एक्लो डमरु

एक्लो डमरु

- शिव शर्मा

पोखराको मियापाटननजिकैको बस्तीमा माघको दोस्रो साता बाघको बच्चा देखा पर्‍यो । स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीसँगै वन कार्यालयका रेन्जरहरू पनि डमरु फेला परेको ठाउँमा पुगे । आमाले वासस्थान छाड्ने क्रममा डेढमहिने डमरु छुटेको अड्कल काटे । डमरु त्यत्तिकै छाड्दा अन्य जनावरको आक्रमणमा परी मर्ने सम्भावना भएकाले जिल्ला वन कार्यालयले पुम्दीभुम्दी रेन्जपोस्टमा लग्यो ।

अहिले उक्त डमरुलाई रेन्जपोस्टका अनन्त अधिकारी, शिवप्रसाद बराल तथा हरिलाल लामिछानेले हेरविचार गरिरहेका छन् । सहायक वन अधिकृत माधवप्रसाद बरालले डमरुलाई दूध र मासु खुवाउन आफ्नै खल्तीको पैसा खर्च गरिरहेका छन् । चिटिक्कको डमरु हेर्ने र फोटो खिच्नेहरूको यहाँ सधैँजसो भीड लाग्ने गरेको छ  ।

प्रकाशित: माघ २६, २०७०