तस्विर/भिडियो

थकाइ मार्न भेडेटार

आरके अदीप्त गिरी, वैशाख ६, २०७६

भेडेटार सूर्योदय र सूर्यास्त दृश्यावलोकनका लागि पनि प्रख्यात छ । छिनछिनमा लुकामारी खेल्ने मौसमकै विशेषताका कारण प्रायः यात्री घुमफिर र थकाइ बिसाउन यहाँ पुग्दा रहेछन् । उखरमाउलो गर्मी छल्न पूर्वी पहाडका झापा, सुनसरी, मोरङदेखि सप्तरी र उदयपुरलगायतका जिल्लाबाट पर्यटक आउँछन् ।
पुरा पढ्नुहोस्

तराईको कहर

विमल खतिवडा, तस्बिर : इलिट जोशी, चैत्र २४, २०७५

झमक्क साँझ पर्दै थियो । काममा गएकाहरू धमाधम घर फिर्दै थिए । कोही खाना पकाएर परिवारको प्रतीक्षामा थिए त कोही पकाउने सुर कस्दै । बालबालिका कोही सुतेका थिए त कोही पढ्दै । अधिकांश खाना खाँदै थिए । अचानक भूमरीसहितको हावाहुरी चल्यो ।

घरभित्र बसेकाहरुले ऐया, आथासम्म गर्न पाएनन् । तीन मिनेटअघि आपसमा गफिएर रमाएकाहरु आपसमा अलग्गिन पुगे । घरगोठ ढले । छाना उडे । घर ढलेर को कहाँ च्यापिए । कसैले कसैको तत्काल उद्धार गर्न सकेनन् । छोराछोरीले आमाबा गुमाए, आमाबाले छोराछोरी गुमाए । कोहीले आफू घाइते भएर पनि छोराछोरी, नातिनातिना जोगाए ।

अकल्पनीय विपत्ति आइपर्‍यो, १७ चैत साँझ बारामा । छिनभरमै सिंगो बस्ती उजाडियो । बाँस उखेलिए । आँपका बोट ढले । सिमेन्टेड विद्युत् पोल भाँचिए । सडकमा रोकिएका ट्रक लडे । छिनभरमै गाउँको खुसी खोसियो । मिलेर बसेको परिवारको हाँसो लुटियो । पाक्नै लागेको अन्नबाली सोत्तर भयो । माटोमा इँटा राखेर बनाएका घर सबै ढले । आडैका पक्की घर जोगिए तर माटोमा बनाएका कुनै पनि घर सग्ला रहेनन् ।

राती नै सुरक्षाकर्मी गाउँ पुगेर घाइतेको उद्धार गरे । त्यसले अझै बढी मानवीय क्षति हुनबाट जोगियो । २० चैत साँझसम्म बारामा २८ र पर्सामा १ जनाको ज्यान गइसकेको छ । त्यसमा पनि ४ भारतीयको ज्यान गुम्यो । अधिकांशको घरमै पुरिएर ज्यान गुम्यो भने केहीको अस्पतालमा उपचारका क्रममा । ७ सयभन्दा बढी घाइते भए । गम्भीर घाइतेको राजधानीमा उपचार भइरहेको छ । सबैभन्दा बढी मानवीय र भौतिक क्षति बाराको फेटा गाउँपालिकामा भयो । यही गाउँमा मात्र १८ जनाको ज्यान गुम्यो भने २ सय ८५ घरमा क्षति भयो । जिल्लाभर १ हजार ८ सय ९५ वटा घरमा क्षति पुग्यो । घटनामा ४ बालिका र ३ बालकको ज्यान गयो । फेटा गाउँपालिकाको पुरैनिया, गम्हरिया, भरवलिया, कलैया महानगरपालिकाको धर्मनगर, मनगढवा, सुवर्ण गाउँपालिकाको बगही, चरमोहन, हर्दिया, औरहिया, परशुरामपुर, प्रसौनी गाउँपालिकाको खुट्वा, भलुववी, चोक उत्तरमा क्षति भएको छ ।

