संवाद

‘दरबार हत्याकाण्डको रहस्य प्रहरीले पत्ता लगाउन सक्छ’

मनबहादुर बस्नेत, आश्विन २५, २०७४

प्रहरीको जागिर भनेको कस्तो भने पोसाक लगाएपछि रवाफ देखाउन सकिन्छ भन्ने मनोविज्ञान छ । तर, बिनाबर्दी निर न्तर खटिएर गरिने अनुसन्धानले यस्तो रवाफ पाउँदैन ।
पुरा पढ्नुहोस्

‘संविधानले बनाएको संरचना उल्टाउने हाम्रो मनसाय छैन’

बाबुराम विश्वकर्मा, आश्विन १०, २०७४

बीबीसी नेपाली सेवाको प्रमुखबाट राजीनामा गरेर राजनीतिमा हाम फालेका चर्चित पत्रकार हुन्, रवीन्द्र मिश्र । साझा पार्टी र विवेकशील नेपालीको एकतापछि बनेको विवेकशील साझा पार्टीका संयोजक छन् उनी । यतिबेला आउँदो संसद्मा सशक्त राष्ट्रिय पार्टीका रुपमा दर्ज हुने दाबीका साथ उनी त्यसको रणनीति बनाउनमा व्यस्त छन् । तिनै मिश्रसँग नेपालको संवाद :

स्थानीय चुनावमा तपाईंको पार्टीले काठमाडाैँ र ललितपुरबाहेक कतै उल्लेख्य मत हासिल गर्न सकेन, आउँदो चुनावमा के होला ?
स्थानीय चुनावमा हामीले काठमाडौँ र ललितपुरमा मात्रै मुख्य रूपमा उम्मेदवारी दिएका हौँ, जहाँ अत्यन्तै सम्मानजनक मत ल्यायौँ । पार्टी जन्मने बित्तिकै, राम्रोसँग आकार पनि लिन नपाउँदै चुनावमा होमिँदा पनि सम्मानजनक मत आउनु आफैँमा सुखद हो । आसन्न संसदीय र प्रादेशिक निर्वाचनमा हामी सशक्त राष्ट्रिय पार्टी हुनेछौँ । त्यसैका लागि अहिले दु्रत गतिमा काम गरिरहेका छौँ ।

तपाईंको पार्टीको वैचारिक दर्शनचाहिँ के हो ?
हाम्रो पार्टीको नीति, कार्यक्रम र विचारलाई कुनै वाद र दर्शनमा सीमित गर्नु न्यायोचित हुन्न । किनभने, यो देश वादैवादको चर्चाले बर्बाद भइसकेको छ । यद्यपि, अन्तर्राष्ट्रिय राजनीतिक दृष्टिबाट चाहिँ हाम्रा नीति मध्यमार्गबाट कुनै दाहिने र कुनै देब्रेतिर छन् । जस्तो : सामाजिक स्थिरता, परम्परागत मूल्य–मान्यताको जर्गेनाजस्ता हाम्रा नीति मध्यमार्गबाट दाहिनेतिर अनि सामाजिक हितचाहिँ मध्यमार्गबाट केही देब्रेतिर हुनेछन् ।

विचार र दर्शनले मात्र देश बन्ने भए त अहिलेका दलसँग पनि राम्रा विचार र दर्शन नभएका होइनन् । तर, खोइ त देश बनेको ? 

