सम्झना

जो मरेर पनि बाँचिरहन्छन्

लोचन रिजाल, आश्विन ३०, २०७४

नेपाली मौलिक संगीतको शिक्षा, अनुसन्धान तथा पूर्वाधार निर्माणका लागि सधैँ समर्थन गर्नुभयो, सहयोग गर्नुभयो ।
पुरा पढ्नुहोस्

सन्त नेताको महाप्रस्थान

कमल ढकाल, श्रावण २, २०७४

“सोझो हुनु भनेको बेबकुफ हुनु हो, जसले पनि ठग्छन् मात्रै ।” पाँच वर्षअघि काँडाघारीस्थित डेरामा भेट्दा रामहरि जोशीको आवाज ज्यादै मलिन थियो । माओवादी दबदबाको त्यो समय सिंगो जीवन नेपाली कांग्रेसमा बिताएका निष्ठावान् नेता जोशी साँच्चै निराश देखिन्थे । यसो गर्न सकिन्छ कि, उसो गर्न सकिन्छ कि भन्ने लागिरहन्थ्यो उनलाई । तर, पार्टी नेतृत्व असल र सादगी आदि फोस्रो प्रशंसाबाहेक उनका कुरा सुन्न तयार थिएन ।

म संलग्न भएर ०७१ मा उनको किताब निक्लियो, अँध्यारोबाट उज्यालोतिर । उनले तत्कालीन राष्ट्रपति रामवरण यादवको हातबाट विमोचन गराउन खोजे । यादवले हातैमा ढोगिदिए र मैथिलीमा भने, ‘ तपाईंले ००७ को क्रान्तिमा पर्चा छर्दा हामी जन्मेका थियौँ । तपाईंको पुस्तक विमोचन किन नगर्ने ? यो त मेरो अहोभाग्य हो ।’ यो आखिर कुराकानीमै सीमित बन्यो । राष्ट्रपति कार्यालयभित्रको कर्मचारीतन्त्रले भोलि भोलि भनेर उनलाई झुलायो । प्रजातन्त्र दिवसमा कांग्रेस मुख्यालयमा उनको किताब विमोचन भयो । त्यो पनि छुुस्स । तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालाले ‘प्रजातन्त्र सेनानी सम्मान’ कार्यक्रममा यस्सो किताब देखाइदिए मात्रै । जोशी भन्थे, ‘यहाँ यस्तै हो । सबै पैसाकै पछाडि दौडिएका छन् । मेरो किताबका लागि समय दिने फुर्सद कसलाई छ र !’

‘मधेसलाई उपेक्षा नै गरिरहनुुपर्छ भन्नेमा राज्य पुगेपछि अधिकारका लागि आन्दोलन त चल्ने नै भयो,’ उनी यसै भन्थे । राज्यको उपेक्षाका कारण मधेस आन्दोलनको झिल्को अझै बाँकी रहेको बुझाइ थियो उनमा । जिन्दगीभर मधेसका लागि लडेका जोशीकै घर मधेस आन्दोलनमा जलाइयो । जोशी भने त्यही आन्दोलनमा घाइते भएर आएकालाई खानेकुरा र ओढ्ने–ओछयाउने कसरी उपलब्ध गराउन सकिन्छ भनेर भौँतारिइरहेका थिए । विडम्बना के भने, घर जलेको विवरणसहितको फाइल आफ्नै पार्टी नेता रहेका गृहमन्त्री कृष्ण सिटौलाको हातैमा लगेर दिँदा पनि उनले क्षतिपूर्ति पाएनन् ।  

प्रजातन्त्रका लागि लड्दालड्दै ०४६ मा उनी ६४ वर्ष भइसकेका थिए । त्यसपछि बिहे किन गर्नु भन्ने लागिरह्यो उनलाई । प्रेम, यौन र विवाहबारे प्रतीकात्मक रूपमा लेखिएको ‘कन्फेसन’ नामक पाण्डुलिपि मलाई दिएका छन् । यो किताब गगन थापाबाट विमोचन गराउने योजना थियो उनको । जोशीका भतिजा विष्णुु र बुहारीले आफ्नै छोराभन्दा बढी स्याहारेका थिए । नाति अनुप उनका सारथि थिए । 

पटकपटक डेरा सरिरहे पनि कांग्रेसप्रतिको उनको आस्था कहिल्यै सरेन । उनका कुरा अहिलेका कांग्रेस कार्यकर्तालाई सपनाजस्ता लाग्छन् । उनी भनिरहन्थे ‘अहिले कांग्रेसमा जुुझारुपन नै भएन । पैसा र पावरको प्यादा मात्र बने ।’ सादा जीवन उच्च विचार जीवनदर्शन थियो, उनको । २००४ मै कोलकातामा डीके शाहीको डेरामा उनको भेट हुन्थ्यो, गणेशमान सिंह र बीपी कोइरालासँग । गणेशमान र बीपीसमेत आफूले खाएको भाँडा आफैँ माझ्थे । नेताहरू पनि आदर्शवान् थिए । कार्यकर्ताहरू तिनका आदर्श आचरण पछ्याउनुमा गर्व गर्थे । उनको बुझाइमा त्यो संस्कार माथिबाटै हरायो ।

पछिल्लो समय कांग्रेसको कुरा गर्दा उनको आँखामा पानी भरिन्थ्यो । आफ्नो रोगभन्दा पनि कांग्रेसमा लागेको रोगबारे चिन्तित थिए जोशी । पार्टीमा आदर्श, मूल्य र मान्यतामा खडेरी पर्दै गएकाले उनी गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापतिमा उठे तर तेस्रो भए । उनी भन्थे, ‘कांग्रेसमा पुराना नेता हराए । पुराना परम्परा पनि हराए । कोही नेता गाउँमा बस्दैन । ठाँटसाथ नेता पुग्छ, भाषण गर्छ, हिँडिहाल्छ । जनताको पीरमर्का केही नबुझीकन यसरी कांग्रेस कसरी चल्छ ?’

