यात्रा

[यात्रा] चिमाङको चित्र

मोहनमूर्ति पन्त, पुस ८, २०७३

मुस्ताङको तल्लो भेगमा बस्ने थकालीहरूको थाक सात सय, पाँच गाउँ र बाह्र गाउँ भनी कहलिने तीन क्षेत्रमध्ये तल्लो सीमावर्ती भागमा अवस्थित एक गाउँ हो, चिमाङ ।
पुरा पढ्नुहोस्

[यात्रा] लार्केपासको प्यास

राज रिजाल , मंसिर १५, २०७३

दसैँमा अचानक मनास्लु पदयात्राको योजना बन्यो । आबुखैरेनी, गोरखा बजार हुँदै आरुघाट पुग्यौँ । सिन्डीकेटले गाँजेको रुटमा लाग्थ्यो, यात्रुहरू आफ्नो योजनामा हिँड्दैनन्, गाडी साहूको अनुकूलतामा मिसिन्छन् । निहुरिएर कोचिनुपर्ने बसले हामीलाई पहिलो दिन साँझ आरुघाट उतारेथ्यो । हाम्रो तीन जनाको टोली बिहानै सोतीखोलाबाट उकालो लाग्यो । ढुंगा खसिरहने भिरालो बाटोमा शरीरबाट मन पनि खसिहाल्दो रहेछ बेलाबेला । चार घन्टामा लापु्रबेसी पुगेपछि चैनको स्वास फेरियो । अलि अगाडिको माछाखोलामा बास बस्यौँ । 

बूढीगण्डकी किनारैकिनार उकालो–ओरालो गरिरहँदा तलपट्टि ह्वांग देखिने नदीले तस्र्याउँथ्यो । आसपासमा पहिरोले उजाड बनाएका बस्ती र डाँडाहरूले विरक्त त सुरुदेखि नै पारिरहेका थिए । जगत पुग्नुअघि एउटा भिरमा झोलुंगेजस्तो बारेर बनाइएको १ सय ९५ मिटर लामो पुल काट्नुपथ्र्यो (हेर्नूस् तस्बिर) । नेपालमा पहिलोपटक बनाइएको यस्तो पुल काट्दाको रमाइलो बेग्लै थियो । तर, पछिल्लो भूकम्पमा पहिरोले बिगारेको बाटोले आवतजावत नै बन्द भएपछि बेलायत सरकारको सहयोगमा यसको निर्माण गरिएको रहेछ । 

जगतका होटलबाट बल्ल दृश्य केही सुन्दर लाग्न थाले । मध्याह्नमा कोदोबारी, एउटा स्वास्थ्य चौकी भएको सानो गाउँ फिलिम पुग्यौँ । अनकन्टार बाटोमा हिँड्दा कथमकदाचित यहाँ केही दुर्घटना भए के होला भन्ने भय बसिरहँदो रहेछ । त्यो स्वास्थ्य चौकीले कस्तो सुविधा दिन्थ्यो, थाहा भएन तर देख्दामै मनले केही आड पायो । उचाइका दृष्टिले फिलिम १ हजार ६ सय मिटरमा मात्र हो । चौथो दिनमा यात्रा गरिरहँदासमेत पाँच सय मिटर उचाइबाट सुरु भएको हाम्रो यात्राले उचाइ भने खासै समातेको थिएन । पसिनाले ज्यान भिज्थ्यो । हामीले लौरो पनि त्यहाँबाट मात्र बोक्न सुरु गर्‍यौँ । देङ पुग्दा झमक्क साँझ परिसकेको थियो । 

हामी १ हजार ६ सय मिटरबाट झन्डै २ हजार ४ सय मिटर उचाइ लिएर फेरि १ हजार ८ सयमा झरेका थियौँ । प्रतीक रेग्मी बेलाबेलामा एक्लै जंगिन्थे । भन्थे, “यो तालले पाँच हजार मिटरको पास कहिले पुग्ने ?” म भने यात्रामा भेटिएका मानिसहरू, उनीहरूका कथामै भुलिरहेको थिएँ । एउटा सानो चिया पसलमा गुरुङनी दिदी भेटिइन् । दुई वर्षअघि श्रीमान् गुमाएकी रहिछन् । उनको पीडा सुनिदिएकैले हो कि मेरो चियाको पैसा लिन मानिनन् । उनको हार्दिकताले होला, त्यस दिन ढेँडो असाध्यै स्वादिलो लाग्यो । 