दर्शन, संगठन अनि कुशल नेतृत्वबेगर तपाईंको दल कसरी सशक्त राष्ट्रिय पार्टी हुन सक्छ त ?
हाम्रो दलमा राजनीतिक विचाराधाराको अभाव छैन । हाम्रो राजनीतिक विचार हो, सहभागितामूलक लोकतन्त्र । अहिलेको आडम्बरी लोकतन्त्र हो, जहाँ केही नेता कोठामा निर्णय गर्छन् । अनि, त्यो निर्णय संसद्मा लगेर छाप लगाउँछन् । नेताहरू देखाउनका लागि मात्र लोकतन्त्र भन्छन् । तर, तिनलाई पार्टी र व्यक्तिगत जीवनमा लोकतन्त्रको आवश्यकता छैन । 

सहभागितामूलक लोकतन्त्र भनेको चाहिँ के ?
यसमा हरेक निर्णय जनताको व्यापक सहभागितामा हुन्छ, विकासका काममा उनीहरूको निर्णायक भूमिका हुन्छ, जनप्रतिनिधि चुन्दा पनि तल्लो तहकै जनताको निर्णायक भूमिका हुन्छ । किनभने, अहिले मुगुको एउटा गाउँमा कुनै दलको प्रतिनिधि चुनिनु पर्‍यो भने केन्द्रमा नेतालाई फोन गरिन्छ र उसकै आदेशमा चुनिन्छ । हामी त्यसलाई उल्टाउन चाहन्छौँ । हामी नेतामुखी होइन, जनतामुखी चुनाव चाहन्छौँ ।

हाम्रो अर्थतन्त्र कल्याणकारी राज्य–व्यवस्थामा आधारित हुन्छ । त्यो भनेको नर्वे, स्वीडेन, फिनल्यान्ड र अन्य कतिपय देशमा जस्तो बजारलाई प्रवद्र्धन र नियमन गरिएको हुन्छ । तर, राज्यले तल्लो तहका र संकटमा परेका नागरिकको हितका लागि विशेष अग्रसरता लिएको हुन्छ । अन्तत: त्यसले धनी र गरिबको खाडल कम गर्छ । 

राजनीतिक दल त तलबाट माथि अर्थात् पिरामिड शैलीमा बन्छन्, तपाईंहरूचाहिँ माथिबाट नेतृत्व चयन गरेर तल झर्दै हुनुहुन्छ, उल्टो भएन ?
हामीले दुइटै रणनीति लिएका छौँ । एउटा तलबाट माथि, अर्को माथिबाट तल । त्यो भनेको देशभरि तल्लो तहमा पार्टीका एकाइहरू गठन गर्न आह्वान गरेका छौँ, त्यही अनुसार पार्टी एकाइहरू बन्दैछन् । त्यसैगरी माथिबाट केन्द्रीय नेतृत्व चयन गरिएको छ । नयाँ पार्टी भएकाले केन्द्र र प्रदेशको नेतृत्व तलको सल्लाहमा माथिबाट बनाउने अनि तलको नेतृत्वचाहिँ तलैबाट उठेर आइरहेको छ । तलबाट आएको र माथिबाट गएको नेतृत्वलाई महाधिवेशनले समायोजन गरेर सशक्त संरचनामा ढाल्छ । महाधिवेशनबाट पार्टीले पूर्ण रूप लिएपछि चाहिँ माथिको नेतृत्व चयन पनि तलैबाट आएको नेतृत्वले गर्छ । 

कुनै पत्यारिलो राजनीतिज्ञबिना पत्रकार, पूर्वप्रशासक र पेसाकर्मीको भरमा राजनीतिक दल बन्ला र ?
यो देश बिगारेको कसले ? पत्यारिलो भनिएका राजनीतिज्ञले होइन ? राजनीतिमा जीवन नै बिताएर मृत्युशय्यासम्मै राजनीति बोकेर हिँडेकाले मुलुकको दुर्गति गरेका होइनन् ? हामीले जति राजनीति बुझ्नुपर्छ, त्यति बुझेका छाैँ, बुझ्नुनपर्ने राजनीति हामीलाई बुझ्नु छैन । 

त्यसो भए, हिन्दी फिल्म नायकमा त्यसका हिरो अनिल कपुरले जस्तै गर्ने रहर छ ?
त्यो त एउटा फिल्म मात्र भयो । यथार्थमा एक दिन हामी राम्रो गरेर देखाउँछौँ । हामी हार्नका लागि राजनीतिमा आएका होइनौँ, हामीलाई हार्ने छुट र सुविधा छैन ।

