जसरी आए, त्यसरी नै गए

जसरी आए, त्यसरी नै गए

- सुन्दरप्रसाद शाह 'दुःखी'

प्रसंग हो, स्वर्गीय ऋषिकेश शाहको । उनको बौद्धिक क्षमता तीक्ष्ण थियो। त्यही कारण तत्कालीन राजा महेन्द्रले उनलाई टपक्क टिपेर संयुक्त राष्ट्रसंघको प्रथम स्थायी प्रतिनिधिमा सिफारसि गरेका हुनुपर्छ। स्थायी प्रतिनिधि हुँदै उनी अर्थमन्त्री र राजसभा स्थायी समितिको सभापतिमा मनोनीत भए। २०१७ सालको घटनाताका उनी तेस्रो महत्त्वपूर्ण ओहदामा थिए। विश्वबन्धु थापा र तुलसी गिरीपछि उनकै नाम आउँथ्यो। ०१९ सालको संविधान पनि उनकै अध्यक्षतामा निर्माण भएको थियो।

तुलसी गिरीसँग भिडाएर केआई सिंहलाई राजसभा स्थायी समितिको सभापति हुन नदिई जसरी ऋषिकेश शाह आफैँ सभापति भए, उनको बहिर्गमन पनि त्यसैगरी भयो। जसको प्रत्यक्षदर्शी म आफैँ थिएँ। त्यसबेला उनी हिरोज् एन्ड विल्डर्स अफ नेपाल पुस्तक लेखनमा व्यस्त थिए। यो कृतिका कारण उनी चर्चित पनि भए। त्यतिबेला समाचार संस्था रोयटर्समा काम गर्ने एलिजावेथ हलीले त्यस कृतिको सम्पादन गरेकी थिइन् भने सामान्य सुझाव मैले पनि दिएको थिएँ। त्यस कृतिका विषयमा मसँग उनको लामै कुराकानी भएको थियो। ऐतिहासिक पात्र र चरत्रिका बारेमा मलाई पनि जानकारी थियो। मेरो फरक धारको लेखनबाट उनी प्रभावित थिए। प्रमोदशमशेर, उनी र मबीच लेखनका बारेमा धेरै कुरा बाँडचुँड हुन्थ्यो।

ऋषिकेश शाह र मेराबीच भने ज्यादै पछिसम्मै घनिष्टता रह्यो। हामीबीच त पारविारकि सम्बन्ध पनि थियो। उनका बुबा तारकबहादुरको हातबाट म दसैँमा सधैँ टीका थाप्थेँ। त्यसैले ऋषिकेश शाह र मबीच यति धेरै मिल्ती थियो कि विदेश शयरका क्रममा हामी आफ्नो सिटसमेत साटफेर गरेर बस्थ्यौँ। एउटा घटना सम्झन्छु। भिजिटिङ् प्रोफेसरका रूपमा अमेरकिाबाट र्फकंदै गरेका शाह र मस्को भ्रमणबाट म फर्किंदा एयर इन्डियाको एउटै विमानमा पर्‍यौँ। त्यसबेला रातो पासपोर्टधारी मैले भनेँ, "शाहज्यू मेरो विजनेस क्लासको सिटमा तपाईं बस्नूस्, म तपाईंको सिटमा बस्छु।" उनले त्यो कुरा बडो सहजताका साथ माने। केही रमाइलो पनि भयो। यस कुरालाई हामी पछिसम्म रमाइलो र हाँसोको घटनाका रूपमा लिन्थ्यौँ।

राजसभा स्थायी समितिको सभापति भएर पनि क्रमशः पञ्चायतइतर राजनीतिक दलका विद्यार्थी संगठनका भेला/सम्मेलनमा भाषण र प्रवचन दिन थालेपछि उनी क्रमशः विवादमा तानिन थाले। कम्युनिस्ट पार्टी समर्थित विद्यार्थी संगठनका सभा/गोष्ठी उद्घाटन गर्न पनि उनी सरकि हुन थालेपछि त पञ्चायत समर्थित राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलले खुलेरै उनको विरोध गर्न थाल्यो। ती विद्यार्थी संगठनका कार्यक्रममा उनी पञ्चायतमा प्रवेश गरेर प्रजातन्त्रको अभ्यास गर्न अनुरोध गर्थे । तर, उनलाई मन नपराउनेहरूले 'सरकारी झन्डा हल्लाएर पञ्चायतविरोधी समूहका कार्यक्रममा भाग लिएको' उजुरी मन्त्रिपरष्िाद्का अध्यक्ष तुलसी गिरी हुँदै राजाकहाँ पुर्‍याउँथे। केही समय यो सिलसिला चलिरह्यो।

