।

बौद्धमार्गीहरू सगरमाथालाई धर्तीकी देवी अर्थात् 'चोमोलोङ्मा' भनेर पुज्छन्। तसर्थ, उनीहरू देवीलाई कहिल्यै कुल्चँदैनन्। तर, शेर्पा समुदायका सर्वोच्च धर्मगुरु तेङबोचे गुम्बाका प्रमुख रम्िपोछेले सोचेजस्तै हिमालमा व्यापार बढेपछि त्यो पनि हुन थाल्यो। भनिन्छ, ज्यान जोखिममा राखेर शेर्पाहरू हिमाल आरोहणमा जाने गरेकामा रम्िपोछे खुसी छैनन्। जसरी होस्, गत वसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा भएको भयानक दुर्घटनाले सगरमाथा आरोहणको भविष्यका बारेमा गम्भीर बहस छेड्न सक्नुपर्छ।

(जर्मनीका भू-गर्भशास्त्री हान्स डायटर सौअर युरोपेली पत्रपत्रिका र जर्नलमा स्वतन्त्र लेखन पनि गर्छन् ।)

 

प्रकाशित: भाद्र १, २०७१