समाजमा अति नै राजनीतीकरण छ, त्यसलाई तोड्ने के कार्ययोजना छ तपाईंहरूसँग ? 
नेपाली समाजमा जहाँ राजनीति हुनुपर्ने थियो, त्यहाँ भएन, जहाँ नहुनुपर्ने थियो, त्यहाँ गरियो । जस्तो : विद्यार्थी, प्राध्यापक, शिक्षक, कर्मचारी र पत्रकारमा राजनीति गरिएको छ । संसारमा कुनचाहिँ देशले यस्तो परिस्थितिबाट विकास गर्न सक्छ ? त्यसैले अब विवेकशील साझा पार्टीले राजनीति गर्नै नहुने यी ठाउँमा राजनीति गर्दै गर्दैन, समाजमा राजनीति गर्छ । 

विवेकशील नेपालीसँग एकता गर्नुभयो तर नयाँ शक्तिचाहिँ एकताका लागि किन अयोग्य भएको नि ?
विवेकशीलसँग हाम्रो मूल्य–मान्यता, आदर्श, उद्देश्य, इमानदारी सबै मिल्छ । त्यसैले एकता सम्भव भयो । तर, दु:खका साथ भन्नुपर्छ– नयाँ शक्तिसँग धेरै कुरा मिलेन । त्यसैले एकता भएन । 

के कुरा मिलेन ?
उहाँहरूको राजनीतिक सोच, पृष्ठभूमि, उद्देश्य हामीसँग मिल्दैन । दशकौँ राजनीति गरेर नसकेर उहाँहरूले जुन धरातलमा फेरि राजनीति गर्न खोज्नुभएको छ, त्यो हाम्रा लागि अनुकूल छैन । त्यहाँ इमान, पारदर्शिता, पद्धति र स्थार्थरहित राजनीति भएको भए परिस्थिति अर्कै हुन्थ्यो । त्यो नभएकैले असल मानिसहरूले पनि छाडिसकेका छन् । 

तपाईंको पार्टीले आसन्न संसदीय चुनाव कसको नेतृत्वमा लड्छ ?
म र मेरा अर्का संयोजक उज्ज्वल थापाको नेतृत्वमा पार्टी चुनावमा जान्छ । म पनि चुनाव लड्छु र उज्ज्वलजी पनि लड्ने कुरा छ ।

तपाईं कहाँबाट लड्ने ? 
म काठमाडौँ क्षेत्र नम्बर–३ मा जन्मे–हुर्केकाले त्यहीँबाट लड्छु ।

तपाईंको लक्ष्य प्रधानमन्त्री कि मुख्यमन्त्री ? 
मुख्यमन्त्रीको कुरा छोड्नूस्, मेरो सपना विश्वासिलो, सुसंस्कृत राजनीतिक पार्टी निर्माण गर्ने हो, जसले नेपाललाई समृद्धिको बाटोमा लैजान सकोस् । त्यस क्रममा जे पनि हुन सक्छ । 

भनेपछि प्रधानमन्त्री बन्ने सपना छ ?
यो देशलाई बदल्छु भन्ने सपना र अठोट नभएको भए सहज जीवन त्यागेर आफँै बत्ती बालेर बाटो खोज्दै र खन्दै हिँड्ने थिइनँ । देश बदल्छु भन्ने आत्मविश्वासले भरिएर नै यो असहज बाटो हिँडेको हुँ । भोलि मुख्य नेतृत्वमा पुगेँ भने यो देशलाई बदल्न सक्छु भन्ने अठोट छ । त्यसैले मैले प्रधानमन्त्री हुने सपना छैन भन्नु झूटो हुन्छ । यो चुनावबाट होइन, पाँच वर्षपछिको चुनावबाट देशको नेतृत्व हामीले नै गर्छौं । 