त्यस्तै, महागढीमाई नगरपालिकाको तेलगाई, देवताल गाउँपालिकाको रापुर्वा, पचरौता गाउँपालिकाको बेनौली, बैरिया र परवानीपुरको चैनपुर, शिवपुर, रामटोल, बिर्ताटोल र पर्साको जगरनाथपुर, भवानीपुर र सुखचैनामा क्षति भएको छ । घटनापछि गाउँमा राहत बाँड्नेको लर्को छ । एउटा पोको चाउचाउदेखि एक बोरा चामल दिएर फोटो खिच्न प्रतिस्पर्धा गरेको दृश्यले प्रभावित क्षेत्रमा सबैको ध्यान खिच्छ । न्यून आयस्तर भएका समुदाय बढी प्रभावित छन् । आम्दानीको स्रोत नहुँदा बिदेसिने युवा संख्या बर्सेनि बढ्दो छ । खेतबारीको अन्नले वर्ष दिन खान पुग्नेहरु कम छन् । मिहिनेतले वर्ष दिन खान नपुग्नेहरु परिवार पाल्न कोही विदेश त कोही नजिकका इँटाभट्टामा मजदुरीको काम गर्न बाध्य छन् । राहत घोषणा गर्न संघीय, प्रदेश सरकारबीच प्रतिस्पर्धा चलेको छ । तर प्रभावित परिवारले सरकारले घोषणा गरेको राहत अहिलेसम्म पाउन सकेका छैनन् ।

"दुवै तहका सरकारले राहत घोषणा मात्र गर्छन्, चाहिएको अहिले छ, दिने कहिले हो ? थाहा छैन," फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद भन्छन्, "तर हामी सरकारको बाटो हेरेर बस्ने छैनौँ, जसरी भए पनि आफ्नो गाउँपालिकाका स्थानीयलाई बचाउन लागिपर्नेछौँ ।" प्राविधिक सल्लाहबिना बनाएका कच्ची घरमा बढी क्षति पुगेको छ । २० चैत साँझसम्म प्रभावित परिवारले खाना पकाउने भाँडाकुँडा पाउन सकेका थिएनन् । भाँडाकुँडा, लत्ताकपडा घर भत्किएसँगै सबै पुरिए । अहिले टेन्ट टाँगेर अस्थायी बसोबास व्यवस्था गरिएको छ । प्रभावित गाउँले अब घर बनाउन सक्ने अवस्था नभएको गुनासो गर्छन् । "घर भत्कियो, बनाउन सक्ने अवस्था छैन," स्थानीय फिरोज मियाँ भन्छन्, "पहिलेको घर पनि ऋण गरेर बनाएको थिएँ, अब के पैसाले घर बनाउने ?" उनले विपत्तिमा ८ वर्षीय छोरा गुमाए ।

प्रभावित क्षेत्रका गाउँले अहिले पनि त्रसित छन् । सानोतिनो हावाहुरी आउँदा डराउँछन् । राहत वितरण व्यवस्थित छैन । गाउँपालिकाले पहिला अस्थायी बसोबास व्यवस्था गरेर मात्र व्यवस्थित घर निर्माण गर्न लागिपर्ने जनाएको छ । घटनापछि विद्यालय बन्द भए । फेरि ठूलो विपत्ति आइपरे स्थानीयलाई तत्काल सुरक्षित ठाउँमा लग्न सक्ने अवस्था छैन । गाउँमा विद्युत् सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कविहीन बनेको छ । 

शब्द : विमल खतिवडा | तस्बिर : इलिट जोशी

पुरा पढ्नुहोस्

कर्नाली दक्खिन् बग्दो छ

रमेश भुसाल र नवीन बराल, चैत्र १७, २०७५

कर्णाली नदीको शिर तिब्बतदेखि भारतको गंगा नदीसम्म ४४ दिने यात्रा गरे, पत्रकार रमेश भुसाल र नवीन बरालले । कर्णाली नदी प्रणालीको माध्यमबाट त्यहाँको सामाजिक, सांस्कृतिक र वातावरणीय अवस्थाको अध्ययनका लागि नेपाल नदी संरक्षण कोषको आयोजनामा उक्त यात्रा भएको थियो ।
पुरा पढ्नुहोस्