घापदेखि नाम्रुङबीच घना जंगल थियो । नाम्रुङ थकाली गाउँ हो । काठमाडौँका थकाली होटलमा खाना खाइरहने हामी उनीहरूकै गाउँमा पनि चिटिक्क पारिएका घर, सजाइएका रैथाने भाँडाकुँडा देख्दा लाग्यो, थकाली भनेको उनीहरूको रगतमा हुने आतिथ्यको संस्कृति हो, थकालीहरू चाहे न्युयोर्कमा होऊन् वा नाम्रुङमै, उनीहरूको मौलिकपन टुट्दैन । ल्हो गाउँ, जहाँ ढुंगाले बारेका घर, गुम्बा, चैत्य थिए । कोदो, मकै, फापर उब्जाउ हुने समथर फाँट, लटरम्म परेका स्याउका बोटहरूको ल्होले लोभ्यायो । अघिसम्म झोक्र्याइरहेको मनोज भण्डारी अनुहारमा चमक थपेर सुस्तरी मछेउ आएर भन्यो, “यहाँ जग्गाको भाउ कति होला है ?”

उचाइँ लिनुपर्ने भएकाले कतिपय यात्रु ल्होमै बसेर आफूलाई उचाइ अनुकूल बनाउँछन् । तर, हामी मध्याह्नमै त्यहाँ पुगेकाले खाना खाएर सामागाउँ उपत्यका पुग्यौँ । सामागाउँमा चौरी र घोडाका थुप्रै बथान देखिए । त्यहाँ फुटबल प्रतियोगिता नै चलिरहेको थियो । मनास्लुको फेदमा रहेको सामागाउँ हिमाली सभ्यताको सुन्दर नमुना रहेछ । त्यहाँ हामीले चौरीको दही, आलुको म:म खायौँ । त्यहाँबाटै मनास्लु आधारशिविर वा वीरेन्द्रताल जाने बाटो मोडिन्छन् । हामीलाई भने लार्केपास पुग्नु थियो । जसका लागि हामी साम्दो लाग्यौँ । साम्दो हिमाल दायाँपट्टि पारेर लम्किँदा तीन घन्टामै साम्दो पुग्यौँ । त्यसदिन लार्केपासको आधार शिविरजस्तो मानिने धर्मशाला पुग्न खोज्यौँ । यो यात्राकै सबैभन्दा कठिन र रमाइलो क्षण थियो ।

पछिल्ला दुई दिन हामीले दुस्साहसी रूपमा दिनकै एक हजार मिटरजति उचाइ लिएका थियौँ । थाकेर साँझपख धर्मशाला त पुगियो । सोचेका थियौँ, सीधै बेडमा गएर ढलौँला । तर, त्यहाँ भएको एक मात्र होटल त पूरै टेन्टमा रहेछ । त्यो पनि भरिइसकेको । धन्न अन्तिम एउटा टेन्ट हाम्रो पोल्टामा पर्‍यो । टेन्टमा चिसो भएर ढुंगे भान्छा पुगेको त त्यहाँ मान्छेको एक हुल खाना कुरिरहेका रहेछन् । त्यहाँ हामीले यात्राभरकै सबैभन्दा महँगोमा खाना खायौँ । हिमालको छेउमा टेन्ट टाँगेर तारा हेर्दै रात बिताउने सपना पूरा भएको थियो । 