गणतन्त्रप्रतिको तपाईंको प्रतिबद्धतामा धेरैलाई शंका छ, के भन्नुहुन्छ ?
मलाई त्यसैमा मात्र शंका गर्छन् र ? अरू धेरै कुरामा गर्छन् । बारम्बार मैले स्पष्ट शब्दमा भनेको छु, वर्तमान संविधानले जुन संरचना बनाएको छ, त्यो बदल्ने वा उल्टाउने हाम्रो मनसाय छैन । यही संरचनाभित्रैबाट यो देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सकिन्छ । 

संवैधानिक राजतन्त्रप्रति तपाईंको नरमपना थियो, बेलायतमा बसेकाले हो या अरू कुनै कारणले ?
यो ‘लोडेड’ र आशंकापूर्ण प्रश्न हो । तर, म फेरि दोहोर्‍याउँछु– अहिलेको संविधानले गणतन्त्र अंगीकार गरेको छ, राजतन्त्रका बारेमा केही भनेको छैन । संविधानले संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई अंगीकार गरेको छ, यी सबैलाई मानेर नै देश रूपान्तरणको प्रयास गर्ने हो । यसलाई उल्टाउने होइन । हरेकपटक व्यक्तिको विचार अनुसार संविधानको धारा परिवर्तन गरेर देश अघि बढ्न सक्दैन । 

जहाँसम्म राजतन्त्रप्रति मेरो नरमपनाको प्रसंग छ, ‘मेरो बाजेले घिउ खाएका थिए, हात सुँघ’ भन्ने संस्थाको म कहिल्यै पनि समर्थक होइन । तर, राजतन्त्र हटाउने आन्दोलनका बेला मैले नारायणहिटी दरबार भत्काएर त्यसको ठाउँमा दिल्ली दरबार प्रतिस्थापन नगरौँ भनेकै हो । त्यो कुरा अहिले धेरै नेपालीलाई महसुस भएको छ । 

प्रसंग बदलौँ, मासिक सात लाख रुपियाँ कमाउनुहुन्थ्यो, अहिले दैनिक खर्च कसरी चलेको छ ?
मेरा दुइटा घर छन् । एउटा भैँसेपाटीको घर हो, अर्कोचाहिँ भाडामा दिएको छु । पहिला मेरो परिवारको आर्थिक अवस्था राम्रो थिएन, म बीबीसीमा काम गर्न थालेपछि सुधार भएको हो । बीबीसी छाडेपछि मेरो सम्पूर्ण आयस्रोत घरभाडा मात्रै हो, यद्यपि, मेरा ऋण पनि छन् । 

साझा पार्टी बनेदेखि अहिलेसम्मको खर्च कति होला ? 
साझा पार्टीको मात्रै ६ महिनाको खर्च करिब ७०–८० लाख रुपियाँ होला ।

पार्टीको खर्चचाहिँ कसरी जुट्छ ?
पार्टीलाई हाम्रा शुभेच्छुकहरूले पैसा दिएका छन् । दुई पार्टीको एकतापछि कोष संकलन गर्न अरू सहज हुन्छ । 

तपाईंको पार्टीमा सुकिलामुकिलाहरूकै दबदबा छ, गरिबले त्यहाँ कसरी राजनीतिक गर्ने ?
हाम्रो पार्टीमा आर्थिक रूपमा कोही अलि बलियो, कोही अलि कमजोर छन् । उमेरमा कोही २१ को त कोही ६४ को छन् । विषयविज्ञ र जातीय आधारमा पनि व्यापक विविधता छ । एउटा कोठामा बैठक गर्दा सिंगो नेपाल नै प्रतिविम्बित हुन्छ । त्यो हाम्रो ठूलो शक्ति हो । 