थोरै कपडा थोरै जाडो

वसन्त आचार्य, चैत्र १२, २०७५

जंगलमा फिरन्ते जीवन बिताउने राउटेहरू सुर्खेतको लेकबेसी नगरपालिका–१ जहरेको खोला किनारमा पाल टाँगेर बसेका थिए । “तल जंगलबाट आया हौ, माथि जाँदे हो, ह् याँ त सुस्तायाँ हो,” मुखिया सूर्यनारायण शाहीले भने । त्यहाँका २० घरमा करिब ४० जति बालबालिका थिए । त्यसमध्ये ५ वर्षमुनिका सबैको शरीरमा कपडा नै थिएन ।
पुरा पढ्नुहोस्

तकसेराबाट देखेको देश

मैत्या घर्तीमगर, चैत्र ७, २०७५

मेरो भूमि तकसेराका युवाको पहिलो रोजाइ ब्रिटिस, भारतीय सैनिक, अमेरिका, युरोपेली र दक्षिण एसियाली मुलुकमा छिर्ने लहर छ । विकल्पमा अनिवार्यजस्तै छ, साना-साना व्यापार । पत्रकारिता त कल्पनाबाहिरको कुरा हो ।
पुरा पढ्नुहोस्

कोई त भने जेटबोटमा...

भास्वर ओझा, फाल्गुन २९, २०७५

सुनसरी र उदयपुरको सिमानामा कोसी पुलबाट सप्तकोसी नदीमा हेर्दा यात्रु बोकेर जेट बोट कुदिरहेको देखिन्छ । कतिले यसैलाई पानीजहाज भनेर उडाइसके !
पुरा पढ्नुहोस्

आकाशमा फनफनी

आरके अदीप्त गिरी, फाल्गुन २२, २०७५

अहिले काठमाडौँ केन्द्रित साहसिक खेलप्रेमीको रोजाइमा छ- काठमाडौँ प्याराग्लाइडिङ । गोदावरी क्षेत्रको चापाखर्क (२,१०० मिटर) बाट उडान भर्ने र गोदावरीकै बोटानिकल गार्डेनसँगै जोडिएको रचनाटार (१,५०० मिटर) मा अवतरण गरिन्छ । आकाशमा कावा खाँदै जमिन टेक्न मौसमको अनुकूलता हेरी २० देखि ३० मिनेटसम्म लाग्छ ।
पुरा पढ्नुहोस्

खोलो फर्किने भयो...

शब्द/तस्बिर: अंगद ढकाल, फाल्गुन १५, २०७५

बितेको समय र बगेको खोलो फर्कन्न भन्छन् । छाडिगएको पुरानो धारमा खोलो फर्काउने प्रयास भने राजधानीमै जारी छ ।
पुरा पढ्नुहोस्

झारफुके जिन्दगी

छम गुरुङ, फाल्गुन ८, २०७५

लेकको गाउँ सालाङमा अहिले पनि बच्चा मात्रै होइन, जोसुकै बिरामी भए धामीकहाँ लगिन्छ । यहाँको जनविश्वासअनुसार कुखुरा पनि औषधी नै हो । यसलाई पुजेर, चढाए या मन्साइएपछि बिरामी ज्यान ठीक हुन्छ । यसरी धामीमा लगेको कुखुरा घरभन्दा बाहिर बाटोमै पूरै खाएर सिध्याउनुपर्छ ।
पुरा पढ्नुहोस्

किरिङमिरिङ सडक

विमल खतिवडा, फाल्गुन ३, २०७५

कतै हरियाली त, कतै उराठलाग्दा पाखा । नीला जस्ताले एकनास टल्किएका घर । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित क्याङसिङ पुग्ने जोकोहीले एकपटक गुम्बाथानतर्फ ननियाली आफ्नो यात्रा तय गर्दैन । कारण– क्याङसिङ डाँडाबाट गुम्बाथानतिर देखिने दृश्य नौलो लाग्छ ।
पुरा पढ्नुहोस्

पढ्नु र लेख्नु मुस्किल छ

मैत्या घर्तीमगर, माघ २४, २०७५

रुकुम तकसेराका लेकहरूका विद्यार्थीका लागि स्कुल मात्रै दिनचर्या हुने कुरै भएन । बारीमा फल्ने मकै–आलु तिनका गृहकार्य हुन् । चरनका भेडा–बाख्रा तिनका साथीसंगी ।
पुरा पढ्नुहोस्