विसं १९८२ मा जन्मेका जोशी सर्लाहीको शिक्षा र राजनीतिमा खटिएका थिए । उनलाई सर्लाहीले ०४८ र ०५१ मा सांसद बनायो । दुुईपल्ट मन्त्री पनि बनायो । पद र पावरभन्दा बाहिर बस्न रुचाएरै होला, उनले चुनाव लड्नै छाडिदिन्छुु अर्काेलाई टिकट दिनूस् भन्न थाले । 

यति हुँदाहुँदै पनि निष्ठामा कहिल्यै विचलित भएनन्, जोशी । गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्मा मन्त्री भएकै बखत काठमाडौँ–१ मा उपचुुनाव भयो । पार्टी सभापति कृष्णप्रसाद भट्टराई चुनाव लडे । उनले जोशीलाई भनेछन्, ‘रामहरिजी तपाईं भाषण गर्न आइदिनुुपर्‍यो ।’ उनले भट्टराईलाई भनेछन्, ‘तपाईंको प्रचारसभामा आउन चाहन्छुु तर सभामा हाम्रा सहयोगीबाटै मञ्चमै गिरिजाप्रसाद कोइरालाको आलोचना भएको छ । एक मन्त्रीको नाताले मैले प्रधानमन्त्रीको आलोचनाको खण्डन गर्नुपर्छ । कि मन्चमै बस्न मिल्दैन कि राजीनामा गरेर आउनुुपर्छ । के गरौँ ? ल भन्नूस् ।’ त्यसपछि भट्टराई बोल्दै बोलेनन् ।

एक साहित्यिक कार्यक्रममा भारतीय राजदूतावासका कर्मचारी अभयकुमारले जोशीको गोडामै ढोगेको देखेर म छक्क परेको थिएँ । कोलकाता पढ्दा आन्दोलनमा लागेको भनेर सम्मान गरेका रहेछन् उनले । 
कसैले सम्मान गरोस् वा आलोचना, उनलाई नछुने भइसकेको थियो । खानपान, पहिरन अनि भौतिक कुरामा मोह नभएपछि उनलाई पैसाको त्यति परवाह भएन । कोरियालीहरू आएर २५ हजार रुपियाँ दिएको कुरा उनी पटकपटक सम्झिरहन्थे, ‘हेर्नुस् त, त्यत्रो पैसा दिएर गए ।’ महँगीले मारेको यो समयमा उनलाई २५ हजार पनि ठूलो रकम लाग्दो रहेछ । 

‘जय नेपाल’ सादगी, इमानदार र निष्ठावान् रामहरि जोशीलाई ! 

पुरा पढ्नुहोस्

भानुको शिखर कटेरी

पदमसिंह कार्की, असार २९, २०७३

नेपाली रहेका ठाउँमा हरेक चाडपर्व र मेलापातमा गोठाला–खेतालाले रामायणको श्लोक हाल्ने परम्परा नेपाली संस्कृतिको अभिन्न अंग भइसकेको छ ।
पुरा पढ्नुहोस्

अर्धकदको आख्यान 'धर्सो'

सरोज जीसी, फाल्गुन ११, २०७२

मुद्दाका हिसाबले सामाजिक र राजनीतिक न्यायसम्बन्धी धर्सो एउटा प्रबल र सबल सामाजिक उपन्यास हुन सक्थ्यो ।
पुरा पढ्नुहोस्

सुशील सम्झाउने 'नेपाल'का १३ आवरण

नेपाल संवाददाता , फाल्गुन ९, २०७२

सुशील कोइरालालाई इतिहासमा कसरी सम्झिने ?
पुरा पढ्नुहोस्

सुशील कोइराला: तेह्रौ पुन्य तिथि, तेह्र तस्विरहरु

नेपाल फोटो, फाल्गुन ९, २०७२

१३ तस्विरमा हेरौं उनका विभिन्न समय, सन्दर्भ र व्यक्तित्व झल्किने तस्विरहरु ।
पुरा पढ्नुहोस्

मैले चिनेका सुशील दादा

थानेश्वर सापकोटा, फाल्गुन ४, २०७२

सादा जीवन र करुणायुक्त राजनेता
पुरा पढ्नुहोस्

ती अफ बिट सुशील

जगत नेपाल, फाल्गुन ४, २०७२

अनौपचारिक व्यक्तित्वका विविध आयाम
पुरा पढ्नुहोस्

संविधान बनाउँदाका सुशील

रामबहादुर रावल, फाल्गुन ३, २०७२

कोइरालाको प्रधानमन्त्रित्वमा संविधान जारी हुनु नै उपलब्धि
पुरा पढ्नुहोस्

सुशील कोइराला: निमित्त नायक

सन्तोष आचार्य, फाल्गुन २, २०७२

समय र परिस्थितिका कारण निर्णायक
पुरा पढ्नुहोस्

[सम्झना] प्रसाईंको प्रस्थान

ईश्वरी ज्ञवाली, मंसिर २०, २०७२

राणाविरोधी आन्दोलनमा सरिक हुँदै नेपाली कांग्रेसमा आबद्ध हुन पुगेका प्रसाईं राजा त्रिभुवनका भने कट्टर आलोचक थिए ।
पुरा पढ्नुहोस्