एकपटक त अध्यक्ष तुलसी गिरीले सार्वजनिक कार्यक्रममा उनलाई त्यस्तो काम नगर्न निर्देशन मात्र दिएनन्, चेतावनीकै स्वरमा भने, "म राजदरबारसम्बन्धी मन्त्रीको हैसियतले तपाईंलाई राजसभाबाटै हटाउन श्री ५ मा सल्लाह टक्र्याउन सक्छु।" शाहले उल्टै गिरीलाई 'सभापतिको जिम्मेवारी र मर्यादा के हो भन्ने कुरा आफूलाई राम्रोसँग जानकारी भएको' जवाफ फर्काएर टेरपुच्छर मात्र लगाएनन्,गालीगलौजको तहमै उत्रिए। त्यसपछि गिरीले उनीमाथिको निगरानी कडा गर्न थाले। कमजोरीहरू खोज्न थाले।

केही समयको दोहोरी र भनाभनपछि गिरीले विद्यार्थी मण्डलका माध्यमबाट शाहको विरोध अभियान तीव्र पारे। गिरीले अन्तिम चेतावनी दिँदै भने, "अब पनि यस्तो रवैया दोहोर्‍याए पदबाट हटाउन अन्तिम सिफारसि गर्छु।" यति गर्दा पनि शाहले बेवास्ता गरेपछि गिरीले राजा महेन्द्रमा जाहेरी चढाएर उनलाई बर्खास्त गर्न विन्ती गरे। राजा महेन्द्रले भने, "ऋषिकेश राजीनामा देऊ, तिम्राबारेमा धेरैतिरबाट गुनासा आए।" शाहले त राजाकै अगाडि बडो निडरताका साथ भने, "म कसरी राजीनामा दिउ“m ? म राजभक्त मान्छे !" त्यसपछि त के थियो, राजा महेन्द्र न परे ! उनलाई लागेपछि कसको के लाग्थ्यो र ! बाध्य भएर शाहलाई राजसभाको साधारण सदस्यसमेत नरहने गरी सभापतिबाट बर्खास्त नै गरे। यसरी दुई वर्ष म सचिव र उनी सभापति भएर काम गर्‍यौँ। तर, दुर्भाग्य ! ऋषिकेश शाह जसरी सभापति भए, त्यसै गरी पदमुक्त पनि भए। यसरी केआई सिंहको कडा स्वभावबाट शाहले फाइदा उठाएजस्तै उनको अव्यावहारकि र हठी स्वभावबाट अरू धेरैले फाइदा उठाए।

पछि त संयोग यस्तो पर्‍यो कि राजकाज मुद्दामा कीर्तिनिधि विष्टले शाहलाई नख्खु जेलमै थुन्नुपर्‍यो। म गृहसचिव र विष्णुमणि आचार्य वाग्मतीको अञ्चलाधीश रहेका बेला उनी थुनामा परेका थिए। दसैँ-तिहारका बेला शाहलाई थुन्नु परेकामा विष्टले भने ज्यादै थकथकी मानेका थिए। मसँगको एक भेटमा उनले भनेका थिए, "हेर्नूस् न शाहजी ! यस्तो दसैँ-तिहारको रमाइलो गर्ने र जुवातासमा रमाउने बेलामा उसलाई थुन्नुपर्दा मेरो त चित्त नै दुखेको छ। मलाई त यस्तो भएको छ भने झन् उसलाई कस्तो भए होला है !" भन्छन् नि जुवाको नशा ! त्यस्तो पो हुँदो रहेछ।

प्रस्तुति ः ईश्वरी ज्ञवाली

प्रकाशित: कार्तिक ६, २०६८