अर्को दिन सूर्योदयअघि नै लार्केपास पुग्नेको लस्कर लाग्यो । जब सूर्यको झिल्कासँगै आसपासका अलौकिक दृश्य देखिए, मलाई लाग्यो स्वर्ग यही हो । लार्केपास पुग्दा मैले पनि आफू हिमालको चुचुरोमै पुगेझैँ अनुभव गरेँ । पासबाट चारैतिर देखिने सुन्दर दृश्यसामु मेरो क्यामेराको लेन्स लाचार थियो । म यति खुसी भएँ कि अर्को मनले भन्यो, मनमा हुने स्मृतिहरूको पनि मूल्य हुन्छ, सबै कुराको सम्झना कहाँ वस्तुमा हुन्छ र ? त्यहाँबाट उचाइलाई ह्वात्तै घटाएर साँझ मनाङको भीमताङ झर्‍यौँ । त्यहाँबाट पनि चारैतिर हिमाल नै देखिन्थे । अर्को दिन धारापानीबाट बेसीसहरका लागि जिप चढ्दा घर पुग्ने हतारोले तानिरहेको थियो । तर, नौ दिनको यात्राका स्मृतिले भने छाड्न सकेको थिएन । 

पुरा पढ्नुहोस्

हिमालपारि पाँच दिन

कुमार पौडेल, मंसिर २, २०७३

हिमालपारिका जिल्ला भनेर हाजिरीजवाफमा सानैदेखि पढिएको हो तर हिमालपारिको ठाउँ कस्तो हुन्छ भन्ने मेरो मनले पछिसम्म पनि आत्मसात् गर्न सकेको थिएन ।
पुरा पढ्नुहोस्

[यात्रा] भार बिर्साउने भैरवकुण्ड

सुरथ गिरी, कार्तिक २४, २०७३

भैरवकुण्डमा चिसो बतासको चुम्बन, भैरवकुण्डको सुस्केरा र चराहरूको चिरबिर संगीतले दिएको आनन्द शब्दमा व्याख्या गर्नै सकिँदैन ।
पुरा पढ्नुहोस्

कालीगण्डकी वारि

शिव शर्मा, आश्विन २९, २०७३

पोखराबाट हवाईजहाजमा २० मिनेटको यात्रापछि बिहानै जोमसोम विमानस्थल उत्रिँदा मोहनी लगाउने वातावरण र खुलेका हिमालहरूले मन प्रफुल्ल बनायो । जाडो याममा हिउँले ढाकिने यस क्षेत्रमा घुम्नका लागि असोज र कात्तिक महिना अनुकूल सिजन रहेछ ।
पुरा पढ्नुहोस्

चिनौँ, हाम्रा हिमाल

विवेक पौडेल, आश्विन १७, २०७३

हाम्रो राजनीति र सामाजिक विकासमा इतिहासजत्तिकै भूगोल पनि जोडिएको छ । त्यसैले हिमाल चिन्नु भनेको हामी आफैँलाई चिन्नुसमेत हो ।
पुरा पढ्नुहोस्

मनास्लु क्षेत्र: सावधानी नअपनाए मृत्युमार्ग

प्रदीप बस्याल, आश्विन ९, २०७३

सामान्य पूर्वाधार निर्माणबिनै यात्राको अनुमति
पुरा पढ्नुहोस्

यात्रा» बाजुराको 'हाम्रो' बयान

विमल आचार्य, भाद्र ९, २०७३

बाजुराबारे हाम्रो सोचको एकोहोरो वर्षा सुनेपढेकै हो । तर, उनीहरू आफ्नो जिल्लाबारे के सोच्दा हुन् ?
पुरा पढ्नुहोस्

स्लिपर क्लासमा ३१ घन्टा

गोकर्ण गौतम, भाद्र १, २०७३

ती कर्कश आवाजसहित जीउमा लडीबुडी गरिरहेका छन् तर कसैको निद्रा बिथोलिएको छैन । यति मस्तसँग सुतिरहेका छन्, मानौँ महिनौँपछि उनीहरू यति ढुक्कले सुत्न पाएका हुन् ।
पुरा पढ्नुहोस्

रेड पान्डा ट्रेलमा घोडचढी

कुमार पौडेल, माघ १, २०७२

आफ्नै आँखाले पहिलोपटक रेड पान्डा देख्दा पनि तस्बिर कैद गर्न नपाएको पछुतो मलाई अहिलेसम्म छ ।
पुरा पढ्नुहोस्

[यात्रा] कालीगण्डकी वारि

शिव शर्मा, पुस २२, २०७२

तल्लो मुस्ताङको लोभलाग्दो प्राकृतिक सौन्दर्य
पुरा पढ्नुहोस्