सुकिलामुकिला भन्ने शब्दको गलत प्रयोग भएको छ । हाम्रो त उद्देश्य नै हरेक नागरिकलाई सुकिलामुकिला बनाउने हो र हुनुपर्छ । को व्यक्ति भेट्नुहुन्छ, जो सम्पन्न या सुकिलो भएर हिँड्न चाहँदैन ? तर, एक प्रकारको राजनीति गर्नेहरूले सुकिलामुकिला शब्दलाई नै ‘अछूत’ बनाएका छन् । भ्रष्टाचार, गलत काम गरेर होइन, श्रम, मिहिनेत र व्यवसाय गरेर कोही सुकिलामुकिला हुन्छन् भने हामीले उसलाई नमन गर्नुपर्छ ।

शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल र बाबुराम भट्टराईप्रति तपाईंको दृष्टिकोण के हो ? 
यी चारै जना यस्ता राजनीतिकर्मी हुन्, जसले देश रूपान्तरण गर्न सक्नुभएन र गर्ने सम्भावना पनि छैन । 

अन्त्यमा, नेतालाई कडा प्रश्न सोध्न सजिलो कि अरूको प्रश्नको जवाफ दिन ?
दुइटै उस्तै लागेको छ मलाई । किनभने, कठिन प्रश्न सोधेकै थिएँ । अहिले कठिन प्रश्नको जवाफ पनि दिएकै छु । 

 

पुरा पढ्नुहोस्

अस्पतालमै प्रदर्शनी गर्नुको कारणचाहिँ के हो ?

मनबहादुर बस्नेत, आश्विन ५, २०७४

चित्र हेरेर मन शान्त बनाउन सकून् र रोग निको हुन सहयोग गरोस् भन्ने मेरो चाहना हो ।
पुरा पढ्नुहोस्

‘नयाँ शक्ति माओवादी बन्न सक्दैन’

सीताराम बराल, भाद्र २७, २०७४

माओवादी रूपान्तरित भएर नयाँ शक्तिको अभियानमा आउन सक्छ । तर, नयाँ शक्ति पछाडि फर्केर माओवादीचाहिँ बन्न सक्दैन ।
पुरा पढ्नुहोस्

‘नेपालीहरु फ्युजन स्वाद खोज्छन्’

मनबहादुर बस्नेत, भाद्र २५, २०७४

सेकुवा महोत्सव गर्ने सोच कसरी जन्मियो ?
पुरा पढ्नुहोस्

‘गिद्ध देखेर अनुहार खुम्च्याउने होइन, आनन्दित हुनुपर्छ’

मनोज पौडेल, भाद्र १९, २०७४

गिद्धको नाम सुन्दै धेरैले राम्रो मान्दैनन्, तपाईंचाहिँ यसकै पछाडि लाग्नुभएको छ, किन ?
पुरा पढ्नुहोस्

‘भलिबल भाले र खसी बाजीको खेल मात्रै होइन’

मनबहादुर बस्नेत, भाद्र १५, २०७४

दक्षिण एसियाली तहमा गोल्ड मेडल जित्न अब त सकिएला नि ?
पुरा पढ्नुहोस्

'...मुस्किल छ पोखरामा' गायकलाई ८ प्रश्न

विमल खतिवडा, भाद्र २, २०७४

तपार्इंको फ्यान क्रेज कस्तो छ ?
पुरा पढ्नुहोस्

‘जनप्रतिनिधिलाई काम अनुसारको माम’— विद्यासुन्दर शाक्य

बाबुराम विश्वकर्मा, श्रावण २९, २०७४

अहिलेसम्म जे–जति टीका–टिप्पणी, आलोचना र चिन्ता प्रकट गरिएका छन्, ती सबै मप्रतिको माया र सद्भावकै कारणले हो ।
पुरा पढ्नुहोस्

‘बुद्ध चिनाउन कोस्टारिकामा’

मनोज पौडेल, श्रावण २५, २०७४

गौतम बुद्ध नेपालमा जन्मेका हुन् र उनको शान्तिरूपी शिक्षामै सुखद भविष्य छ भन्ने सन्देश दिन विदेशमा नेपाली विहार स्थापना गरेको हुँ ।
पुरा पढ्नुहोस्